• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कसले फेरिदेला किंवदन्तीमा बाँचेको आलितालको मुहार? [फोटो फिचर]

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०२:४३
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको डडेल्धुरास्थित आलिताल गाउँपालिका-३ मा पर्छ, आलिताल। चुरे डाँडाले घेरिएको ताललाई वरिपरिबाट सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट आलिताल पुग्न गाडीमा करिब ३–४ घन्टा लाग्छ।

_x000D_ _x000D_

समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको आलितालको लम्बाइ एक हजार १७५ मिटर छ भने चौडाइ करिब ४ मिटर छ। पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताल उचित संरक्षण र संवर्द्धन नहुँदा भने अझै ओझेलमै छ। 

_x000D_ _x000D_

डडेल्धुराको आलिताल गाउँपालिका (साबिकको आलिताल गाविसको गोदाम बजार) को मुख्य सडकबाट ३ किलोमिटर टाढा रहेको ताललाई व्यवस्थित गरी प्रचारप्रसार गर्ने हो भने थुप्रै आन्तरिक पर्यटक भित्र्याई आम्दानी लिन सकिने सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनार बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

हाल तालको किनारमा एउटा मन्दिर निर्माण गरिएको छ। गत वर्ष डुंगा सञ्चालन गरेको र यो आर्थिक वर्षमा महोत्सव नै लगाउने तयारी भएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

_x000D_ _x000D_

पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिए भए पनि कामविहीन छ। ताल विकासका लागि कुनै ठोस योजना नभएको स्थानीयवासी बताउँछन्। सुरुका वर्ष ताल वरिपरि पर्खाल लगाउनुका निकासलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि पछिल्ला समय खासै काम नभएको केशव साउदले बताए।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘आलिताल’को इतिहास 
_x000D_ करिब ४–५ दशक पहिले यस ताल भएको ठाउँमा १५–१६ परिवारको बस्ती थियो। त्यसै गाउँमा बसोबास गर्ने एक विवाहित महिलाले ठूलो राँगो टाउकोमा दियोबत्ती बालेर आएको देखिन्। उक्त राँगोले भनेछ, 'यहाँ भोलि पानी पर्नुका साथै ठूलो हावाहुरी आउँछ। त्यसपछि ठूलो तलाउ बन्ने भएकाले बसाइँ सरिहाल्नू, नत्र ठूलो आपतविपत निम्तिनेछ।'

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उज्यालो भएसँगै उनले घर–परिवारलाई सपनाबारे सुनाइन्। तर उल्टै उनलाई 'नभएको कुरा गर्ने' भन्दै गाली गर्न थालेछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसको ठिक दोस्रो दिन ती महिलाको घरमा रोपाइँ रहेछ। ‘तिमी खाना पकाउनू। हामी खेतमा रोपाइँ गर्न जान्छौं’ भनेर घरका सदस्यका साथै गाउँलेहरु गोरु, हलो, कुटो, कोदालो लिएर खेततिर लागेछन्।

_x000D_ _x000D_

उनी भने खाजा तयार गर्न घरमै बसिछन्। मध्याह्नको समय खाजा लगेर खेतमा जाने बेला ठूलो हावाहुरीसहित पानी पर्न सुरु भयो। जब उनी खेतनेर पुगिन्, सपनामा देखेकै राँगो विपना देखिछन्। उनी अत्तालिएर त्यहीँ ढलिन्। ठूलो पानीका कारण उक्त क्षेत्र जलमग्न हुन पुग्यो र रोपाइँ गर्न गएका सबै डुबे। त्यसपछि यहाँ ठूलो ताल बन्न पुग्यो।

_x000D_ _x000D_

आलितालमा पहिलेपहिले तीर्थयात्रीहरु पनि आउने गरेका बूढापाका बताउँछन्। भोक लागेका बेला यात्रीले जे विचार गर्‍यो सो खानेकुरा तालको किनारमा आउने गर्थ्यौ भन्ने कथन पनि छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

मागेको कुरा खाइसकेपछि भाँडोलाई सफा गरी धोएर मात्र तालमा डुबाउनुपर्ने थियो। एक दिन एक ऋषिले खीर खाएछन् र ताउलो सफा नगरी तालमा राखिदिएछन्। त्यही दिनबाट तालमा पुगेर कुनै पनि व्यक्तिले सोचेको खानेकुरा पाकेर आउन छोडेको भन्ने पनि अर्को किंवदन्ती छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस्ता अनेकौं किंवदन्तीमा बाँचेको आलिताल अब संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्