काठमाडौं– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराला घुस लिएको आरोपमा पक्राउ परेका छन्।
_x000D_
_x000D_
नेपालबाट उत्पादित पानमसालाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
रकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियारको टोलीले हवल्दार हजरालाई घुसवापतको एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। उनलाई बाराको कलैया उपमहानगरपालिका–१ स्थित देवकीलाल धर्मशालाबाट नियन्त्रणमा लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।