• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समस्यामा स्वास्थ्य– १ : महामारी नियन्त्रणको बजेट स्थानीय तहमा, समस्या ठोकिन्छ केन्द्रमा

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ०९:०७
1140x725

देश संघीय व्यवस्था कार्यान्वयनको चरणमा छ। सेवा दिने नयाँ प्रणाली स्थापित हुन नसकेको तर पुरानो विस्थापित भइसकेको अवस्थाको सवैभन्दा चर्को मूल्य स्वास्थ्य क्षेत्रले चुकाइरहेको छ। नियमित सेवा प्रवाहदेखि आकस्मिक आइपर्ने समस्यासँग जुध्न स्वास्थ्यलाई मुश्किल परिरहेको छ। 

_x000D_ _x000D_

संघीय सरकार अन्तर्गत रहेर काम गरिरहेका स्वास्थ्यका विभिन्न शाखा/महाशाखाका प्रमुखहरु समस्या झेल्न थालेका छन् । स्वास्थ्य क्षेत्रमा आइलागेका समस्या केलाउने क्रममा हामीले स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखा प्रमुख डा विकेक कुमार लालसँग सोधेका छौं– तपाईंले के–के समस्या झेलिरहनुभएको छ ? उनले आफ्नो महाशाखाले भोगेका समस्याको बेलिबिस्तार यसरी लगाए :

_x000D_ _x000D_


_x000D_ केही महिनाअघि सप्तरीमा मौसमी रुघाखोकीको महामारी देखियो। त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा अलमल भयो। संघीय संरचना लागु हुनुअघि यस्ता समस्या आउँदा सिधै हामीकहाँ सूचना आउँथ्यो। हामीले स्थानीय क्षेत्रमा खटिएका कर्मचारीलाई केन्द्रबाट निर्देशन दिन्थ्यौं र उनीहरुबाट नहुने भएपछि तुरुन्तै केन्द्रबाट टोली पठाएर समस्याको समाधान खोज्थ्यौं। 

_x000D_ _x000D_

यसपटक परिस्थिती फरक भयो।

_x000D_ _x000D_

हरेक ठाउँमा स्थानीय र प्रदेश सरकारले जिम्मेवारी लिइसकेको अवस्था थियो। अन्य जस्तै स्वास्थ्यका पनि थुप्रै कार्यक्रम स्थानीयलाई दिइएको छ। आफ्ना ठाउँमा भएका हरेक अवस्था त्यहीँबाट सम्बोधन गर्न बजेट पनि गएको छ।

_x000D_ _x000D_

यसकारण कसले काम गर्ने ?  जिम्मेबारी कसले लिने ? भन्नेमा  मुखामुख भयो।

_x000D_ _x000D_

हाम्रा साथीहरुले यसलाई अहिले नै रोक्नुपर्छ, नत्र समस्या हुन्छ भन्नुहुन्थ्यो तर स्थानीय  तहसँगको सहकार्यमा समस्या भयो। हामी सिधै गएर काम गर्न सकिने अवस्था छैन। किनकि स्थानीय तहले आफू सरकार भएकाले अनुमति जरुरी रहेको बताउँछन्। 

_x000D_ _x000D_

तर, सिजनल रुघाखोकी फैलिएको लामो समयसम्म स्थानीय नगरपालिकाले सम्बोधन गरेन। हामीलाई पनि समस्या भयो। त्यसपछि हाम्रा साथीहरु काठमाडौँबाट जानुभयो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यो समयसम्म तीन जनाको मृत्यु भइसकेको थियो। त्यसपछि मात्रै त्यहाँको नगरपालिका सक्रिय भयो। चिकित्सक बोलाएर शिविर गर्ने, घरघरमा बिरामी भएको नभएको पत्ता लगाउने तदारुकता देखायो।

_x000D_ _x000D_

यस्तै समस्या केही दिनअघि पोखरामा पनि भयो। त्यहाँ थाहा भएको चार दिन सम्ममा ३ सय बढीलाई डेँगू भइएसकेको थियो।  यसको समाधानका लागि पनि त्यस्तो अलमल भयो। हामीले पहिलाका जिल्ला जनस्वास्थ्यका साथीहरुलाई भन्यौं। उहाँहरुले ‘हामी नै कहाँ छौँ थाहा छैन’ भन्ने जवाफ दिनुभयो। जब बिरामीको संख्या बढ्यो अनि बल्ल प्रदेश सरकार र नगरपालिकाको सक्रियता बढ्यो। त्यसपछि कीट किन्ने बिरामीको उपचार निःशुल्क गर्ने भन्नेसम्मको रेन्पोन्स भयो।

_x000D_ _x000D_

यस्ता खालका समस्या दोहोरिन थालेका छन्। जसले महामारीजन्य रोगका साथै अन्य रोग नियन्त्रण, रोकथाम र उपचारका काममा दीर्घकालिन असर पार्न सक्छन्। 

_x000D_ _x000D_

अहिले आधारभूत स्वास्थ्य सेवामै समस्या देखिन थालेको छ। अहिलेको नयाँ संरचना पूर्णरुपमा स्थापित हुन सकेको छैन। स्थापित नहुदाँ विभिन्न समस्या देखिन थालेको हो।

Xtrem

Xtrem
_x000D_ _x000D_

पहिले जिल्ला स्वास्थ्य, जनस्वास्थ्यको एउटा अवधारण थियो। त्यहाँ विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्ने कर्मचारी थिए। उनीहरुलाई सरकारले वर्षौं लगाएर तालिम र अनुभवका आधारमा काममा पोख्त बनाएको थियो। अहिले ती कार्यालय खारेज भएको अवस्था छ। 

_x000D_ _x000D_

पहिलेको संरचना एकैपल्ट परिवर्तन हुँदा समस्या भयो। देश संघीयतामा लैजाँदै गर्दा हामीले आउन सक्ने समस्याको कसरी सम्बोधन गर्ने भनेर पूर्व तयारी नगर्दा विभिन्न समस्या देखिन थालेको छ।

_x000D_ _x000D_

अहिलेको स्वास्थ्य सेवा प्रणाली धरमराएको अवस्था छ। जसले गर्दा काम गर्न समस्या छ। विभिन्न विषयहरु कामहरु काम गर्दै जाँदा सहज बन्न सक्छन् तर केही विषय पनि छन्, जसका बारेमा हामीले पहिल्यै नै तयारी गर्नुपर्थ्यो। 

_x000D_ _x000D_

स्वास्थ्य सेवाको विषय पनि त्यसमध्येको एक हो। त्यसमा २४सै घण्टा सेवा दिइनुपर्ने र घरघरमा सेवा दिनुपर्ने विषयलाई पनि अन्य विषयसँगै लैजाँदा समस्या भएको छ। यस्ता इमर्जेन्सी विषयमा भने पहिले नै  ठोस निर्णय हुन आवश्यक थियो। तर त्यो भएन।

_x000D_ _x000D_

हामीले संक्रामक रोग, सरुवा रोग, जो तुरुन्त फैलेने रोगहरु सिजनल इन्फ्ल्युयञ्जा, स्क्रब टाइफस, डेंगु, मलेरिया, कालाजारजस्ता कार्यक्रम चलाइरहेको छ। स्क्रब टाइफस, डेँगूजस्ता रोग हाम्रा लागि नौलो हो। 

_x000D_ _x000D_

औलो, कालाजार पुरानै भएपनि पछिल्लो समय पहाडी र हिमाली भेगमा पनि देखिन थालेको छ भने अहिले पहिले गर्मीमा देखिने रोग वर्षायामवछिको समयमा पिन देखिन थाल्यो। कीटजन्य रोगहरु जति माथिमाथि सर्दैछ, त्यस्तो ठाउँमा यस्ता रोग देखिनु चुनौति देखिन थालेको छ।

_x000D_ _x000D_

जस्तो अहिले हुम्ला, बाजुरा जस्ता चिसो जिल्लाहरुमा औलो  देखिन थालेको छ। हिउँ पर्ने जिल्लामा मलेरिया होला भनेर पहिले कसैले कल्पना गरेको थिएन। पहिले यी रोग तराइको रोग भनेर चिनिन्थ्यो। तर, अहिले  उच्चपहाडि र हिमाली भेगमा यस्ता रोग देखिन थालेको  छ। यो नेपालमा मात्र होइन, विश्वभरी नै जलवायु परिवर्तनका कारण यस्तो भइरहेको छ।

_x000D_ _x000D_

र्‍यापिड डाइग्नोस्टिक किटहरुले रोग भएनभएको जाँच्न मिल्छ। रोगैपिच्छे यस्ता कार्यक्रम हेर्ने कर्मचारी  थिए। कुनै पनि समस्या आएमा जिल्लाबाट सोबारे काठमाडौंसम्म रिपोर्ट हुन्थ्यो र यहाँबाट त्यसको लागि रेन्पोन्स हुन्थ्यो। समयसँगै यस्ता रोगको नियन्त्रण गर्न पनि चुनौति थपिँदै गएको छ। अझै सर्तकताका साथ कार्यक्रम सञ्चालन हुनुपर्छ।

_x000D_ _x000D_

पहिले लामखुट्टे, भुसुना, कीराकाटीले टोकेर हुने रोगका लागि कीटजन्य रोग हेर्न भेक्टर कन्ट्रोल इन्सपेक्टर भनेर हुनुहुन्थ्यो। हरेक जिल्लाको हरेक रोगको सूचना तुरुन्दै आउँथ्यो। त्यो क्रम अहिले ठप्प छ। कसले सूचना राख्ने, कसलाई दिने भन्ने अन्योल छ। जसले गर्दा कार्यक्रम कसरी कार्यान्वयन गर्ने कसले गर्ने भन्नेमै द्विविधा छ। 

_x000D_ _x000D_

अहिले  केही समस्या देखियो भने हामी स्थानीय तहमा जान सक्दैनौँ।  किनकि धेरै कार्यक्रम बजेट र काम गर्ने अधिकार स्थानीय तहमा गएको छ। हामी सिधै त्यहाँ जान सक्दैनौँ। ‘तपाईंहरु यहाँ सिधै किन आउनु भयो ?’ भनेर उहाँहरु सोध्नुहुन्छ। 

_x000D_ _x000D_

अहिले पनि हामीले नसर्ने रोगका लागि विभिन्न उपकरण स्थानीय तहमा पठाएका छौँ तर ती उपकरण सही व्यक्तिले पायो वा पाएन, सही ठाउँमा प्रयोग भयो भएन भन्ने सूचना र रकेर्ड छैन। 

_x000D_ _x000D_

महाशाखामा थप नयाँ रोगको शाखा थपिएको छ। तर जनशक्ति निकै घटाइएको छ। केन्द्रमा महाशाखाको आकार घटाउने भनेर आवश्यक जनशक्ति पनि नराख्नु सान्र्दभिक देखिन्न।

_x000D_ _x000D_

हामीले केही रोगहरुको नियन्त्रणमा लक्ष्य हासिल गरेका छौँ भने केही रोगको नियन्णमा लक्ष्य भेटाउने हाम्रा कार्यक्रम छन्।  अहिलेको संरचना र काम गराइले पहिले हासिल गरेको उपलब्धि समेत गुम्ने खतरा छ। 

_x000D_ _x000D_

इडिसिडीमा अनुसन्धानकर्ताहरुका साथै सम्बन्धित रोगका विज्ञ जनशक्तिको व्यवस्थापन हुनुपर्ने हो तर भएको जनशक्ति पनि घटाएर काम गर्नै गाह्रो हुने वातावरण सिर्जना गरिएको  छ। जिल्लामा महामारीजन्य रोगको रेन्पोन्स गर्ने, सूचना संकलन गर्ने, आधिकारीक तथ्याङ्ग राख्ने व्यक्ति  प्रष्ट हुनुपर्छ । उसले कसलाई  सूचना दिने, कोप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा प्रष्ट पारिनु जरुरी छ। 

_x000D_ _x000D_

हामीले संरचना कार्यान्वयन गर्दैै बिस्तारै पुराना संरचना भत्काउँदै  लैजानुपर्ने थियो । तर, पहिले भएको संरचना भत्काइयो। नयाँ संरचना निर्माण भएको छैन। त्यहाँको कर्मचारीको व्यवस्थापन हुन सकेको छैन। जसले कर्मचारीमा पनि खिन्नता देखिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्