• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

उदाउन बाँकी तिम्बु पोखरी, जहाँ पुग्न भारतीय बाटो हिँड्नुपर्छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  ०५:४६
1140x725

पाँचथर- ताप्लेजुङको पाथिभरा मन्दिरपछि पाँचथरको तिम्बु पोखरी सुदूरपूर्वको आकर्षक पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल हो। पाँचथरको याङ्बरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको तिम्बु पोखरीको सीमा भारतको सिक्किम तथा दार्जिलिङसँग पनि जोडिएको छ। तिम्बु पोखरीमा विदेशी पर्यटक बढिइरहँदा यहाँ जान भने प्रायः सिक्किम र दार्जिलिङकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ।

_x000D_ _x000D_

पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ। सडक यातायतको विकास भइनसकेकाले यस ठाउँसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। तिम्बु पोखरी पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ। लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रापछि तिम्बु पोखरी पुग्न सकिन्छ। यहाँ प्रशस्त मात्रामा लेकाली जडीबुटीसमेत पाइन्छ। ठाउँठाउँमा चौरी गोठहरु छन्। चौरी, उराङ र याकसँग रमाउन पाउनु पनि यस क्षेत्रको अर्को विशेषता हो।

_x000D_ _x000D_

सिक्किम र दार्जिलिङको बाटो भएर वार्षिक २ हजारभन्दा धेरै पर्यटक तिम्बु पोखरी घुम्न आउने गरेको याङ्बरक गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल बताउँछन्। 

_x000D_ _x000D_

समुद्री सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको पोखरी प्रकृतिको अनुपम सौन्दर्यले भरिएको धार्मिक स्थल पनि हो। पोखरी करीब ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइमा फैलिएको छ। पोखरीभित्र थरिथरिका फूल र इन्द्रेणीको दृष्य दख्न सकिन्छ।

_x000D_ _x000D_

सरकारले तिम्बु पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरे पनि यसको प्रचारप्रसार र संरक्षण गर्नेतर्फ भने ध्यान दिएको छैन। सरकारले संरक्षण नगर्दा पोखरी क्षेत्रमा पाइने जडीबुटी, जीवजन्तु तथा फलफूलको उपयोग हुन सकेको छैन। अर्कातर्फ सरकारले यस क्षेत्रमा आउने पदमार्ग व्यवस्थित नगर्दा बर्सेनि सयौं विदेशी पर्यटकले भारतीय बाटोको प्रयोग गर्नुपरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

चट्टानी संरचनाका बीचमा रहेको पोखरीले सबै पदयात्रीको मन तान्ने गरेको छ। पोखरी क्षेत्रमा देखिने बादल, कुहिरो र घामको लुकामारीको दृश्यले पहिलोपल्ट तिम्बु पोखरी पुग्ने पर्यटक र तीर्थालुलाई रोमाञ्चित बनाउने गर्दछ।

_x000D_ _x000D_

तिम्बु पोखरीमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएकाले यसको संरक्षण र पर्यटन क्षेत्रका रुपमा विकास गर्नका लागि सरकारसँग माग गरिरहेको पाँचथरका संसद वसन्तकुमार नेवाङले बताए। ‘पछिल्ला वर्षमा तिम्बु पोखरी र यहाँको दृश्यले धेरै पर्यटकको मन लोभ्याएको पाएको छु। जसका कारण यो क्षेत्र विकास गर्ने आवश्यक पूर्वाधार निर्माणका लागि सरकारसँग माग गरेको छु’, नेवाङले भने।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मनसुनमा पर्यटकको भिड   
_x000D_ मनसुनी मौसममा यहाँ पर्यटकको भिड लाग्ने गर्दछ। सो समय तिम्बु पोखरी क्षेत्रमा धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु जाने गरेका छन्। साउन र भदौ महिनापछि सिजन सकिए पनि पर्यटक टुट्दैनन्।

_x000D_ _x000D_

लेकाली क्षेत्र भएकोले पनि जाडो मौससमा पर्यटकको आवागमन कम हुने गरेको बताउँछन्, सांसद नेम्वाङ। पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, तराईका जिल्ला र भारतको सिक्किम, पश्चिम बंगाल राज्यका पर्यटक कठिन बाटो छिचोल्दै तिम्बु पोखरी घुम्न आउने गर्दछन्। 

_x000D_ _x000D_

फूल र जडिबुटीका लागि आकर्षक गन्तव्य
_x000D_ हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलहरुले सजिएको छ।

_x000D_ _x000D_

केन्जो, माइकोपिला, बिख्मा, कुटी, खोकिम जस्ता फूलहरु यो क्षेत्रमा पाइन्छन्। पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक जडिबुटीले पोखरीदेखि धेरै टाढासम्मको वातावरण सुगन्धित र मनमोहक बनाउने गर्दछ।

_x000D_ _x000D_

तिम्बु पोखरी आसपासका क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, माइकोपिला, हडचुर, पदमचाल, कालो तथा सेतो बिख्मा, कुड्की, पाखनवेत, बुढोओखती, चिराइतो जातका औषधि र किटनाशक औषधिको रूपमा प्रयोग गर्न सकिने विषका बोटहरू पाइन्छन्। विभिन्न प्रकारका सुगन्धित धुपको रूपमा प्रयोग गर्न सकिने भैरुङ्पाती, सुनपाती, सक्पा जस्ता वनस्पतिहरू पनि यस क्षेत्रका आकर्षण हुन्।

_x000D_ _x000D_

पर्यटकलाई अर्को आकर्षण– जीवजन्तु
_x000D_ पोखरी आसपासमा भालु, कस्तुरी, वनभेडा, एकसिंगे भेडा, बँदेल रातो पान्डा र हिउँ चितुवाजस्ता जीवजन्तुहरु पाइन्छन्। 

_x000D_ _x000D_


_x000D_ तर, पछिल्लो समय यस्ता वन्यजन्तुको चोरीसिकारी बढ्दै गाएको स्थानीयको गुनासो छ। सरकारले यस क्षेत्रमा पाइने संकटापन्न तथा लोप हुन लागेका जीवजन्तुको संरक्षण गर्नेतर्फ पनि ध्यान दिएको छैन। 

_x000D_ _x000D_

पोखरीको पानी प्रसादका रुपमा प्रयोग
_x000D_ तिम्बु पोखरीको पानीमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। तिम्बु आसपासमा अन्य स–साना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा १ सय ७८ कुण्ड रहेका छन्। 

_x000D_ _x000D_

तिम्बु पोखरीको पानी बिरामीलाई खुवाएमा रोग निको हुन्छ भन्ने जनविश्वास परम्परादेखि नै चल्दै आएकाले यहाँ आउने पर्यटक र तीर्थालुले पोखरीको पानीलाई प्रसाद तथा औषधिका रुपमा समेत प्रयोग गर्ने गर्दछन्। 

_x000D_ _x000D_

तिम्बु क्षेत्रबाट दुई दिनको यात्रामा कञ्जनजंघा आधार शिविर पुग्न सकिने त्यहाँका चौंरी गोठालाहरु बताउँछन्।

_x000D_ _x000D_

सिक्किम, दार्जिलिङ र तराईको दृश्यावलोकन 
_x000D_ तिम्बु पोखरीबाट मौसमले साथ दिएको खण्डमा कञ्चनजङ्घा र कुम्भकर्णलगायत विभिन्न हिमशृृखंलाहरू अवलोकन गर्न सकिन्छ। तराईका फाँटहरू, अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङ जस्ता सहरहरू समेत यस क्षेत्रबाट सजिलै देख्न सकिन्छ। यहाँबाट देखिने घाम झुल्किएको दृष्यले पनि पर्यटकको मन तान्ने गरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

सडक, होटल र लजको अभाव 
_x000D_ पहाडी क्षेत्रमा पर्ने तिम्बु पोखरीमा अहिलेसम्म सडक पुगेको छैन। यातायातको सुविधा नहुँदा यस क्षेत्रमा लज र होटलको सुविधा छैन। यस क्षेत्रमा आउने पर्यटकले यहाँ आउँदा खाना र खाजा आफूसँगै लिएर जानुपर्ने बाध्यता छ।

_x000D_ _x000D_

दुर्गम तथा विकट भौगोलिक स्थान भएका कारण सडक पुर्‍याउन समस्या भएको याङ्बरक गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल बताउँछन्। अधिकांश क्षेत्रमा चट्टानी संरचना भएका कारण तिम्बु पोखरी क्षेत्रसम्म सडक पुर्‍याउन तत्काल सम्भव नभए पनि सडक खन्नका लागि योजना भने अघि सारेको उनको भनाइ छ। 

_x000D_ _x000D_

तिम्बु पोखरी जाने पर्यटक र तीर्थयात्रीले हालसम्मले गोठालाले बनाएको गोठलाई आवासको रुपमा प्रयोग गर्दै आएका छन्। साँघुरो गोठमा गोठालाले सकेसम्मको सुत्ने तथा बस्ने प्रबन्ध मिलाउँछन्। गोठमै भए पनि छुट्टै किसिमको आतिथ्यता पाइन्छ भने चौँरीको दूध, दही र छुर्पी स्वाद लिएर फर्कने मौका मिल्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्