• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनाथ बालबालिकाको तिहार : परिवारको अभाव झन् बढी खट्किन्छ

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०३:५५
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
Xtrem
Xtrem

बुटवल- यतिबेला जताततै तिहारको रौनक छ। सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ भइसकेको छ। गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ। तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन। 
_x000D_
_x000D_ हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ। कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुबाको अनुहारसम्म याद छैन। उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले गरे पनि परिवारको कमी सधैँ महसुस हुन्छ। जन्मदिने आमा र जन्मथलोलाई सबैभन्दा धेरै याद गर्छन् उनीहरु। 
_x000D_
_x000D_ आफ्नै परिवार र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु चाडपर्वमा पनि खिन्न मन बनाएर आश्रममै बस्छन्। विगत तीन वर्षदेखि बुटवलको बाल कल्याण गृहमा रहेका रुकुमका १० वर्षीय बालक विजय परियारलाई तिहारको महत्व छैन । परिवारबिनाको चाड विजयलाई रमाइलो लाग्दैन । 
_x000D_
_x000D_ “तिहारमा कति धेरै पटका पट्काउँथें, रमाइलो हुन्थ्यो यहाँ त त्यति रमाइलो लाग्दैन”, परियारले दुखेसो पोखे। आमाबुबाले छोडेर हिँडेपछि हजुरआमाको रेखदेखमा हुर्किएका जीवनको हजुरआमा मृत्युपछि जीवन सहज भएन। आमाबाबु कहाँ गए, बजै पनि मरिन् अनि एउटा अङ्कलले आश्रममा ल्याएर छाडे”, उनी भन्छन्, “मलाई रुकुम जान कति मन लाग्छ तर कसैले लग्दैन।” 
_x000D_
_x000D_ परियारजस्तै नवलपरासी बडेराकी छ वर्षीय मनु मुसहर पनि चाडमा आफन्तलाई धेरै याद गर्छिन्। पाँच दिदी र एक दाजुकी कान्छी बहिनी भएर पनि बालगृहमा बस्नुपर्दा उनको मन नरमाइलो छ। सानो छँदा आमाबुबाले छोडेर गएपछि नौ वर्षीय दिदी मनिषा मुसहरसहित बालगृहमा बस्न थालेकी मनुले चाडपर्वमा परिवारको धेरै याद गर्छिन्। 
_x000D_
_x000D_ मनुकी दिदी मनिषा भन्छिन्, “यहाँ खान बस्न त राम्रो छ तर मनुले घर जान मन गर्छिन्। कहिलेकाहीँ रोएर जिद्धि गर्छिन्, दाजु र दिदीले पनि घर लैजान खोज्नुहुन्न। तिहारमा पटका पड्काउन र दियो बाल्न मनुलाई धेरै मन पर्छ। 
_x000D_
_x000D_ नवलपरासी सुनवलकी १५ बर्षीया बबिता थापाको मन पनि चाड आउँदा खिन्न हुन्छ। सानैमा बाबु मरेपछि रोजगारीका लागि कतार गएकी आमाको कुनै खबर नभएपछि छिमेकीको सहायतामा बालगृहमा रहेकी बबिताले चाड आउँदा आमा र आफन्तलाई धेरै याद गर्छिन्। 
_x000D_
_x000D_ सानै उमेरमा बाबु गुमाएकी र आमाको पनि कुनै खबर नआउँदा बबितालाई नरमाइलो लाग्छ। “आश्रममा बसेपछि भनेजस्तो कहाँ हुन्छर धन्न खान बस्न पाइएको छ । यो नै ठूलो कुरा हो, आँशु झार्दै थापा भन्छिन्, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ।” 
_x000D_
_x000D_ अनाथ बालबालिकाका लागि आश्रमले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको व्यवस्था गरेको छ। उनीहरुलाइ आश्रमप्रति कुनै गुनासो छैन तर चाडपर्वको समयमा आफन्तसँगै हुन पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ। 
_x000D_
_x000D_ “बालबालिकालाई आफन्तको कमी महसुस नहोस् भनेर धेरै कोसिस गर्छौं, बाल कल्याण गृहका प्रमुख कमला ज्ञवालीले भनिन्, “चाडपर्वमा विशेष खानपान र रमाइलोको व्यवस्था गर्छौं।” तेइसजना बालबालिका रहेको यो बालगृहमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका रहेको बालगृहका प्रमुख ज्ञवालीले जानकारी दिइन्नु। उनीहरुलाई बुटवलको बुटवल मावि र जितेश्वरी माविमा अध्ययन गर्ने व्यवस्था बालगृहले मिलाएको छ। 
_x000D_
_x000D_ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा जिल्ला बाल कल्याण समितिमा सूचीकृत भएका आठ वटा अनाथ आश्रम सञ्चालनमा छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्