• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
अनेकौं घुम्ती र मोडहरुमा प्रकाश दाहाल
64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०५:५७
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीताका एक मात्र छोरा प्रकाश दाहाल गुमाएको एक वर्ष पूरा भएको छ। भनिन्छ, ‘मानिसले जन्मँदा एउटा मात्र अधिकार लिएर आएको हुन्छ। त्यो हो मृत्यु। तर, त्यो मृत्यु कुन समयमा, कति उमेर, कस्तो काम गर्दा भयो? त्यसले धेरै ठूलो महत्व राख्छ।’ 

_x000D_ _x000D_

यस अर्थमा प्रचण्ड पुत्र प्रकाशको मृत्युले ठूलो अर्थ राखेको छ। धर्ती टेकेको ३५ वर्ष ९ महिना २५ दिनमै प्रकाशको भौतिक शरीर सदाका लागि विलय भएको छ।

_x000D_ _x000D_

२०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाशको नागरिकताको नाम साकार दाहाल हो। उनी व्यक्तिगत संगतमा एकदमै शालीन र शिष्ट स्वभावका थिए। पछिल्ला दिनमा प्रकाशले बाबु प्रचण्डको सामान्य रक्तचापदेखि स्वास्थ्यसम्म एकदमै ख्याल गर्ने गरेका थिए। प्रचण्डको रक्तचाप बढेको बेला पार्टी, सरकार वा कर्मचारीतन्त्र, जुनकुनै ओहोदाका व्यक्ति भए पनि भेटघाट, भलाकुसारी बन्द गरिदिन्थे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

उनको भनाइ हुन्थ्यो, ‘माफ गर्नु होला। अहिले डाक्टरले बुबालाई कसैलाई भेटघाट गर्न नदिनुस् भन्नु भएको छ।’ बाबुका बारे यति धेरै ख्याल गर्ने प्रकाश आफैं भने स्वास्थ्यमा लापरबाही गरेकै कारण संसारबाट बिदा भएका छन्।

_x000D_ _x000D_

प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ गते सशस्त्र विद्रोह सुरु हुँदा प्रकाश काठमाडौंको गोंगबुमा दिदीहरुसँग बसेर पढ्दै थिए। सुरक्षा निकायले प्रचण्डका सन्तान राजधानीमै रहेको सुइँको पाएर चासो राख्न थालेपछि ‘जनयुद्ध’ सुरु भएको ८ महिनामै ०५३ असोजमा उनीसहित दुई दिदी रेणु र गंगालाई भारत लगियो। ०५३ माघमा एकै लगनमा प्रचण्डले छोरीहरु रेणु र गंगाको विवाह गरिदिए। 

_x000D_ _x000D_

माइली छोरी रेणुको गुल्मी पुर्ख्यौली घर भई भारतीय सेनामा जागिर खाएर पञ्जाबमा घर जोडेका टिबी पाठकका छोरा अर्जुनसँग र कान्छी गंगाको सिक्किमका नारायण प्रधानसँग विवाह भएको थियो। त्यसपछि प्रकाशले माईली दिदी रेणुको घर पञ्जावमा बसेर १२ कक्षासम्म अध्ययन पूरा गरे।

_x000D_ _x000D_

०५८ मा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर ‘हेडक्वार्टर’ अर्थात् पिता प्रचण्डसँगै रहँदै आएका प्रकाश पछिल्लो समयमा पिताका निजी सचिव थिए। ०६२ फागुन १२ गते पार्टीकै नेता पोष्टबहादुर बोगटीकी कान्छी छोरीसँग भारतमै प्रकाशको औपचारिक विवाह भयो। उनीहरुको यो दाम्पत्य जीवन १६ महिना टिक्यो। ०६४ जेठ २२ गते सम्बन्ध विच्छेद भयो। त्यसपछि आमा सीताको पहलमा मावली गाउँ कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते प्रकाशले दोस्रो विवाह गरे। सिर्जनाको कोखबाट ०६७ मंसिरमा छोरा जन्मिए। जसको जन्म दिन अस्तिका दिन अर्थात् मंसिर १ गते हो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

०६९ असार २३ गतेबाट प्रकाशको जीवनले ठूलै मोड लियो। त्यस दिन अपराह्नबाट विद्यार्थी नेतृ बिना मगरसँग बेपत्ता भएको सूचना प्रचण्ड र उनकी पत्नी सीताले पाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

बिना पनि अर्कैकी श्रीमती थिइन्। यसर्थ यो खबर सुन्नासाथ उनीहरूले प्रकाशलाई घर फर्काउन सकिन्छ कि भनेर लामै प्रयत्न गरे। तर, सफल भएनन्। 

_x000D_ _x000D_

त्यसपछि असार २५ गते एकीकृत माओवादीको पोलिटब्युरो बैठकमा प्रचण्ड आफैंले प्रकाश बेपत्ता भएको घटनाको बेली बिस्तार लगाउँदै उनीमाथि कारबाहीको प्रस्ताव राखे। पोलिटब्युरो बैठकले उक्त प्रस्ताव अनुमोदन गर्‍यो। ०६८ जेठ १६ गते प्रकाशसहितको टोलीले सगरमाथा आरोहण गर्ने घोषणा गरेको थियो। त्यो टोलीको एक सदस्य बिना पनि थिइन्। प्रचण्डकै अनुमतिमा प्रकाशले सगरमाथा आरोहणको कदम चालेका थिए।

_x000D_ _x000D_

सगरमाथा आरोहण गर्ने भएपछि ०६८ साउनबाट प्रकाशसहितको टोलीले नागार्जुनको डाँडामा ‘रक क्लाइम्बिङ’ को पहिलो सात दिने तालिम लिएको थियो। त्यही तालिमपछि प्रकाश र बिना प्रेमको चक्करमा फँसेका थिए। त्यसको एक वर्षपछि ०६९ जेठमा सगरमाथा आरोहण गरेर काठमाडौं फर्के लगत्तै १० वर्षदेखि बाबुको स्वकीय सचिवको जिम्मेवारीलाई ‘लात’ हान्दै प्रकाश बिनासँग ‘फरार’ भए।

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाश–बिनाबाट करिब ४ वर्षका एक छोरा छन्। ०७० को माघबाट प्रकाशले फेरि बाबुको सचिवालयमा ‘इन्ट्री’ पाए। उनलाई पुनः सचिवालयमा भित्र्याउन प्रचण्ड त्यति इच्छुक थिएनन्। पत्नी सीताको दबाव सामु प्रचण्डको केही लागेन र प्रकाश सचिवालयमा फर्किए। 

_x000D_ _x000D_

प्रचण्ड परिवारमा प्रकाशको आगमन ३ वटी दिदीपछि भएको थियो। तीन छोरीपछि जब छोरा प्रकाश जन्मिए, प्रचण्ड दम्पतीले सन्तान जन्माउने रहर त्यागेका थिए। यस दृष्टान्तले यो दम्पतीमा छोरा मोह चर्कै देखाउँछ। 

_x000D_ _x000D_

प्रकाशको पहिलो कमजोरी काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पोखिएको थियो। त्यहाँ उनले मादक पदार्थ सेवन गरी आफूलाई सम्हाल्न नसकेको अवस्थाको फोटो एक दैनिक पत्रिकाले प्रकाशन गरिदिएपछि प्रकाशका बारेमा सार्वजनिक टिप्पणी सुरु भएको थियो। प्रचण्ड दम्पत्तीको छोरो मोहकै कारण धेरै पुलपुल्याएकाले उनमा मादक पदार्थको कूलतदेखि सांस्कृतिक विचलनसम्म आएको भन्दै अभिभावकहरुप्रति कडा आलोचना हुने गरेको थियो। यस्तो आलोचना पछिल्लो समय मत्थर हुने क्रममा थियो।

_x000D_ _x000D_

पिताको सचिवालयमा दोस्रो पटकको पुनरागमनपछि भने प्रकाशले अघिल्लो पटकको जस्तो खरो आलोचना ब्यहोर्नु परेको थिएन। केही वर्षअघिसम्म प्रकाशले फेसबुकमा लेख्ने ‘स्टाटस’हरु अशिष्टस्तरका हुन्थे। पछिल्ला दिनमा उनले तर्कपूर्ण, तथ्यसंगत र सौम्य स्टाटसहरु लेख्न थालेका थिए। 

_x000D_ _x000D_

यसले उमेरको सिँढी बढ्दै जादाँ प्रकाशमा पनि परिपक्वपन बढ्दै गएको देखिन थालेको थियो। जो कोहीसँग पनि चाँडै घुममिल हुने, बाबु प्रचण्डसँग भेटघाट गर्न चाहने पात्रहरुसँग नम्र बोली र व्यवहारले प्रस्तुत हुने प्रकाशको सबैभन्दा ठूलो गुण थियो। त्यसैले पनि व्यक्तिगत रुपमा भेटघाट, चिनजान, उठबस गरेकाहरु कसैले पनि प्रकाशलाई ‘खराब’ भनेर चित्रण गर्दैनन्। 

_x000D_ _x000D_

प्रचण्डको एक्लो छोरा हुनुको नाताले अवश्य पनि प्रकाशले केही फाइदा उठाएका थिए भने केही बेफाइदा पनि व्यहोरेका थिए। फाइदा के भने, उनले बाबुको सचिवालयभन्दा बाहिर काम गर्नुपरेन। आफ्नो छोरो भएकैले प्रचण्डले उनलाई एउटा पनि फौजी मोर्चामा पठाएनन्। प्रकाशले अन्य छापामारहरुले जस्तो दुःखको पहाड झेल्नुपरेन। नेतृत्वमा होस् वा पहुँचमा, सहजै स्थापित भए। राम्रा–राम्रा अवसरहरु पाए। हरेक तह र तप्काका मानिसहरु उनलाई जी–हजुरी गर्थे। कारण प्रस्टै छ, पछिल्ला दिनमा त प्रकाशलाई खुसी बनाउन नसक्ने व्यक्ति जोकोही होस्, उसले प्रचण्डलाई भेट्नै सक्दैन थियो। प्रचण्डसँग भेटकै लागि पनि उनीसँग जो–कोही नतमस्तक हुन्थे।

_x000D_ _x000D_

_x000D_ _x000D_

बेफाइदा के भने, उनको निजी जीवनमाथि चियोचर्चो भइरह्यो। उनमा क्षमता नै हुँदा पनि योग्यताले भन्दा बाबुको कारण त्यो स्थानमा बस्न पाएको भनेर टिप्पणी हुन्थ्यो। तमाम् आलोचनाका बीच प्रकाशले पिता प्रचण्डको सचिवालयलाई यति मजबुत बनाएका थिए कि यतिबेलाका शीर्ष नेताहरुमध्ये आधुनिक प्रविधिले युक्त सचिवालय प्रचण्डकै थियो। 

_x000D_ _x000D_

प्रचण्डका भेटघाट कार्यक्रम र गतिविधि क्षण–क्षणमा ‘अपडेट’ हुन्थे। मिडियालाई सहजै पहुँच दिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले होस् वा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले, धेरै कुरा प्रचण्डको सचिवालयबाट ‘कपी’ गरेको थियो। प्रचण्डको सचिवालय प्रकाशले नै ‘स्मार्ट’ बनाएका थिए। 

_x000D_ _x000D_

उनी प्रचण्डका छोरा मात्र थिएनन्, युद्धकालमा सहयोद्धा र शान्ति प्रक्रियामा आएपछि सहकर्मी बनेका थिए। कतिपय अवस्थामा उनले प्रचण्डको सवारी चालकको भूमिकासमेत निर्वाह गरे। उनकै कारण प्रचण्डको दैनिकी व्यवस्थित बनेको थियो। आफ्नै छोरा भएकाले गोपनीयताको डर पनि हुँदैनथ्यो, प्रचण्डलाई। 

_x000D_ _x000D_

प्रचण्ड परिवारमा करिब ४ वर्षअघि जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो। ‘साइलेन्ट किलर’ अर्थात मौन हत्यारा भनिने उच्च रक्तचापलाई ध्यान नदिँदा छोरा प्रकाशको आकस्मिक हृदयघातबाट निधन भएको छ। 

_x000D_ _x000D_

प्रचण्ड दम्पत्ती लगातार जस्तो सन्तान वियोग खेप्न अभिशप्त बनेका छन्। प्रचण्डले प्रकाशको शोधभर्ना भने कहिल्यै गर्न सक्तैनन्।

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्