• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्भीक वकिल, जसले पञ्चायतकालमा पनि प्रजातन्त्रका लागि वकालत गरे

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०६:३८
1140x725

काठमाडौं– नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षको उमेरमा बुधबार निधन भएको छ। श्रेष्ठ निर्भीक कानुन व्यवसायीको रुपमा परिचित थिए। एक कानुन व्यवसायीको रुपमा सफल उनले न्यायाधीश र अन्य सरकारी पद सधैं अस्वीकार गरे। 

_x000D_ _x000D_

न्याय परिषदको सदस्य र सर्वोच्च अदालतको न्यायाधीशसमेत अस्विसकार गरेर उनले वकालतबाटै आफूलाई स्थापित गराएका थिए। उनी लामो समयदेखि श्वासप्रश्वासको समस्याले ग्रसित थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले बताए। 

_x000D_ _x000D_

चर्चित दुई मुद्दा 
_x000D_ श्रेष्ठले वकालतकालमा धेरै बन्दीका मुद्दाहरुमा पञ्चायतविरुद्ध बहस गरे। देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

_x000D_ _x000D_

पञ्चायतकालमा वकालत सुरू गरेका उनले विभिन्न राजबन्दीहरूका मुद्दा लडेका थिए। त्यसमध्ये कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालासहित अन्य बन्दीको मुद्दा एक थियो। 

_x000D_ _x000D_

निर्वासनमा रहेका कोइराला स्वदेश फर्केपछि सरकारले उनलाई पक्राउ गरी ज्यान मुद्दा लगायत विभिन्न ८ वटा मुद्दा लगाएको थियो। वरिष्ठ अधिवक्ता श्रेष्ठले बिपीको कानुन व्यवसायीका रूपमा अदालतमा बहस गरेका थिए।

_x000D_ _x000D_

फाँसीको सजायबाट बचाउन सकेनन् 
_x000D_ श्रेष्ठले बहस गरेमध्ये उनलाई जीवनभर खल्लो लागेको मुद्दा पञ्चायतकालमा प्रजातन्त्रका लागि लडेका दुई राजबन्दीहरुको मुद्दा थियो। विराटनगर बम काण्डमा राजबन्दी भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापाको मुद्दामा अदालतले फाँसीको सजाय सुनाएको थियो। 

_x000D_ _x000D_
_x000D_

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए।

_x000D_
_x000D_ _x000D_

श्रेष्ठ दुई बन्दीहरुका लागि धनकुटामा रहेको पूर्वाञ्चल अदालतदेखि सर्वोच्चसम्म आफै बहसमा पुगेका थिए। सुनुवाइ क्रममा उनले सेनाको बर्दीसहित इजलासमा बहस नहुने भन्दै उतार्न लगाएर मुद्दा अघि बढ्न दिएका थिए। तर अदालतले उनीहरुलाई सफाइ भने दिएन। उनीहरु हतियार निर्माणदेखि सैनिक तालिम सञ्चालन गर्ने व्यक्ति भन्दै फाँसीको सजाय सुनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२०३० चैत ३ मा विराटनगरस्थित राजा त्रिभुवनको सालिकमा बम हानेको आरोपमा दायर मुद्दामा वासुदेव शर्मा र झपटसिंह रावलको इजलासले मृत्युदण्डको फैसला गरेको थियो। राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गरेको भन्दै पञ्चायती कानुनको राजकाज अपराध र सजाय ऐन तथा राजगद्दी ऐनविपरीत कार्य गरेको भन्दै २०३३ फागुन ६ गते उनीहरुमाथि मृत्युदण्डको फैसला सुनाइयो। सोही आदेशअनुसार २०३५ माघ २६ गते श्रेष्ठलाई कोसी किनारमा र थापालाई कमला नदी किनारमा फाँसीमा चढाइ गोली हानिएको थियो।

_x000D_ _x000D_

जीवनको अन्तिम समयसम्म पनि उनले त्यसलाई आफ्नो मनमा पीडाको रुपमा लिएका थिए। उक्त फैसला गर्ने न्यायाधीशले उनीसँग कुनै समय आफ्नो ठूलो भुल भएको भनी पश्चात्ताप गरेका थिए। तर मरेका मानिस फिर्ता नहुने भन्दै उनले गलत फैसलापछि पश्चात्तापको अर्थ नहुने जवाफ दिएका थिए।

_x000D_ _x000D_

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए। 

_x000D_ _x000D_

श्रेष्ठले लडेको दोस्रो मुद्दा मनमोहन अधिकारीको संसद विघटन सम्बन्धी थियो। उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट लडेका थिए। अधिकारीको संसद् विघटनले संविधानलाई समाप्त गर्ने र कार्यकारी हाबी हुने उनको तर्क थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित बहुमत न्यायाधीश त्यसमा सहमत हुँदा मनमोहन अधिकारीको संसद विघटन उल्ट्याउने फैसला सर्वोच्चले गरेको थियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_
_x000D_

बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

_x000D_
_x000D_ _x000D_

अंग्रेजीका धुरन्धर 
_x000D_ श्रेष्ठसँगै कानुनी वकालत गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी आज पनि उनलाई अंग्रेजीका धुरन्धर वकिलको रुपमा सम्झन्छन्। उक्त समयमा कम मात्र कानुन व्यवसायी श्रेष्ठ बराबरको भएको उनको सम्झना छ। उनको त्यो खुबीका कारण न्यायलयमा वैदेशिक सहयोग सुरुवात भएको भण्डारी सम्झन्छन्।

_x000D_ _x000D_

बारलाई समेत उनले अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन सफल भएका थिए। श्रेष्ठले नै नेपाल बारलाई नर्वेजियन बारसँग सम्झौता गराई असहायहरुलाई कानुन सहायता दिने अभियान सुरु गराए।

_x000D_ _x000D_

महँगा र स्मार्ट कानुन व्यवसायी 
_x000D_ श्रेष्ठ सधैं 'कानुन व्यवसायी भनेको विद्यानको उपमा पाएकाले आफूलाई त्यही अनुरुप देखाउनुपर्ने' तर्क गर्दथे। सधैं टाईसुट लगाएर वकिल स्मार्ट देखिनुपर्ने उनको भनाइ थियो। श्रेष्ठ सहज पहुँचमा भएका कानुन व्यवसायी थिएनन्। महँगा कानुन व्यवसायीको रुपमा श्रेष्ठले आफ्नो परिचय बनाएका थिए। बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

_x000D_ _x000D_
_x000D_

देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

_x000D_
_x000D_ _x000D_

उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि भएका थिए। नलाई निडर र सक्षम कानुन व्यवसायीका रूपमा चिनिन्छ। उनी पञ्चायतकालीन अवस्थामा पनि सत्तासँग पौंठेजोरी खेल्दै आफ्नो कानुन व्यवसायलाई कायम राखेका थिए।

_x000D_ _x000D_

बार स्तब्ध 
_x000D_ कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले उनको निधनबाट आफू स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। 

_x000D_ _x000D_

‘लक्ष्मीपूजाका दिन प्रात:कालमा उनको स्वर्गारोहण भएको खबरबाट नेपाल बार एसोसिएसन स्तब्ध भएको छ,’ बारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नेपालको कानुन व्यवसायको कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्रका रूपमा स्मरण गर्न चाहन्छौं।’ पार्थिव शरीर हामीमाझ नरहे पनि आफ्नो अमूल्य योगदानमार्फत उनी सधैँ हाम्रामाझ रहनुहुनेछ, उनीप्रति श्रद्धाञ्जली।’

_x000D_ _x000D_

श्रेष्ठलाई श्रद्धाञ्जली दिन बिहीबार दिउँसो २ देखि ४ बजेसम्म बार एसोसिएसनको केन्द्रीय कार्यलयमा उनको शव राखिनेछ। आजै साँझ ५ बजे उनको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बारका पूर्वमहासचिव सुनिल पोखरेलले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्