जन्मजात हृदयाघातको उच्च जोखिम भएका व्यक्तिहरू एउटै जेनेटिक परीक्षणबाट पत्ता लगाउन सकिने सम्भावना एउटा अध्ययनले देखाएको छ।
_x000D_
_x000D_
अनुसन्धानकर्ताहरूका अनुसार जेनोमिक रिस्क स्कोर (जीआरएस) परीक्षण गर्न जम्मा ४० पाउन्ड मात्र लाग्छ र ठूलो जनसङ्ख्यामा जोखिममा भएका व्यक्ति पत्ता लगाउन आर्थिक रूपमा पनि सस्तो नै छ।
_x000D_
_x000D_
सो परीक्षणले उच्च कलेस्टरोलजस्ता मुटुको समस्या गराउने जोखिम भएका व्यक्तिमा पनि कसरी हृदयाघात हुन्छ भनेर स्पष्ट पार्न सक्छ।
_x000D_
_x000D_
यसबारे थप अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन्।
_x000D_
_x000D_
चाँडै जोखिम पत्ता लगाउन
_x000D_
शरीरमा आनुवंशिक गुण सङ्ग्रह गर्ने डीएनए परिवर्तित नहुने भएकाले जुनसुकै उमेरको व्यक्तिमा पनि जीआरएस अर्थात् वंशानुगत जोखिमको सम्भावना मापन गर्न सकिन्छ।
_x000D_
_x000D_
यो परीक्षणले एउटा जिन वा वंशाणुलाई मात्र नभएर हृदयाघातको जोखिम बोक्ने जिनहरूको रूप जाँच्छ।
_x000D_
यसबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले रगतको नमुना सङ्कलन गरेका थिए। तर मुखभित्रबाट सामान्य रूपमै निकालिने नमुनाबाट पनि यो परीक्षण गर्न सकिने उनीहरू बताउँछन्।
_x000D_
_x000D_
चालीसदेखि ६९ वर्ष उमेर भएका पाँच लाख मानिसको जेनोमिक डेटा विश्लेषण गरेर जीआरएस मापन र गणना गर्ने विधि विकसित गरिएको हो। यूके बायोब्याङ्कमा सङ्कलित डेटामा २२ हजार जना मुटुमा रक्तप्रवाह अवरोध हुने रोग भएका व्यक्ति पनि थिए।
_x000D_
_x000D_
जर्नल अफ अमेरिकन कलेज अफ कार्डिओलजीमा यसबारे एउटा लेख प्रकाशित भएको छ।
_x000D_
_x000D_
शोधका प्रमुख लेखक तथा बेकर हार्ट एन्ड डाइअबिटिज इन्स्टिट्युट र युनिभर्सिटी अफ क्याम्ब्रिजसँग आबद्ध डा. माइकल इनोएका अनुसार कोरनरी हार्ट डिजिज भनिने मुटुमा अवरोध हुने समस्याको झन्डै ५० प्रतिशत सङ्ख्या वंशानुगत कारणले हुन्छ। बाँकी समस्या भने जीवनशैली र पर्यावरणसँग सम्बन्धित छन्।
_x000D_
_x000D_
उनी भन्छन्, "जोखिम पहिचान गर्दा हामीले आनुवंशिक भागलाई छुटाउने गरेका छौँ ...।"
_x000D_
_x000D_
जीआरएस मापन गर्दा शीर्ष २० प्रतिशत स्थानमा रहेका सहभागीहरूमा कोरनरी हार्ट डिजिज हुने सम्भावना सबैभन्दा तल रहेका २० प्रतिशत सहभागीभन्दा चारगुणा बढी थियो।
_x000D_
_x000D_
विश्वभरि मृत्यु गराउने रोगहरूको सूचीमा कोरनरी हार्ट डिजिज माथिल्लो स्थानमै छ।
_x000D_
_x000D_
युनिभर्सिटी अफ लेस्टरका प्राध्यापक एवम् वरिष्ठ लेखक निलेश सामानीका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमार्फत् सङ्कलित ४० देखि ४९ वर्षसम्मका मानिसको तथ्याङ्कबाट मुटुरोगबारे गरिएको विश्लेषण पर्याप्त हुँदैन।
_x000D_
_x000D_
लक्षण देखिनुभन्दा दशकौँअघि नै रोग सुरु भइसक्ने बताउँदै उनी भन्छन् - जोखिममा भएका व्यक्ति पहिला नै पत्ता लगाउनुपर्छ जुन जीआरएसले गर्न सक्छ।
_x000D_
_x000D_
जीआरएस विधि प्रयोग गरेर उचित मूल्यमै चिकित्सकले उपचार गर्दा फाइदा पुग्ने र नपुग्ने बिरामी छुट्याउन सक्छन् भन्ने उनको धारणा छ।
_x000D_
_x000D_
डा. इनोएका अनुसार यस किसिमको परीक्षणलाई कुनै स्वास्थ्यसेवा प्रणालीमा व्यावहारिक प्रयोगमा पठाउनुअघि धेरै काम गर्न बाँकी छ।
_x000D_
_x000D_
बृहत् र व्यापक अध्ययनहरूले परीक्षणको शुद्धिलाई बढाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।