• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनेकौं घुम्ती र मोडहरुमा प्रकाश दाहाल

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०५:५७
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीताका एक मात्र छोरा प्रकाश दाहाल गुमाएको एक वर्ष पूरा भएको छ। भनिन्छ, ‘मानिसले जन्मँदा एउटा मात्र अधिकार लिएर आएको हुन्छ। त्यो हो मृत्यु। तर, त्यो मृत्यु कुन समयमा, कति उमेर, कस्तो काम गर्दा भयो? त्यसले धेरै ठूलो महत्व राख्छ।’ 

_x000D_ _x000D_

यस अर्थमा प्रचण्ड पुत्र प्रकाशको मृत्युले ठूलो अर्थ राखेको छ। धर्ती टेकेको ३५ वर्ष ९ महिना २५ दिनमै प्रकाशको भौतिक शरीर सदाका लागि विलय भएको छ।

_x000D_ _x000D_

२०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाशको नागरिकताको नाम साकार दाहाल हो। उनी व्यक्तिगत संगतमा एकदमै शालीन र शिष्ट स्वभावका थिए। पछिल्ला दिनमा प्रकाशले बाबु प्रचण्डको सामान्य रक्तचापदेखि स्वास्थ्यसम्म एकदमै ख्याल गर्ने गरेका थिए। प्रचण्डको रक्तचाप बढेको बेला पार्टी, सरकार वा कर्मचारीतन्त्र, जुनकुनै ओहोदाका व्यक्ति भए पनि भेटघाट, भलाकुसारी बन्द गरिदिन्थे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

उनको भनाइ हुन्थ्यो, ‘माफ गर्नु होला। अहिले डाक्टरले बुबालाई कसैलाई भेटघाट गर्न नदिनुस् भन्नु भएको छ।’ बाबुका बारे यति धेरै ख्याल गर्ने प्रकाश आफैं भने स्वास्थ्यमा लापरबाही गरेकै कारण संसारबाट बिदा भएका छन्।

_x000D_ _x000D_

प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ गते सशस्त्र विद्रोह सुरु हुँदा प्रकाश काठमाडौंको गोंगबुमा दिदीहरुसँग बसेर पढ्दै थिए। सुरक्षा निकायले प्रचण्डका सन्तान राजधानीमै रहेको सुइँको पाएर चासो राख्न थालेपछि ‘जनयुद्ध’ सुरु भएको ८ महिनामै ०५३ असोजमा उनीसहित दुई दिदी रेणु र गंगालाई भारत लगियो। ०५३ माघमा एकै लगनमा प्रचण्डले छोरीहरु रेणु र गंगाको विवाह गरिदिए। 

_x000D_ _x000D_

माइली छोरी रेणुको गुल्मी पुर्ख्यौली घर भई भारतीय सेनामा जागिर खाएर पञ्जाबमा घर जोडेका टिबी पाठकका छोरा अर्जुनसँग र कान्छी गंगाको सिक्किमका नारायण प्रधानसँग विवाह भएको थियो। त्यसपछि प्रकाशले माईली दिदी रेणुको घर पञ्जावमा बसेर १२ कक्षासम्म अध्ययन पूरा गरे।

_x000D_ _x000D_

०५८ मा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर ‘हेडक्वार्टर’ अर्थात् पिता प्रचण्डसँगै रहँदै आएका प्रकाश पछिल्लो समयमा पिताका निजी सचिव थिए। ०६२ फागुन १२ गते पार्टीकै नेता पोष्टबहादुर बोगटीकी कान्छी छोरीसँग भारतमै प्रकाशको औपचारिक विवाह भयो। उनीहरुको यो दाम्पत्य जीवन १६ महिना टिक्यो। ०६४ जेठ २२ गते सम्बन्ध विच्छेद भयो। त्यसपछि आमा सीताको पहलमा मावली गाउँ कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते प्रकाशले दोस्रो विवाह गरे। सिर्जनाको कोखबाट ०६७ मंसिरमा छोरा जन्मिए। जसको जन्म दिन अस्तिका दिन अर्थात् मंसिर १ गते हो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

०६९ असार २३ गतेबाट प्रकाशको जीवनले ठूलै मोड लियो। त्यस दिन अपराह्नबाट विद्यार्थी नेतृ बिना मगरसँग बेपत्ता भएको सूचना प्रचण्ड र उनकी पत्नी सीताले पाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

बिना पनि अर्कैकी श्रीमती थिइन्। यसर्थ यो खबर सुन्नासाथ उनीहरूले प्रकाशलाई घर फर्काउन सकिन्छ कि भनेर लामै प्रयत्न गरे। तर, सफल भएनन्। 

_x000D_ _x000D_

त्यसपछि असार २५ गते एकीकृत माओवादीको पोलिटब्युरो बैठकमा प्रचण्ड आफैंले प्रकाश बेपत्ता भएको घटनाको बेली बिस्तार लगाउँदै उनीमाथि कारबाहीको प्रस्ताव राखे। पोलिटब्युरो बैठकले उक्त प्रस्ताव अनुमोदन गर्‍यो। ०६८ जेठ १६ गते प्रकाशसहितको टोलीले सगरमाथा आरोहण गर्ने घोषणा गरेको थियो। त्यो टोलीको एक सदस्य बिना पनि थिइन्। प्रचण्डकै अनुमतिमा प्रकाशले सगरमाथा आरोहणको कदम चालेका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

सगरमाथा आरोहण गर्ने भएपछि ०६८ साउनबाट प्रकाशसहितको टोलीले नागार्जुनको डाँडामा ‘रक क्लाइम्बिङ’ को पहिलो सात दिने तालिम लिएको थियो। त्यही तालिमपछि प्रकाश र बिना प्रेमको चक्करमा फँसेका थिए। त्यसको एक वर्षपछि ०६९ जेठमा सगरमाथा आरोहण गरेर काठमाडौं फर्के लगत्तै १० वर्षदेखि बाबुको स्वकीय सचिवको जिम्मेवारीलाई ‘लात’ हान्दै प्रकाश बिनासँग ‘फरार’ भए।

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाश–बिनाबाट करिब ४ वर्षका एक छोरा छन्। ०७० को माघबाट प्रकाशले फेरि बाबुको सचिवालयमा ‘इन्ट्री’ पाए। उनलाई पुनः सचिवालयमा भित्र्याउन प्रचण्ड त्यति इच्छुक थिएनन्। पत्नी सीताको दबाव सामु प्रचण्डको केही लागेन र प्रकाश सचिवालयमा फर्किए। 

_x000D_ _x000D_

प्रचण्ड परिवारमा प्रकाशको आगमन ३ वटी दिदीपछि भएको थियो। तीन छोरीपछि जब छोरा प्रकाश जन्मिए, प्रचण्ड दम्पतीले सन्तान जन्माउने रहर त्यागेका थिए। यस दृष्टान्तले यो दम्पतीमा छोरा मोह चर्कै देखाउँछ। 

_x000D_ _x000D_

प्रकाशको पहिलो कमजोरी काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पोखिएको थियो। त्यहाँ उनले मादक पदार्थ सेवन गरी आफूलाई सम्हाल्न नसकेको अवस्थाको फोटो एक दैनिक पत्रिकाले प्रकाशन गरिदिएपछि प्रकाशका बारेमा सार्वजनिक टिप्पणी सुरु भएको थियो। प्रचण्ड दम्पत्तीको छोरो मोहकै कारण धेरै पुलपुल्याएकाले उनमा मादक पदार्थको कूलतदेखि सांस्कृतिक विचलनसम्म आएको भन्दै अभिभावकहरुप्रति कडा आलोचना हुने गरेको थियो। यस्तो आलोचना पछिल्लो समय मत्थर हुने क्रममा थियो।

_x000D_ _x000D_

पिताको सचिवालयमा दोस्रो पटकको पुनरागमनपछि भने प्रकाशले अघिल्लो पटकको जस्तो खरो आलोचना ब्यहोर्नु परेको थिएन। केही वर्षअघिसम्म प्रकाशले फेसबुकमा लेख्ने ‘स्टाटस’हरु अशिष्टस्तरका हुन्थे। पछिल्ला दिनमा उनले तर्कपूर्ण, तथ्यसंगत र सौम्य स्टाटसहरु लेख्न थालेका थिए। 

_x000D_ _x000D_

यसले उमेरको सिँढी बढ्दै जादाँ प्रकाशमा पनि परिपक्वपन बढ्दै गएको देखिन थालेको थियो। जो कोहीसँग पनि चाँडै घुममिल हुने, बाबु प्रचण्डसँग भेटघाट गर्न चाहने पात्रहरुसँग नम्र बोली र व्यवहारले प्रस्तुत हुने प्रकाशको सबैभन्दा ठूलो गुण थियो। त्यसैले पनि व्यक्तिगत रुपमा भेटघाट, चिनजान, उठबस गरेकाहरु कसैले पनि प्रकाशलाई ‘खराब’ भनेर चित्रण गर्दैनन्। 

_x000D_ _x000D_

प्रचण्डको एक्लो छोरा हुनुको नाताले अवश्य पनि प्रकाशले केही फाइदा उठाएका थिए भने केही बेफाइदा पनि व्यहोरेका थिए। फाइदा के भने, उनले बाबुको सचिवालयभन्दा बाहिर काम गर्नुपरेन। आफ्नो छोरो भएकैले प्रचण्डले उनलाई एउटा पनि फौजी मोर्चामा पठाएनन्। प्रकाशले अन्य छापामारहरुले जस्तो दुःखको पहाड झेल्नुपरेन। नेतृत्वमा होस् वा पहुँचमा, सहजै स्थापित भए। राम्रा–राम्रा अवसरहरु पाए। हरेक तह र तप्काका मानिसहरु उनलाई जी–हजुरी गर्थे। कारण प्रस्टै छ, पछिल्ला दिनमा त प्रकाशलाई खुसी बनाउन नसक्ने व्यक्ति जोकोही होस्, उसले प्रचण्डलाई भेट्नै सक्दैन थियो। प्रचण्डसँग भेटकै लागि पनि उनीसँग जो–कोही नतमस्तक हुन्थे।

_x000D_ _x000D_

_x000D_ _x000D_

बेफाइदा के भने, उनको निजी जीवनमाथि चियोचर्चो भइरह्यो। उनमा क्षमता नै हुँदा पनि योग्यताले भन्दा बाबुको कारण त्यो स्थानमा बस्न पाएको भनेर टिप्पणी हुन्थ्यो। तमाम् आलोचनाका बीच प्रकाशले पिता प्रचण्डको सचिवालयलाई यति मजबुत बनाएका थिए कि यतिबेलाका शीर्ष नेताहरुमध्ये आधुनिक प्रविधिले युक्त सचिवालय प्रचण्डकै थियो। 

_x000D_ _x000D_

प्रचण्डका भेटघाट कार्यक्रम र गतिविधि क्षण–क्षणमा ‘अपडेट’ हुन्थे। मिडियालाई सहजै पहुँच दिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले होस् वा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले, धेरै कुरा प्रचण्डको सचिवालयबाट ‘कपी’ गरेको थियो। प्रचण्डको सचिवालय प्रकाशले नै ‘स्मार्ट’ बनाएका थिए। 

_x000D_ _x000D_

उनी प्रचण्डका छोरा मात्र थिएनन्, युद्धकालमा सहयोद्धा र शान्ति प्रक्रियामा आएपछि सहकर्मी बनेका थिए। कतिपय अवस्थामा उनले प्रचण्डको सवारी चालकको भूमिकासमेत निर्वाह गरे। उनकै कारण प्रचण्डको दैनिकी व्यवस्थित बनेको थियो। आफ्नै छोरा भएकाले गोपनीयताको डर पनि हुँदैनथ्यो, प्रचण्डलाई। 

_x000D_ _x000D_

प्रचण्ड परिवारमा करिब ४ वर्षअघि जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो। ‘साइलेन्ट किलर’ अर्थात मौन हत्यारा भनिने उच्च रक्तचापलाई ध्यान नदिँदा छोरा प्रकाशको आकस्मिक हृदयघातबाट निधन भएको छ। 

_x000D_ _x000D_

प्रचण्ड दम्पत्ती लगातार जस्तो सन्तान वियोग खेप्न अभिशप्त बनेका छन्। प्रचण्डले प्रकाशको शोधभर्ना भने कहिल्यै गर्न सक्तैनन्।

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्