• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

घुर्की गाउँस्थित एक परिवारको दारुण चित्र : चाडपर्व आउँदा न काम पाइन्छ न खान

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०५:२६
1140x725

इटहरी– इटहरी चोकको ३ किलोमिरभित्र पर्छ घुर्की गाउँ। विकसित र व्यस्थित सहर निर्माण अभियानमा छ इटहरी। सो गाउँ पनि व्यवस्थित सहर बन्ने तरखरमा देखिन्छ। जसको फलस्वरूप भित्री बाटाहरू पिच गरिएका छन्। सडकबत्ती जडान भएको छ। प्राय: सबैका घरमा खानेपानीको पाइप पुगेको छ। 

_x000D_ _x000D_

तिहारको पूर्वसन्ध्यामा सबैका घरमा झिलिमिली बत्ती बलिरहेका छन्। तिहारको रौनकले पूरै बजार रङ्गीन देखिन्छ। गाउँतिर पनि तिहार भित्रिइसकेको छ। मिठो मसिनो खाने र रमाइलो गर्ने योजना हरेक घरमा बनिरहेको छ। 

_x000D_ _x000D_

सोही गाउँको एकातिर छ, लालचन ऋषिदेवको छाप्रो। उनको छाप्रोमा भने न दसैँ नै आयो न तिहार आउनेवाला छ। अरूकोमा भन्दा बढी त उनकोमा जाडो आएको छ। 

_x000D_ _x000D_

इटहरी उपमहानगरभित्रको विकसित वडा मानिएको वडा नं ८ मा बस्छन् लालचन। तिहारको आगमनमा वरिपरिका घर सिँगारिएका छन्। उनी भने माटो किन्ने पैसा नभएको कारण घर लिप्न नसकेको सुनाउँछन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

बाहिर बसेरै भित्रसम्म देख्न सकिने पारदर्शी छाप्रो। अरूको भन्दा फरक आँगन छ उनको। सामान्यतः कालो देख्नेबित्तिकै कालोपत्रे जस्तो देखिन्छ। 'माटो महँगो पर्ने भएकाले खरानीले आँगन पुरेको हो। बर्खामा बारम्बार डुबान भएपछि १२ सयको खरानी किनेर आँगन पुर्नुपर्‍यो,' उनी सुनाउँछन्।

_x000D_ _x000D_

भर्खर २५ वर्ष पुगेको बताउने उनी ४० का जस्ता देखिन्छन्। दुई वर्षअगाडि कुष्ठरोगले च्यापेपछि उनी घरमै थलिएर बसेका छन्। साइडमा काम गर्दागर्दै कुष्ठरोग निस्केपछि गीता ऋषिदेवको भरमा परिवार चलिरहेको छ। गाह्रो काम गर्दा घाउबाट पानी बग्ने भएकोले गीताकै कमाइमा निर्भर छन् लालचन। उनको हातका औंला पाक्न थालेका छन्। खुट्टाको कुर्कुच्चामा आएको घाउले उनलाई हिँडडुल गर्न असहज बनाएको छ।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

इटहरीमा औषधी नपाएपछि विराटनगर पुगेर औषधी ल्याउनुपर्ने बाध्यतामा छन् उनी। 

_x000D_ _x000D_

मागीविवाह भए पनि उनीहरू बीचमा गहिरो प्रेम देखिन्छ। खानलाउन पुग्ने परिवारमा हुर्किएकी गीता लालचनको भरपर्दो सारथि बनेकी छिन्।

_x000D_ _x000D_

गीतालाई आफ्नो उमेरसमेत थाहा छैन। लालचनका अनुसार उनी २३ वर्ष पुगिन्। २ छोरा र १ छोरीकी आमा उनले साइडमा ढुङ्गा गिट्टी बोकेरै उनले ५ जनाको परिवार पालिरहेकी छिन्। दसैँ लागेर काम ठप्प भएकोले केही दिन समस्या परेको उनी सुनाउँछिन्। ‘अहिले तिहार लागिरहेको छ। त्यसैले सबै काम ठप्प छ,’ उनी भन्छिन्, ‘चाडपर्व आएपछि काम पाइँदैन अनि भोकै बस्नुपर्छ बरु हाम्रो लागि त अरू दिन नै राम्रो।’ 

_x000D_ _x000D_

हरेक बुधबार पाइने हप्तावारी पैसाले घर चलाउँदै आएकी गीता केही दिनेदेखि समस्यामा छिन्। हप्ता पाउने नभएपछि तिहार कहिले बित्ला जतिकै भएको छ उनलाई। बाँकी दिनमा कसैले घरको काम गर्न बोलाए भने जाने गरेको उनको भनाइ छ। ‘हप्ताको १५ किलो चामल लाग्छ,’ उनी भन्छिन् , ‘चामल किनेर बाँकी रहेको पैसाबाट सागसब्जी, दाउरा, मट्टितेल ल्याउँछु।’

Xtrem

Xtrem
_x000D_ _x000D_

घरअगाडि नै बिजुलीको लाइन पुगेको छ। सबैका घरमा बत्ती बल्छ। बिजुलीको पोल राति झिलिमिली हुन्थ्यो। तर, अहिले बत्ती बिग्रिएर उनको घरसम्म आउने उज्यालोको स्रोत बन्द भएको छ। केही महिना अगाडि उनले पनि हुकले तानेर बत्ती बालेका थिए। तर बिजुली अफिसले बत्ती काटिदियो र दुई वर्ष बिजुली बाल्न नपाउने गरी प्रतिबन्ध लगायो। पोलको बिग्रिएपछि उनी टुकीकै भरमा छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

एउटा उदीयमान सहरभित्र अझै पनि टुकी बल्नु आफैमा आश्चर्यको कुरा हो। तर उनको यो प्रक्रिया अझै दुई वर्ष चलिरहने देखिन्छ। यसको दोष उनी आफैलाई दिन्छन्। ‘यदि म गरिब नभएको भए यस्तो हुन्थेन होला,’ उनी भन्छन्।  

_x000D_ _x000D_

गाउँभरिमा उनीहरुमात्रै यस्ता छन्, जो अरूकै घरको पानी प्रयोग गर्छन्। उनीहरूसँग आफ्नो पानीको स्रोत छैन। नगरपालिकाले वितरण गर्ने पानी जोड्न सक्ने अवस्था छैन। दैनिक गुजारा नै सकस भइरहेको बेला आफ्नै कल गाड्नु त कल्पनाबाहिरकै कुरा।

_x000D_ _x000D_

जेठानले दिएको ४ धुर ऐलानी जग्गामा लालचनले छाप्रो हालेका छन्। साइडमा काम गर्दा भेटिएको चुहिने जस्तापाता ल्याएर छानो छाएका छन्। घर बनाउने बास किन्न ऋण गरेको पैसा तिर्न नसकेर ७ दिन काम गरेको उनी सुनाउँछन्। उनी आफ्नोभन्दा पनि छोराछोरीको भविष्यप्रति बढी चिन्तित देखिन्छन्। ‘राम्ररी पढाउन नसक्दा, स्कुल ड्रेस लगायत कापी कलम किन्दिन नसक्दा धेरै दु:ख लाग्छ,’ उनको मलिन आवाज सुनिन्छ।

_x000D_ _x000D_

दुई हजारमा किनेको पुरानो साइकलमा साइडको काममा जान्थिन् गीता। तर केही दिनदेखि साइकलको चेन बिग्रिएर बनाउने पैसा नभएपछि साइकलले विश्राम पाएको छ। 

_x000D_ _x000D_

गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनेहरू धेरै आए उनको छाप्रोमा। धर्म परिवर्तन गर्दा रोग निको हुने भन्दै आएको गीता सुनाउँछिन्। लालचनलाई त्यो कुरा ठिकै लागेको थियो। तर गीताले मानिनन्। खाने बस्नेदेखि छोराछोरीको विवाह सम्मको व्यवस्था गरिदिने 'अफर' आएको तर आफूले नमानेको उनी बताउँछिन्। 

_x000D_ _x000D_

सबैको घरमा मिष्टान्न पकाउने तयारी भइरहेको बेला उनी चाँडै चाडपर्व सकियोस् भन्ने कामना गरिरहेकी छिन्। धर्मले हिन्दु नै भए पनि वर्गले गरिब बनाएपछि हरेक चाडपर्व उनको वैरी बन्ने गरेका छन्। 

_x000D_ _x000D_

यसपालि उनको छाप्रोमा दु:ख मात्र देखियो। अर्को वर्षको तिहारमा गीताको घरमा दीपावली होला कl नहोला? एक वर्ष कुर्नुपर्नेछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्