काठकाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीको अावश्यकता नभएको बताएका छन्। मन्त्री पण्डितले ‘कर्म एकातिर, चहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि व्यक्त गरेका मन्त्री पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिए।
_x000D_
_x000D_
सोमबार ललितपुरमा आयोजित ३३औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए।
_x000D_
_x000D_
'दुर्गम क्षेत्रका स्थानीय तहका कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने छ। कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको छ' उनले भने। कर्मचारीहरूले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ।
_x000D_
_x000D_
प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरु सहभागी भएका छन्। कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिईरहेकाहरुबाट मुलुकले ठूलो अपेक्षा गरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।