_x000D_
_x000D_
_x000D_
१. सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए। क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए।
_x000D_
_x000D_
२. सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सूर्तीका बोट ल्याएका थिए। तर, यसले झन् उल्टो असर देखाउन थाल्यो। क्यान्सर जस्ता रोगको प्रमुख कारक बन्यो। सूर्तिमा पाइने निकोटिन नामक तत्व उनै कुटनीतिज्ञको नामबाट राखिएको हो।
_x000D_
_x000D_
३. सन् १६०० मा अधिकांश देशले चुरोटसेवनलाई गैरकानुनी घोषणा गरेका थिए। टर्कीमा त सूर्तिजन्य पदार्थ प्रयोग गर्नेलाई यातना दिइन्थ्यो या मृत्युदण्ड दिइन्थ्यो। चीनमा टाउको काटेर हत्या गरिन्थ्यो। रुसमा दोस्रोपटक चुरोट सेवन गरेको फेला परे मृत्युदण्ड दिइन्थ्यो।
_x000D_
_x000D_
४. एउटा चुरोटमा ४,८०० रासायनिक पदार्थ हुन्छन्, जसमा ६० रसायनले क्यान्सर गराउँछन्।
_x000D_
_x000D_
५. विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धूमपान गर्नेको संख्या १ अर्ब १० करोड छ। यो प्रवृत्ति कायम रहने हो भने सन् २०२५ सम्ममा धूमपान गर्नेको संख्या १ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ।
_x000D_
_x000D_
६. सूर्तिजन्य पदार्थको प्रयोगले हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ, अर्थात् हरेक ५ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ। यो एचआईभी, क्षयरोग तथा मलेरियाबाट भएको कूल मृत्युभन्दा निकै बढी हो।
_x000D_
_x000D_
७. सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०१६ मा अमेरिकामा धुमपान गर्नेको संख्या ३७ करोड ८० लाख थियो। अमेरिकी राज्यमध्ये अर्कासान्स, केन्टकी, लुसियाना, मिसिसिपी, मिसौरी, ओहियो, टेनेसी र वेष्ट भर्जिनियामा २१ प्रतिशतभन्दा बढी वयस्कहरु धूमपान गर्छन्।
_x000D_
_x000D_
८. अमेरिकामा हरेक दिन ४ हजार किशोरले पहिलोपटक चुरोटको स्वाद लिएका ९ अमेरिकामा एक व्यक्तिले बर्सेनि १,५०० देखि ३,३०० डलर खर्च गर्छन्।
_x000D_
_x000D_
१०. धूमपानका कारण अमेरिकामा ३३३ बिलियन डलर स्वास्थ्य सेवामा खर्च भइरहेको छ।
_x000D_
_x000D_
११. अमेरिका तथा युरोपका केही भागमा धूमपान कानुनी भएपनि तिनीहरुले चुरोट किन्न पाउँदैनन्।
_x000D_
_x000D_
१२. अर्को व्यक्तिले गरेको धूमपानका कारण अमेरिकामा मात्र बर्सेनि ५० हजार जनाको मृत्यु हुने गरेको छ।
_x000D_
_x000D_
१३. धूमपानका कारण अमेरिकामा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ।
_x000D_
_x000D_
१४. धूमपानले एक मानिसको आयु १३ वर्ष घटाउँछ। अझ एचआइभी संक्रमित छ भने त १६ वर्ष आयु घट्छ।
_x000D_
_x000D_
१५. धूमपानका कारण लाग्ने प्रमुख क्यान्सर हो फोक्सोको क्यान्सर। यसबाहेक ब्लाडर, रगत, बोन म्यारो, पेट, कोलोन, सर्भिक्स, मिर्गौला, कलेजो, मुख, घाँटीजस्ता क्यान्सर लाग्न सक्छन्।
_x000D_
_x000D_
१६. क्यान्सरबाहेक धूमपानले कोरोनरी हार्ट डिजिजको खतरा ४ सय प्रतिशतसम्म बढाउँछ।
_x000D_
_x000D_
१७. विश्वमा प्रतिमिनेट एक करोड चुरोट किनिन्छ र एकदिनमा एक अर्ब ५० करोड चुरोट बिक्री हुन्छ र बर्षमा ५ खर्ब खिल्ली चुरोट किनिन्छ।
_x000D_
_x000D_
१८. हरेक दिन विश्वमा १५ बिलियन चुरोट सल्काइन्छ।
_x000D_
_x000D_
१९. ६९ प्रतिशत धूमपानकर्ताहरुले तत्काल बानी छाड्न चाहन्छन्।
_x000D_
_x000D_
२०. विश्वका कूल धूमपानकर्तामध्ये एकतिहाई चिनिया छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।