• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

के गर्छन् कांग्रेस नेताका सन्तान?

64x64
नेपाल लाइभ शनिबार, मंसिर १, २०७५  १३:११
1140x725

काठमाडौं- 'कोइराला विरासत'को छुट्टै छवि छ, नेपाली राजनीतिमा। बिपीदेखि गिरिजाप्रसाद, सुशील, शशांक, शेखर हुँदै सुजातासम्म आइपुग्दा यो विरासतको चर्चा भइरहन्छ। कांग्रेस राजनीतिमा कोइराला परिवारको तरंग कायमै छ अझै, भलै कमजोर प्रभाव नै किन नहोस्।

_x000D_ _x000D_

तर, कोइराला परिवारकै नयाँ पुस्तामा भने राजनीतिप्रति खास रुचि देखिन्न। नेपाली कांग्रेसका अन्य नेताका छोरा-छोरीहरुमा समेतक राजनीतिक सक्रियता शून्यप्रायः छ। शीर्ष तहका हरेकजसो नेताले आफ्ना छोराछोरी अध्ययनका लागि विदेश पठाउने गरेका छन्। विदेशमा अध्ययन सकेर फर्किएकाहरुमा पनि राजनीतिक रुचि देखिन्न। स्वदेश तथा विदेशमा हुने नेताका सन्ततिलाई कांग्रेस राजनीतिले प्रभाव पार्न सकेको छैन। 

_x000D_ _x000D_

कांग्रेसको नीति, सिद्धान्त र संगठन जस्ता विषयमा उनीहरु खास जानकारी राख्दैनन्।

_x000D_ _x000D_

अघिल्लो पुस्ता कांग्रेसमा आबद्ध भएकै कारण सोही पार्टीमा आस्था राख्नु्बाहेक अन्य गतिविधिमा उनीहरुको संलग्नता छैन। विदेशमा हुनेहरु अध्ययन वा पेसामा संलग्न छन् भने स्वदेश हुनेहरु पनि जागिरमा आबद्ध छन्। अध्ययनका लागि सन्तानलाई विदेश नपठाउने शीर्ष तहका नेता शून्यप्रायः छन्।

_x000D_ _x000D_

राजनीति पढेका देउवा-पुत्रलाई राजनीतिमै छैन चासो
_x000D_ २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा गृहमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले २०४९ सालमा आरजु राणासँग बिहे गरे। देउवा–राणा दम्पत्तीका एक मात्रै पुत्र छन्– जयवीर देउवा।

_x000D_ _x000D_

उनी २५ वर्षका भए। राजनीतिशास्त्रमा बेलायतबाट स्नातकोत्तर सकेर उनी केही दिनअघि नेपाल फर्केका छन्। तर उनलाई नेपाली राजनीतिप्रति रुचि छैन। उनी फुटबल खेलाडीसमेत हुन्।

_x000D_ _x000D_

पौडेलकी माइली छोरी महिला संघमा
_x000D_ वरिष्ठ नेता रामचन्द्र पौडेलका चार छोरी र एक छोरा छन्। उनीहरु पनि राजनीतिक गतिविधिमा सक्रिय छैनन्। चार दशक उमेर पार गर्न लागेका वरिष्ठ नेताका पुत्र चिन्तनले भारत र लन्डनमा डेढ दशक बिताएका थिए। पाँच वर्षदेखि नेपालमा रहेका पौडेलले व्यवस्थापन र इन्जिनियरिङमा स्नातकोत्तर तहको पढाइ सकेका छन्। कांग्रेसको १२ औं महाधिवेशनमा उनी बेलायतबाट महाधिवेशन प्रतिनिधि बनेका थिए। हाल उनी सामाजिक कार्यमा सक्रिय छन्। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पार्टीको सांगठनिक कार्यमा भने उनको कुनै भूमिका देखिँदैन। सुशील कोइराला प्रधानमन्त्री भएको समयमा नेता पौडेलको दबाबले इन्जिनियर छोराले सरकारी पद पाएका थिए। पौडेलपुत्रले त्यसबेला ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड’मा जागिर खाए। 

_x000D_ _x000D_

बुवाको राजनीतिलाई सहयोग पुग्नेगरी पछिल्लो समय उनले युवा जागरण अभियान चलाएका छन्। तर, अभियानको काम प्रभावकारी देखिन्न।

_x000D_ _x000D_

पौडेलका चार छोरीमध्ये माइली संज्ञा पोखरेल महिला संघमा आबद्ध छिन्। अन्य छोरीहरुको नाम राजनीतिमा सुनिँदैन।

_x000D_ _x000D_

सिटौला सन्तानलाई छैन राजनीतिमा चासो

Xtrem

Xtrem
_x000D_ _x000D_


_x000D_ कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन्। दुई छोरी अमेरिकामा छन् भने छोरा भारतमा अध्ययन सकेर नेपाल फर्केका छन्। कम्प्युटर इन्जिनियरिङमा उनले स्नातकोत्तर सकेका छन्। आइटी व्यवसायमा आबद्ध उनी राजनीतिमा प्रत्यक्ष संलग्न छैनन्।

_x000D_ _x000D_

निधि-पुत्र राजनीतिबाट अलग
_x000D_ उपसभापति विमलेन्द्र निधिका पुत्र अविरल भारतीय दूतावासबाट प्राप्त छात्रवृत्तिमा भारतमा एमडी गरेका छन्। सेन्ट जेभियर्सबाट प्लस टु सकेका उनले अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयबाट एमपिएच पनि सकेका छन्। गत मे मा नेता निधि छोराको दीक्षान्त कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए। निधि पुत्र पनि राजनीतिमा संलग्न छैनन्। 

_x000D_ _x000D_

सिंह-पुत्र तरुण दलको पार्षद
_x000D_
२०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहका पुत्र प्रकाशमानले कांग्रेसमा आफ्नो स्थान बनाइरहे। उनलाई पछ्याउँदै जेठो छोरा प्रभासमान पनि राजनीतिमा लागेका छन्। उनी तरुण दलको पार्षद् हुन्।

_x000D_ _x000D_

सिंहका दुवै छोरा अस्ट्रेलियामा अध्ययन गरी फर्केका छन्। प्रभासमानले राजनीति र अर्थशास्त्रको अध्ययन पूरा गरेका छन्। 

_x000D_ _x000D_

कान्छो छोरा भाष्करमान एक फाउन्डेसनमा कार्यरत छन्। उनी पनि अस्ट्रेलियामा समाजशास्त्र विषयमा अध्ययन पूरा गरी नेपाल फर्किएका हुन्।

_x000D_ _x000D_

केसी सन्तान राजनीतिमा देखिन्नन्
_x000D_ अर्का नेता अर्जुननरसिंह केसीका तीन छोरी र एक छोरा छन्। तर उनीहरुको झुकाव राजनीतिमा देखिन्न।

_x000D_ _x000D_

जेठी छोरी अर्चना केसी राणा नेपाल पर्यटन बोर्डमा अधिकृत तहको कर्मचारी हुन्। माइली छोरी अन्जना केसी थापा चिकित्सक हुन्। अन्जनाको बिहे कांग्रेस नेता गगन थापासँग भएको हो।

_x000D_ _x000D_

कान्छी छोरी प्रजनी केसी पाण्डेय परिवारसहित अमेरिकामा छिन्। अमेरिकामा रहेका केसीका छोरा ओमश्री नरसिंह केसी हाल नेपाल फर्किएका छन्। उनले स्नातक तहको अध्ययन सकेका छन्।

_x000D_ _x000D_

के गर्दैछ महत परिवारको नयाँ पुस्ता?
_x000D_ पूर्व अर्थमन्त्रीसमेत रहेका डा रामशरण महतका दुवै सन्तान अमेरिकामा छन्। छोरा रक्षक अमेरिकामै वकालत पेसामा आबद्ध छन्। १२ वर्षदेखि उनी अमेरिकामा बस्दै आएका छन्। 
_x000D_ छोरी आज्ञा भने पेसाले चिकित्सक पनि हुन्। डा महतको परिवारको नयाँ पुस्ताले पनि राजनीतिमा चासो राख्दैनन्। छोराछोरीसँग दसैं मान्न डा महत अमेरिका गएका थिए। उनी केही दिनअघि नेपाल फर्केका छन्।

_x000D_ _x000D_

सहमहामन्त्री डा प्रकाशशरण महतकी छोरी प्रसन्ना लाइसेन्स प्राप्त कानुन व्यवसायी हुन्। हाल उनी नेपालमै छिन्। महतपुत्र पुकारसिंह भने आइटीमा स्नातक गर्दैछन्। भारतमा अध्ययनरत उनी पनि हाल नेपालमा छन्। महतले अमेरिकामा पिएचडी गर्ने क्रममा उनको जन्म भएको हो। महतका दुवै सन्तानाम पनि राजनीतिको लगाव छैन।   

_x000D_ _x000D_

कोइराला परिवारको राजनितिक छायाँ छैन नयाँ पुस्तामा
_x000D_ कोइराला परिवारमा पनि नयाँ पुस्ता राजनीतिबाट टाढा छ। पार्टी महामन्त्री डा शशांक कोइरालाकी एक मात्रै छोरी छिन्– सुप्रिया। दन्त चिकित्सकका रुपमा अमेरिकामा कार्यरत उनी विवाहित हुन्। अमेरिकामा एमडी तहको अध्ययन सकेर उनले उतै विवाह गरेकी हुन्। नेपाली नागरिकसँग विवाह गरेकी उनी एक दशक अघिदेखि अमेरिकामा छिन्। उनी राजनीतिका विषयमा बेखबर छन्।

_x000D_ _x000D_

नेहा कोइराला अर्का नेता डा शेखर कोइरालाकी एकमात्रै पुत्री हुन्। भारतको जेएनयु विश्वविद्यालयबाट अध्ययन सकेकी उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा परामर्शदाताका रुपमा कार्यरत छिन्। उनले समाजशास्त्र र अंग्रेजीबाट स्नातकोत्तर सकेकी छन्।

_x000D_ _x000D_

स्वयंसेवीका रुपमा तीन वर्ष माइती नेपालमा कार्यरत उनले आइएनजिओमा कार्य गरेको पाँच वर्ष पुगेको छ। राजनीति क्षेत्रमा अभिरुचि नभएकी उनले सामाजिक चासोका विषयमा भने बुबालाई सल्लाह दिने गरेकी छन्।

_x000D_ _x000D_

कोइराला परिवारकी कांग्रेस नेतृ सुजाता कोइरालाका एक छोरा र छोरी छन्। तर दुवै राजनीतिबाट अलग। 

_x000D_ _x000D_

बंगलादेशका नागरिकसँग छोरी मेलानीको बिहे भएको छ भने छोरा एमरेस्ट जर्मनीमा छन्। सुजातापुत्री मेलानीले बंगलादेशका नागरिक रुबेल चौधरीसँग बिहे गरेकी हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्