• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गहिरो निद्राका लागि यस्ता छन् २० उपाय

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १७:४५
1140x725

राति सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनुहोला।

_x000D_ _x000D_

१. स्विच अफ गर्नेः तपाईं सुत्ने ओछ्यानमा वा छेउमा मोबाइल, ट्याबलेट, डिजिटल घडी, रेडियो, टेलिभिजन छन् भने तिनले तपाईंको निद्रामा बाधा पु¥याउँछन्। त्यसैले सुत्नअघि ती सबैको स्विच अफ गर्नुहोस् र मस्तसँग निदाउनुहोस्। बन्द नहुने सामानलाई कपडाले छोप्नुहोस्।

_x000D_ _x000D_

२. दिउँसो नसुत्नेः राति सुत्नाले शरीरले आवश्यक आराम पाउँछ र उठेपछि स्वस्थ र फुर्तिलो महसुस हुन्छ। दिउँसो सुत्नै परे भरसक बिहानीपख वा मध्यान्हअघि सुत्ने र २० मिनेटभन्दा बढी नसुत्ने। दिउँसो निद्रा लागे केहीबेर हिँड्ने, एक गिलास चिसो पानी पिउने वा कुनै साथीसँग एकछिन फोनमा कुरा गर्ने।

_x000D_ _x000D_

३. घडी बन्द गरेर सुत्नेः के तपाईं राति छिनछिनमा घडी हेरिरहनु हुन्छ? यसो गर्दा हाम्रो मनमा नानाथरि कुरा खेल्ने र विचार नरोकिने भएकाले निद्रा नपर्न सक्छ। त्यसैले नाडीघडी वा अलार्म बज्ने घडी आफूले नदेख्ने ठाउँमा राख्ने। घडीको टिकटिकले पनि निद्रामा बाधा पार्न सक्छ, त्यसैले घडीको आवाज नसुनिने ठाउँमा राख्ने।

_x000D_ _x000D_

४. ढाड दुख्छ भने सुत्दा तकिया च्याप्नेः तपाईंको ढाड दुख्ने समस्या छ भने खुट्टाको बीचमा तकिया च्यापेर सुत्नुहोस्। हिप सिधा राख्न र सुतेका बेला कम्मरमा पर्ने दबाब घटाउन खुट्टामा तकिया च्याप्नुपर्छ। तपाईं उत्तानो परेर सुत्नु हुन्छ भने दुखाइ कम गर्न घुँडामुनि तकिया राख्नुहोस्।

_x000D_ _x000D_

५. उपयुक्त सिरानी प्रयोग गर्नुहोस्ः तपाईं सुतेर बिहान उठ्दा गर्धन दुख्यो भने बुझ्नुहोस् तपाईंले लगाइरहेको सिरानी ठीक छैन। सिरानीको आकार धेरै ठूलो वा धेरै सानो हुनु हुँदैन। सिरानी नरम हुनुपर्छ र तपाईं उत्तानो सुत्दा गर्धनलाई प्राकृतिक स्थितिमा राख्न सजिलो खालको हुनुपर्छ। तपाईं कोल्टे सुत्नु हुन्छ भने पनि तपाईंको टाउको पूरै दायाँ वा बायाँतिर ढल्काउनु हुँदैन। घोप्टो परेर सुत्नाले गर्धन बांगो हुन सक्छ। त्यस्तै सुत्नुअघि घरमा वा काम गर्दा कार्यालयमा बस्दा पनि सिधा बस्नुपर्छ। जस्तो टेलिभिजन हेर्दा पनि बकुल्लाले घाँटी तन्काएजस्तो वा निहुरेर हेर्नु हुँदैन।

_x000D_ _x000D_

६. म्याट्रेस/डसनामा किरा पस्न नसक्ने खोल हाल्नुहोस्ः सुतेका बेला एलर्जीका कारण हाच्छ्युँ आए, शरीर चिलाए वा सास फेर्न अप्ठ्यारो भए गहिरो निद्रा पर्दैन र शरीरमा आलस्य आउँछ। यसको कारण तपाईंको म्याट्रेस/डस्ना हुन सक्छ। अझ केहीपछि म्याट्रेस/डस्नामा बढ्ने साङ्ला, किरा, मुसाको विष्टा लगायत फोहरले अनेकौँ एलर्जी हुन सक्छ र निद्रा खलबलिन्छ। त्यसैले यो स्थितिबाट जोगिन म्याट्रेस/डस्ना, सिरानी, सिरकमा किरा पस्न नसक्ने खोल हाल्नुहोस्। हावा नपस्ने, प्लास्टिकका र डस्टप्रुफ म्याट्रेस/डस्नाका खोल उपयोगी हुन सक्छन्।

_x000D_ _x000D_

७. बिछ्यौना सुत्नका लागि मात्र प्रयोग गर्नुहोस्ः सुत्ने कोठा (बेडरुम) आरामदायी हुनुपर्छ। सुत्ने ठाउँमा बसेर पढ्ने, काम गर्ने, नेट चलाउने वा टेलिभिजन हेर्ने गर्नु हुँदैन। बेडरुमको तापक्रम ६८–७२ डिग्री फरेनहाइट हुँदा अधिकांश व्यक्ति गहिरो निद्रामा सुत्ने गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

८. निश्चित समयमा सुत्ने र उठ्नेः सधैँ निश्चित समयमा सुत्ने र उठ्ने गर्नुहोस् (सप्ताहान्तमा समेत)। यसरी सुत्ने र उठ्ने समय नियमित हुँदा हाम्रो शरीरको जैविक घडी नियमित हुन्छ र त्यसैअनुसार सुत्ने/उठ्ने बानी बस्छ। पछिपछि तपाईं बिछ्यौनामा ढल्कनासाथ गहिरो निद्रा पर्न थाल्छ। बिहान उठ्नासाथ उज्यालो ठाउँमा ५ देखि ३० मिनेट जानुहोस्, उज्यालोले तपाईंको शरीरलाईसक्रिय हुने बेला भएको महसुस गराउँछ र अल्छीपना हराउँछ।

_x000D_ _x000D_

९. क्याफिनको मात्राप्रति सावधान हुनुहोस्ः सामान्यतया अधिकांश व्यक्तिका लागि बिहानको कफी उपयुक्त हुन्छ। तर, दिउँसो १२ बजेपछि भने क्याफिनयुक्त खानेकुरा र पेयपदार्थ सकेसम्म नखाएकै बेस। चकलेटमा हुने क्याफिनको थोरै मात्राले पनि राति तपाईंलाई निद्रा नलाग्न सक्छ। दुखाइ कम गर्ने केही औषधि र वजन घटाउने पिल्समा पनि क्याफिन हुने भएकाले औषधिका लेबल हेर्ने गर्नुहोस्।

_x000D_ _x000D_

१०. नियमित व्यायाम गर्नुहोस्ः नियमित व्यायाम गर्नाले गहिरो निद्रा लाग्छ। तर सुत्ने बेलामा व्यायाम गर्नाले भने निद्रामा बाधा पु¥याउन सक्छ। कडा व्यायाम गर्नु हुन्छ भने सुत्नुभन्दा कम्तीमा पनि ३–४ घन्टाअघि नै गर्नुहोस्। सुत्नुअघि योग वा ताईची जस्ता हलुका ‘माइन्ड–बडी’ व्यायाम गर्नाले गहिरो निद्रा लाग्छ।

_x000D_ _x000D_

११. हलुका डिनर गर्नुहोस्ः राति हलुका भोजन गर्नुहोस्। साँझमा दूधसँग हलुका स्न्याक्स, क्र्याकर र चिज खानुहोस्। भोजन गर्नासाथ नसुत्नुहोस्। सुत्नुभन्दा कम्तीमा एक घन्टाअघि खानुहोस्।

Xtrem

Xtrem
_x000D_ _x000D_

१२. मदिरा पिउने/नपिउने पुनर्विचार गर्नुहोस्ः मदिरालगायत अल्कोहलयुक्त पेयले तपाईंलाई सुस्त बनाए पनि असर सकिएर राति ब्युँझिएपछि भने निद्रा लाग्न कठिन बनाउँछ। साँझ वा राति मदिराजन्य पेयभन्दा तातो दूध र क्यामोमाइल चिया पिउनु स्वास्थ्य र निद्रा दुवैका लागि श्रेयस्कर हुन्छ।

_x000D_ _x000D_

१३. राति पानी पिउँदा ध्यान दिनुहोस्ः राति बारम्बार पिसाब फेर्न उठिरहनु हुन्छ भने यसले तपाईंको निद्रामा खलल पु¥याउँछ। सुत्नुअघि पानी वा पेयपदार्थ नपिउनुहोस्। पानी खानु वा कुनै तरल पेय पिउनु छ भने सुत्नुभन्दा कम्तीमा दुई घन्टाअघि पिउनुहोस्।

_x000D_ _x000D_

१४. बत्ती मधुरो पार्नुहोस्ः सुत्नुभन्दा केही बेरअघि बेडरुमको बत्ती मधुरो पार्नुहोस्। मधुरो बत्तीले हाम्रो मस्तिष्कलाई निद्रा लगाउने हर्मोन मेलाटोनिन निस्कासन गर्न संकेत दिन्छ। साथै बाथरुममा धेरै उज्यालो बत्ती प्रयोग नगर्नुहोस्।

_x000D_ _x000D_

१५. शान्त वातावरणमा सुत्नेः कुकुरको भुकाइ, सवारीसाधनको घार्रघुर्र, मेसिन चलेको आवाजजस्ता होहल्लाले तपाईंको निद्रामा बाधा पुर्‍याउँछन्। त्यसैले शान्त वातावरणमा सुत्नुहोस्।

_x000D_ _x000D_

१६. सुर्तीजन्य पदार्थ नखानुहोस्ः क्याफिनजस्तै निकोटिनले पनि तपाईंलाई सजिलै निदाउन दिँदैन। त्यसैले राति सुर्तीजन्य पदार्थको उपभोग नगर्नु बेस हुन्छ।

_x000D_ _x000D_

१७. बेड आफ्नो लागि होः घरपालुवा जनावरलाई आफ्नो बेडमा सँगै नसुताउनुहोस्। किनभने तिनको गतिविधिले तपाईंको निद्रा बिथोलिन सक्छ। ती जनावरबाट एलर्जी हुनसक्छ भने जुम्रा, उपियाँ जस्ता परजीवी सर्नुका साथै लुतोजस्ता विभिन्न किसिमका सरुवा रोग र चाया सर्ने सम्भावना हुन्छ। घरपालुवा जनावरलाई उसकै बेडमा आरामले सुत्न सिकाउहोस्।

_x000D_ _x000D_

१८. मनलाई शान्त पार्नुहोस्ः छलफल, काम, जटिल विषयमा बहस वा निर्णय लिने कुरा सुत्नुभन्दा एक–दुई घन्टाअघि नै बन्द गर्नुहोस्। दिनभरको काम, होहल्ला सबै हटेर मन/मस्तिष्क शान्त हुन केही समय लाग्छ। मन शान्त पारेर सुत्नुहोस्। बरु बेडमा पल्टनुअघि केहीबेर आनन्ददायक संगीत सुन्नुहोस्, तातो पानीले नुहाउनुहोस् वा ध्यान गर्नुहोस्।

_x000D_ _x000D_

१९. निद्रा लगाउने औषधि खाँदा विचार पुर्‍याउनुहोस्: निद्रा लगाउने कतिपय औषधिले बानी लगाउँछन् भने तिनको साइडइफेक्ट पनि हुनसक्छ। गहिरो निद्राका लागि यस्ता औषधि कहिलेकाहीँ मात्र उपयोगी हुन सक्छन्। त्यसैले प्रयोग गर्नै परे चिकित्सकको परामर्शमा मात्र यस्ता औषधि प्रयोग गर्नु उचित हुन्छ।

_x000D_ _x000D_

२०. चिकित्सकसँग परामर्शः अनिद्रा छ भने चिकित्सकसँग सम्पर्क गर्नुहोस्। कहिलेकाहीँ हामीले थाहा नपाई कुनै रोग सुरु भएको वा सुरु हुन लागेको हुन सक्छ। डिप्रेसन, आर्थराइटिस, दम आदि रोगको उपचारका लागि खाइरहेको औषधि पनि अनिद्राको कारण हुनसक्छ। चिकित्सकले तपाईंको शारीरिक स्वास्थ्य परीक्षण गरी उचित सुझाव दिनेछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्