• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्भीक वकिल, जसले पञ्चायतकालमा पनि प्रजातन्त्रका लागि वकालत गरे

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०६:३८
1140x725

काठमाडौं– नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षको उमेरमा बुधबार निधन भएको छ। श्रेष्ठ निर्भीक कानुन व्यवसायीको रुपमा परिचित थिए। एक कानुन व्यवसायीको रुपमा सफल उनले न्यायाधीश र अन्य सरकारी पद सधैं अस्वीकार गरे। 

_x000D_ _x000D_

न्याय परिषदको सदस्य र सर्वोच्च अदालतको न्यायाधीशसमेत अस्विसकार गरेर उनले वकालतबाटै आफूलाई स्थापित गराएका थिए। उनी लामो समयदेखि श्वासप्रश्वासको समस्याले ग्रसित थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले बताए। 

_x000D_ _x000D_

चर्चित दुई मुद्दा 
_x000D_ श्रेष्ठले वकालतकालमा धेरै बन्दीका मुद्दाहरुमा पञ्चायतविरुद्ध बहस गरे। देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

_x000D_ _x000D_

पञ्चायतकालमा वकालत सुरू गरेका उनले विभिन्न राजबन्दीहरूका मुद्दा लडेका थिए। त्यसमध्ये कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालासहित अन्य बन्दीको मुद्दा एक थियो। 

_x000D_ _x000D_

निर्वासनमा रहेका कोइराला स्वदेश फर्केपछि सरकारले उनलाई पक्राउ गरी ज्यान मुद्दा लगायत विभिन्न ८ वटा मुद्दा लगाएको थियो। वरिष्ठ अधिवक्ता श्रेष्ठले बिपीको कानुन व्यवसायीका रूपमा अदालतमा बहस गरेका थिए।

_x000D_ _x000D_

फाँसीको सजायबाट बचाउन सकेनन् 
_x000D_ श्रेष्ठले बहस गरेमध्ये उनलाई जीवनभर खल्लो लागेको मुद्दा पञ्चायतकालमा प्रजातन्त्रका लागि लडेका दुई राजबन्दीहरुको मुद्दा थियो। विराटनगर बम काण्डमा राजबन्दी भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापाको मुद्दामा अदालतले फाँसीको सजाय सुनाएको थियो। 

_x000D_ _x000D_
_x000D_

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए।

_x000D_
_x000D_ _x000D_

श्रेष्ठ दुई बन्दीहरुका लागि धनकुटामा रहेको पूर्वाञ्चल अदालतदेखि सर्वोच्चसम्म आफै बहसमा पुगेका थिए। सुनुवाइ क्रममा उनले सेनाको बर्दीसहित इजलासमा बहस नहुने भन्दै उतार्न लगाएर मुद्दा अघि बढ्न दिएका थिए। तर अदालतले उनीहरुलाई सफाइ भने दिएन। उनीहरु हतियार निर्माणदेखि सैनिक तालिम सञ्चालन गर्ने व्यक्ति भन्दै फाँसीको सजाय सुनाएको थियो। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

२०३० चैत ३ मा विराटनगरस्थित राजा त्रिभुवनको सालिकमा बम हानेको आरोपमा दायर मुद्दामा वासुदेव शर्मा र झपटसिंह रावलको इजलासले मृत्युदण्डको फैसला गरेको थियो। राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गरेको भन्दै पञ्चायती कानुनको राजकाज अपराध र सजाय ऐन तथा राजगद्दी ऐनविपरीत कार्य गरेको भन्दै २०३३ फागुन ६ गते उनीहरुमाथि मृत्युदण्डको फैसला सुनाइयो। सोही आदेशअनुसार २०३५ माघ २६ गते श्रेष्ठलाई कोसी किनारमा र थापालाई कमला नदी किनारमा फाँसीमा चढाइ गोली हानिएको थियो।

_x000D_ _x000D_

जीवनको अन्तिम समयसम्म पनि उनले त्यसलाई आफ्नो मनमा पीडाको रुपमा लिएका थिए। उक्त फैसला गर्ने न्यायाधीशले उनीसँग कुनै समय आफ्नो ठूलो भुल भएको भनी पश्चात्ताप गरेका थिए। तर मरेका मानिस फिर्ता नहुने भन्दै उनले गलत फैसलापछि पश्चात्तापको अर्थ नहुने जवाफ दिएका थिए।

_x000D_ _x000D_

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए। 

_x000D_ _x000D_

श्रेष्ठले लडेको दोस्रो मुद्दा मनमोहन अधिकारीको संसद विघटन सम्बन्धी थियो। उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट लडेका थिए। अधिकारीको संसद् विघटनले संविधानलाई समाप्त गर्ने र कार्यकारी हाबी हुने उनको तर्क थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित बहुमत न्यायाधीश त्यसमा सहमत हुँदा मनमोहन अधिकारीको संसद विघटन उल्ट्याउने फैसला सर्वोच्चले गरेको थियो। 

_x000D_ _x000D_
_x000D_

बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

_x000D_
_x000D_ _x000D_

अंग्रेजीका धुरन्धर 
_x000D_ श्रेष्ठसँगै कानुनी वकालत गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी आज पनि उनलाई अंग्रेजीका धुरन्धर वकिलको रुपमा सम्झन्छन्। उक्त समयमा कम मात्र कानुन व्यवसायी श्रेष्ठ बराबरको भएको उनको सम्झना छ। उनको त्यो खुबीका कारण न्यायलयमा वैदेशिक सहयोग सुरुवात भएको भण्डारी सम्झन्छन्।

_x000D_ _x000D_

बारलाई समेत उनले अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन सफल भएका थिए। श्रेष्ठले नै नेपाल बारलाई नर्वेजियन बारसँग सम्झौता गराई असहायहरुलाई कानुन सहायता दिने अभियान सुरु गराए।

_x000D_ _x000D_

महँगा र स्मार्ट कानुन व्यवसायी 
_x000D_ श्रेष्ठ सधैं 'कानुन व्यवसायी भनेको विद्यानको उपमा पाएकाले आफूलाई त्यही अनुरुप देखाउनुपर्ने' तर्क गर्दथे। सधैं टाईसुट लगाएर वकिल स्मार्ट देखिनुपर्ने उनको भनाइ थियो। श्रेष्ठ सहज पहुँचमा भएका कानुन व्यवसायी थिएनन्। महँगा कानुन व्यवसायीको रुपमा श्रेष्ठले आफ्नो परिचय बनाएका थिए। बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

_x000D_ _x000D_
_x000D_

देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

_x000D_
_x000D_ _x000D_

उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि भएका थिए। नलाई निडर र सक्षम कानुन व्यवसायीका रूपमा चिनिन्छ। उनी पञ्चायतकालीन अवस्थामा पनि सत्तासँग पौंठेजोरी खेल्दै आफ्नो कानुन व्यवसायलाई कायम राखेका थिए।

_x000D_ _x000D_

बार स्तब्ध 
_x000D_ कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले उनको निधनबाट आफू स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। 

_x000D_ _x000D_

‘लक्ष्मीपूजाका दिन प्रात:कालमा उनको स्वर्गारोहण भएको खबरबाट नेपाल बार एसोसिएसन स्तब्ध भएको छ,’ बारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नेपालको कानुन व्यवसायको कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्रका रूपमा स्मरण गर्न चाहन्छौं।’ पार्थिव शरीर हामीमाझ नरहे पनि आफ्नो अमूल्य योगदानमार्फत उनी सधैँ हाम्रामाझ रहनुहुनेछ, उनीप्रति श्रद्धाञ्जली।’

_x000D_ _x000D_

श्रेष्ठलाई श्रद्धाञ्जली दिन बिहीबार दिउँसो २ देखि ४ बजेसम्म बार एसोसिएसनको केन्द्रीय कार्यलयमा उनको शव राखिनेछ। आजै साँझ ५ बजे उनको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बारका पूर्वमहासचिव सुनिल पोखरेलले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्