ताप्लेजुङ– ताप्लेजुङ मैवाखोला गाँउपालिकामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। गाँउपालिका कार्यालयको आयोजनामा गाउँपालिका केन्द्रमा सम्पन्न भएको उक्त शिविरमा ६ सय ७० स्थानियले प्रत्यक्ष लाभ लिएको गाँउपालिकाका सूचना अधिकृत मदन तिवारीले जानकारी दिए।
_x000D_
_x000D_
गाँउपालिकाबाट जिल्ला सदरमुकामसम्म जान स्थानीयलाई झन्झट हुने भएकाले उक्त घुम्ती शिविर आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष राजनकुमार थत्लुङले बताए। थत्लुङले भने, ‘नागरिकता वितरण, आँखा तथा स्वास्थ्य जाँच, मतदाता नामावली दर्ता र सार्वजनिक सुनुवाईजस्ता स्थानीयकेन्द्रित कार्यक्रमहरू स्थानीय स्तरमा नै सम्पन्न गर्ने नीतिअनुरुप शिविर अायोजना गरिएको हाे।'
_x000D_
_x000D_
शिविरमा स्थानीय १ सय ३९ जनालाई नागरिकता वितरण समेत गरिएको थियो भने १ सय ३८ महिला तथा १ सय २ पुरुषले निःशुल्क आखाँ जाँचको सुविधा लिएका थिए।
_x000D_
_x000D_
त्यसैगरी, ६० जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा २ जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको थियो। ९ जनालाई जिल्ला अस्पताल ताप्लेजुङमा निःशुल्क उपचार व्यवस्था गरिएको सूचना अधिकृत ढकालले नेपाल लाइभसँग बताए।
_x000D_
_x000D_
उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्य, प्रहरीका डिएसपी सञ्जय थापा, सशस्त्रका डिएसपी श्याममणि ढकाललगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।