काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
_x000D_
_x000D_
उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू–विज्ञानसम्बन्धी ज्ञानको सदुपयोग गर्दै अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। सोमबार काठमाडौंमा आयोजित भू–वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले भू–विज्ञानसम्बन्धी ज्ञानको आधारमा सडकलगायतका पूर्वाधार निर्माण गर्नसके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने पनि उल्लेख गरे।
_x000D_
_x000D_
उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास पनि व्यक्त गरे।
_x000D_
_x000D_
भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० भन्दा बढी भू–वैज्ञानिकहरु सहभागी रहेको सम्मेलनले भू–जोखिम न्यूनीकरण, पानीको व्यवस्थापन, खनिज उत्खननलगायतका विषयमा गहन छलफल गर्नेछ।
_x000D_
_x000D_
भू–जोखिमबाट बच्न र मुलुकको समृद्धिका लागि प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गर्न सम्मेलन उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिए।
_x000D_
_x000D_
सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि भू विज्ञानका उपयोगिताका विषयमा पनि विस्तृत छलफल हुनेछ। २०७२ साल बैसाख १२ गतेको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति भएपछि त्यसको उचित व्यवस्थापनका लागि नेपालमा विपद व्यवस्थापनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।