काठमाडाैं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्षे उमेरहद नियोजित ढंगले ल्याइएको भन्दै आपत्ति जनाएका छन्। उनले पार्टीमा पनि उमेर हद लागू गर्न मागसमेत गरेका छन्।
_x000D_
_x000D_
भदौको अन्तिम साता बसेको संघको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानका अन्य विषयमा प्रवेशमै नै नगरी उमेरहदमा मात्रै पार्टी संस्थापन पक्ष केन्द्रित भएको भन्दै उनले असन्तुष्टि जनाए।
_x000D_
_x000D_
आइतबार विज्ञप्ति प्रकाशित गरी काफ्लेले पार्टीको मूल नेतृत्वको टीके प्रथाबाट दास जन्माउने प्रवृत्ति भएकाले थपिएको समयमा १२औं महाधिवेसन गर्न नसकिएको स्पष्ट पारेका छन्।
_x000D_
_x000D_
‘३२ वर्षे उमेरहद नियोजित ढंगले हामीलाई मात्र नेतृत्वमा पुग्न रोक्ने हतियारको रुपमा प्रयोग नगरी आजैका मितिदेखि लागू गर्न जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।