• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

धेरै मान्छेले नबुझीकन चिनेको र थोरैले बुझेर चिनेको ठूला मान्छे लाग्छन्, देवकोटा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  १५:५०
1140x725

धेरै मान्छेले नबुझीकन चिनेको र थोरैले बुझेर चिनेको ठूला मान्छे लाग्छन्, देवकोटा। प्रतिभाको दृष्टिकोणबाट हेर्दा पोखरीमा राखिएको ह्वेल माछा हुन् उनी। हाम्रो जुन नेपाली भाषा र परिदृश्य छ, उनका लागि यो पोखरी सानो भइदियो। उनी विश्वस्तरका लेखक, स्वप्नदर्शी र ठूला कल्पनाशील मानिस हुन्। ह्वेलमाछा भएकैले उनलाई फैलन मन लाग्थ्यो समुद्रसम्म। तर हामी भूपरिवेष्टित पर्‍यौं। उनी त सबै समुद्र चहार्न चाहन्थे। 

_x000D_ _x000D_

अंग्रेजी भाषा विश्वको सबै कुना छोएर गुड्ने रेल जस्तो रहेछ। अंग्रेजीमा कुनै कुरा हाल्नु भनेको त्यो विश्वभर पुग्नु हो। हामीलाई आफ्नो नेपाली भाषा प्यारो छ तर ठूलो स्वरले चिच्यायो उत्तरतिर पहाडले फर्काउँछ, दक्षिणतिर फर्केर चिच्यायो संस्कृतिले फर्काउँछ। त्यहाँभन्दा टाढा त पुग्न सक्दैन। 

_x000D_ _x000D_

उनलाई निकै कम पढिएको छ। नेपालमा धेरै पढिएको मुनामदन र लक्ष्मी निबन्धसंग्रह मात्रै हुन्। उनका अरु महाकाव्यहरुमाथि अध्ययन भएकै छैन।

_x000D_ _x000D_

उनको जुन विश्वचेत, कल्पनाशीलता र भाषाको वैशिष्ट्य थियो, त्यो बेलाको नेपालमा बिक्न गाह्रो थियो। नेपालमा ग्रहण गर्न सक्ने अवस्था नै थिएन। त्रिचन्द्र कलेज थियो, त्यहाँका विद्यार्थीबाट जति विस्तार हुन्छ त्यहाँबाहेक फैलने आशै थिएन। उनले के विचार गरे होला भने, आम मानिसको कथालाई मानिसकै भाषामा भन्दा के फरक पर्ला र! हुन सक्छ, त्यही सोचेर उनले लोकलयमा मुनामदन लेखे। झ्याउरे लय समाते कति विशिष्ट तरिकाले लेखेका छन्। कुनै लोकलयमा यति महान् काव्य लेखिनु त विश्वमै दुर्लभ हो। 

_x000D_ _x000D_

चलेर आएको छन्दमा ठूलो प्रयोग गर्दा अरु आएका होलान्, परम्परागत कलालाई प्रयोग गरे विशिष्टता दिन सके होलान्। तर कला नै नयाँ प्रयोग गरेर यसरी पुरानो समय र साधारण मानिसको जीवन पक्रेर महान् कविता दिन सक्नु साधारण कुरै होइन।

_x000D_ _x000D_

उनीभन्दा पछाडि पनि त कसैले गर्न सकेका छैनन्। अहिले पनि कैयौं लोकलय यत्तिकै छन् तर हामीले खोइ दिन सक्यौं र! 

_x000D_ _x000D_

गद्यको विशिष्टता
_x000D_ देवकोटाको पालामा आएर जसरी गद्य लेखनको प्रयोग भयो, त्यसपछाडि मात्रै नेपाली गद्यले उचाइ लिन थालेको हो। देवकोटाको पालासम्म आइपुग्दा नेपाली निबन्धको स्तरै थिएन। जब उनको हातमा पर्‍यो, विश्वस्तरका निबन्ध सिर्जना हुन थाले। उनकै प्रेरणाबाट शंकर लामिछाने, हृदयचन्द्रसिंह प्रधान, कृष्णचनद्रसिंह प्रधानहरु आए। कवि, महाकवि मात्र होइन देवकोटा उनलाई महान् गद्यकारका रुपमा पनि सम्मान गरिनुपर्छ।

_x000D_ _x000D_

आफ्नो समयभन्दा कैयौंपछिसम्म सोच्न सक्ने क्षमता थियो उनमा। त्यही समयमा अंग्रेजी भाषाका पारंगत, जातजातिमा विभेद हुनुहुन्न भन्ने अनि मान्छे जातले होइन दिलले ठूलो हुन्छ भन्ने सोचका थिए उनी। ग्रिसेलीदेखि पूर्वीय वाङ्मयलाई अरु कसैले त्यो स्तरमा प्रयोग गर्नै सकेको छैन, उनले त्यसबेला नै विशिष्ट तवरले प्रयोग गरे।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कतिपयलाई देवकोटा थाहा छैन, मुनामदन थाहा छ। कतिलाई मुनामदन थाहा छैन देवकोटा थाहा छ। कुनकुन नेपाली किताब पढ्नुभएको छ भनेर सोध्ने हो भने 'खासै पढेको छैन' भन्छन् तर महान् साहित्यकारको रुपमा लक्ष्मीप्रसाद देवकोटाको नाम लिन्छन्। कृति नै नपढीकन पनि उनलाई ठूलो सम्मान दिनेहरु भेटिन्छन्, एउटा देउताजस्तो बनाएर राखेका छन्। कुनै संस्कृतिमा देउता छैन भने पनि टाउको निहुराएर हिँड्छन् नि, त्यस्तैगरी।

_x000D_ _x000D_

उनको महाकाव्य बुझ्ने मानिसहरु नै धेरै कम छन्, हामीलाई पनि धेरै कष्ट हुन्छ। तर उनको कल्पनाशीलता हेर्दा कल्पानाको सारा आकाश उनीभित्रै पो थियो कि जस्तो पनि लाग्छ। ज्यादै फैलन सक्थे उनी। एउटा भाषालाई लिएर हामी निश्चित दुरीसम्म जान सकौंला तर उनको कल्पनाको रेन्ज यति परसम्म जान्छ कि, 'के नेपाल सानो छ' निबन्ध नै हेरौं न। नेपालभन्दा हजारौं गुना धेरै कल्पना गरिएको छ। मलाई लाग्छ, कसैले आजसम्म नेपालबारे यति विशाल कल्पना गर्न सकेको छैन।
_x000D_  
_x000D_ राष्ट्रिय गौरवगान त शेक्सपियरले गरेका छन्, टैगोर र मिल्टनले पनि गरेका छन् नि।
_x000D_  
_x000D_ सन् २००८ मा म साउथ एसियन युथ पोएट कन्फरेन्समा सहभागी हुन भारत गएको थिएँ। त्यो बेला यता नेपालमा सालिक तोड्ने क्रम थियो। देवकोटा पनि त्यो घानमा परे। महान् मानिसको सालिक ढालेर सांस्कृतिक आन्दोलन हुने त होइन भनेर मलाई बिझाइरहेको थियो। अमेरिकामा वाल्ट ह्विटम्यानको सालिक ढाल्नु, बेलायतमा मिल्टनको, शेक्सपियरको या इन्डियामा टैगोरको सालिक ढाल्नु र  नेपालमा देवकोटा, भानुभक्तको ढाल्नु त एउटै कुरो हो। साहित्यिक र सांस्कृतिक सन्दर्भ कसरी हुन सक्छ? यो त प्रतिसांस्कृतिक कुरा हो।

_x000D_ _x000D_

सम्मेलनको अन्तिम दिन रेभेन्स्व विश्वविद्यालयमा समापन समारोह थियो। भारतका विख्यात कवि जयन्त महापात्र प्रमुख अतिथिका रुपमा आएका थिए। उनले देवकोटाको कविता 'प्रभुजी मलाई भेडो बनाऊ'लाई उद्धरण गरेर अंग्रेजीमा प्रवचन सुरु गरे। मेरो जिउमा त एकाएक सररर रौं ठाडा भए। यता हुँदा टिभी र पत्रपत्रिकामा सालिक ढालेको देखिरहेको थिएँ, अन्तर्राष्ट्रिय सम्मेलनमा उनैलाई कोट गरेर स्पिच भइरहेको छ! मलाई लाग्यो, देवकोटाको सालिक कसैले ढाल्न सक्दैन अब। उनी सबैको हृदयमा बसे, उनको जमिन कसैले भत्काउन सक्दैन। 
_x000D_  
_x000D_ नि:सन्देह मानवतावादी
_x000D_ जुनसुकै विधामा हात हाले पनि कला र जीवन्त कल्पना पक्षको बेजोड संगम भयो भने त्यहाँ मात्र विशिष्ट साहित्य सिर्जना हुने रहेछ। यो हामी देवकोटाबाट सिक्न सक्छौं। उनका प्राय: कृतिमा मानवीय पक्ष निकै बलियो छ। साहित्यको मुटु त मानवतावाद नै हो। अब आउने सारा युगले लिने प्रेरणा पनि यही हो।

_x000D_ _x000D_

रोमान्टिक मात्रै लेखेर पनि नहोला। हामी क्रिटिकल हुनुपर्छ। समाज कम्प्लेक्स छ, जीवन कम्प्लेक्स छ र, यहाँ त हाम्रो सरकार पनि कम्प्लेक्स भइदियो। अलिकति आक्रामक हुनु र समयानुसार नयाँ भाषामा बोल्न खोज्नु गलत होइन। तर त्यसको मर्म मानवतावादमा छ भनेर बुझियो भने साहित्यको केन्द्रमा मानवतावाद रहन्छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

साहित्यलाई वादको घोडा बनाउनेहरुले उनलाई विविध कोणले आलेचना नगरेका होइनन्। साहित्य स्वतन्त्रतापूर्वक लेखिने चिज हो। जब कसैमा निजी स्रोत नभई अह्राएको कुरो लेखियो वा सिद्धान्तमा अडेस लागियो भने त्यहाँ दलको कार्यकर्ता भइन्छ, साहित्यकार भइन्न। कम्युनिस्ट खेमामा लाग्नेहरुले देवकोटामा मार्क्सिज्म खोजिहिँड्नु अनि कांग्रेसतिर ढल्किएकाहरुले देवकोटाको लेखनमा कताकता कम्युनिस्ट गन्ध आउँदो रहेछ भनेर खोज्नुको तुक छैन; जसले देवकोटालाई यसरी हेर्न खोज्छ ती स्वतन्त्र विवेकको मृत्यु भइसकेका मानिसहरु हुन्।

_x000D_ _x000D_

सारा वादहरुबाट स्वतन्त्र हुनुपर्छ साहित्य। त्यसो हुँदा सबै वादको आलोचना गर्न वा सबैको पक्षमा लेख्न उसलाई गाह्रो हुन्न। 

_x000D_ _x000D_

साहित्यकारले त विचार पनि स्वतन्त्र भएर दिनुपर्छ। त्यस्तो मानिसबाट मात्र मानवतावादी साहित्यको आशा गर्न सकिन्छ, महाकवि देवकोटा निःसन्देह महान् मानवतावादी कवि हुन्।

_x000D_ _x000D_

सबैतिर छरिनु कमजोरी
_x000D_ सबै विधामा कलम चलाउनु चाहिँ उनको कमजोरी हो। खण्डकाव्य, महाकाव्यमा निपुण थिए, निसन्देह उनी विश्वस्तरका निबन्धकार हुन्। तर उनले कथामा पनि हात हाले, नाटकमा हात हाले। उपन्यास पनि लेखे। कथा त धाराप्रवाह लेखिदिन्थे, पेन्सिलको टुक्रोले। यसले खट्न सक्ने मेहनती प्रतिभा देखाए पनि उनको कथाकार व्यक्तित्व बाहिर आउन सकेन। कमजोरी कहाँनेर भयो भन्दा, त्यति महान् महाकाव्य र निबन्ध लेख्नेले कथा, नाटकमा हात हाल्नुको सट्टा कविता र निबन्धमै समय दिएको भए नेपाली साहित्यले अरु महान् कृति पाउने थियो।

_x000D_ _x000D_

(फणीन्द्र संगमसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्