दोलखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकतामा ढिलाइ भए पनि त्यसको कारणमा भने विवाद वा अन्तर्विरोध नभएको बताएका छन्।
_x000D__x000D_
'प्राविधिक कारण, नेताहरुको विदेश भ्रमण, प्रधानमन्त्रीको स्वास्थ्यमा आएका समस्याका कारण पार्टी एकतामा ढिलाइ भएको हो', शनिबार दोलखामा आयोजित एक कार्यक्रममा प्रचण्डले भने। कार्यदलको काम पनि आफूहरुले सोचे जस्तो छिटो नभएकाले एकता प्रक्रिया लम्बिएको उनको भनाइ छ। 'तल अलि बढी छलफल गराउनुपर्यो', उनले भने।
_x000D__x000D_
प्रचण्डले मंसिर ६ गते सचिवालय बैठक बसेर प्रदेश कमिटी र जिल्लाका पदाधिकारीको टुंगो लगाउने बताए। यसबारेमा शुक्रबार साँझ अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बसेर निष्कर्षमा पुगेको उनले बताए।
_x000D__x000D_
६ गते बैठक बसेर प्रदेश कमिटी टुंग्याउने, केन्द्रीय समितिको कार्यविभाजको प्रस्ताव टुंग्याउने र जिल्लाको पदाधिकारी टुंग्याउने तथा लगत्तै स्थायी समितिको बैठक बसेर कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिने तथा केन्द्रीय समितिले अनुमोदन गराउने निष्कर्षमा आफूहरु पुगेको प्रचण्डको भनाइ छ।
_x000D__x000D_
प्रचण्डले अबको केही दिनमै तलसम्मका पार्टी कमिटीको एकता हुने बताए। 'यसमा कुनै शंका नगर्न तपाईंहरुलाई विशेष आग्रह गर्न चाहन्छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।