_x000D_
काठमाडौं– ‘यो पोखरी कस्तो थियो, कस्तो भयो’ वितेको दुई दशकदेखि तिहारका दिन टीका थाप्न राजधानीको मुटुमा रहेको रानीपोखरी पुग्ने हिक्मत सिंहले अनुहार मलिनो बनाए। उनले थपे, ‘पोखरीको पानीमा हावाले बयली खेलोस्, हराभरा होस् र यो मन्दिर पनि झकिझकाउ होस्। बल्ल हामी खुशी हुन्छौं।’
_x000D_
_x000D_
वर्षमा एकपटक मात्र सर्वसाधारणका लागि खुल्ला रहने रत्नपार्क छेउको रानीपोखरीमा दिदीबहिनी नहुनेहरु र भएर पनि टीका थाप्न अनुकुल नहुनेहरु तिहारको दिन टीका थाप्न पुग्छन्। यहाँ रहेका यमलेश्वर र बालगोपाल महादेव मन्दिरमा तिहार दिन बस्ने दिदीबहिनीबाट टीका थाप्नेहरुको घुँइचो लाग्छ।
_x000D_
_x000D_
प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिरमा अघिल्ला वर्षहरुमा झैं आज पनि सर्वसाधारणहरु टीकाको साइत सुरु हुनुअघि नै टीका थाप्न पुगेका छन्।
_x000D_
_x000D_
‘यहाँ आउन पो वर्षको एक दिन मात्र पाइन्छ तर यो मन्दिर र पोखरी त हाम्रो सम्पदा हो नि, सधैं राम्रो देख्न पाए हुने’ मन्दिर परिसरमा भेटिएका हरिबहादुर कार्कीले भने, ‘रानीपोखरी पुनः निर्माणका विषयमा जे जति विवादहरु सुनिए त्यसले हामीलाई राम्रो लागेको छैन।’
_x000D_
_x000D_
पोखरीबीचमा रहेको यलम्बरको मन्दिर परम्परागत हिसावले बनाइनुपर्ने तर्क उनको छ।
_x000D_
_x000D_
महाभूकम्प ०७२ को चपेटामा परेको रानीपोखरी पुनः निर्माणको जिम्मेवारी र निर्माणको शैलीबारे पटक पटक विवाद सतहमा आउने गरेको छ। महानगरपालिकाले रानीपोखरी र मन्दिर निर्माणमा कंक्रिट प्रयोग गरेपछि सर्वत्र विरोध भएको थियो। रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो। तर, विवाद बढेपछि पुनः निर्माणको काम सेनालाई जिम्मा दिने भनिएको थियो।
_x000D_
_x000D_
तर अहिले सो काम सेनालाई दिने प्रक्रिया रोकिएको छ। र, पुनः निर्माण महानगरले नै हेर्नुपर्ने भनिएको छ। रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिरहेको छ।
_x000D_
_x000D_
‘उहिल्यै पुर्खाले जस्तो बनाएका थिए त्यस्तै बनाउनुपर्छ’ टीका थाप्न पुगेका कार्कीले भने, ‘सम्पदा भनेको संरक्षण गर्ने कुरा हो। पोखरीको हालत देखेर दुःख लाग्यो।’
_x000D_
_x000D_
काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ समूहले रानीपोखरीसँगै बालगोपालेश्वर मन्दिर प्रताप मल्लले बनाएको जस्तै बनाउन सुझाव दिएको थियो। मल्लले बनाएको मन्दिर ग्रन्थकुट शैलीमा बनाइएको थियो।
_x000D_
_x000D_
तिहारका दिन आज रानीपोखरी पुगेका सर्वसाधारणका केही तस्बिरः
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।