काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को पदावधि दुई महिना थप गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले बहुमतका अाधारमा नेविसंघको पदावधि थप गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले नेपाल लाइभलाई बताए।
_x000D_
_x000D_
दुई महिनामा महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन इतर समूहले भने असन्तुष्टि जनाएको छ। फेरि पनि महाधिवेशन हुन नसक्ने भन्दै पदावधि थप्ने नै भए ६ महिना थप गर्न संस्थापन इतर समूहले माग गरेको थियो।
_x000D_
_x000D_
यसअघि तीन महिना थपिएको नेविसंघको पदावधि अाज सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।