काठमाडाैं–तिहारको देस्रो र तेस्रो दिन असन बजारमा रङ व्यापारीहरू रङ बेच्नमा व्यस्त छन्। लक्ष्मीपूजामा लक्ष्मी भित्र्याउन सर्वसाधरणले फरक रङको मिश्रणबाट विभिन्न डिजाइनका रंगोली बनाउने प्रचलन छ।
_x000D_
_x000D_
लैनचौरकी सृष्टि थापा असनमा रङ किन्न पुगेकी छन्। रंगोली बनाएर लक्ष्मीको स्वागत गर्न आफू रङ किन्न असन धाएको उनी बताउँछिन्।
_x000D_
_x000D_
यसैगरी लक्ष्मी पूजाको लागि सर्वसाधरणले घरको मूल ढोकामा बनाउने रंगोलीका लागि चाहिने रङ बेच्नमा ब्यस्त छन् अरुण साह। उनले सात प्रकारका रङलाई दश भाग लगाएर खुला रङ पसल थापेका छन्।
_x000D_
_x000D_
भारतको विहार घर भएका साहले विगत १० वर्षदेखि रङको व्यापार गर्दै आइरहेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनी आफ्नो व्यवसायबाट सन्तुष्ट देखिन्छन्। तर, अघिल्लो वर्षको तुलनामा व्यापार कम भएको उनको अनुमान छ।
_x000D_
_x000D_
यद्यपि, तिहारमा कम व्यापार भएपनि होलीमा रङको व्यापार राम्रो हुने उनको विश्वास छ।
_x000D_
_x000D_
साहजस्तै रङ बेच्नमा ब्यस्त देखिन्छन् सञ्जय कुमार गुप्ता।
_x000D_
_x000D_
उनी रातो, पहंलो, हरियो, सुन्तला रङ, बैगुनी, सेतो र निलो रङको दश भाग लगाएर पसलमा बसेका छन्।
_x000D_
_x000D_
गुप्ता असनलाई व्यापारको प्रमुख केन्द्र मान्छन्। रौतहट घर भएका उनी विगत ६ वषैदेखि रङको व्यापारमा भिज्दै आएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनी रु. १० देखि १ सय ५० सम्मको मूल्य बराबरका रङ बिक्री गर्छन्।
_x000D_
_x000D_
गुप्ता यसअघि रौतहटमा पनि रङ व्यावसाय गर्थे। तर,काठमाडौं असनमा आएर व्यापार थालेपछि भने निकै अन्तर रहेको उनको अनुभव छ।
_x000D_
_x000D_
‘रौतहटमा भन्दा असनमा निकै राम्रो व्यापार हुने रहेछ,’गुप्ताल भने।
_x000D_
_x000D_
गुप्ता र साह जस्तै अम्मर कुमार दास पनि रङ बेच्नमै व्यस्त देखिन्छन्। विहार घर भएका दास पूर्ण रुपमा नेपाली बोल्न जान्दैनन्।
_x000D_
_x000D_
अरुको भन्दा उनको व्यापार कमै देख्न सकिन्थ्यो। उनी ग्राहकको प्रतीक्षामा थिए। उमेरले १७ वर्षका उनी नेपाली भाषा बोल्न नआए पनि व्यापार गर्न भने छाड्दैनन्।
_x000D_
_x000D_
उनले रङको व्यापार करिब ३ वर्ष अघि देखि गर्दै आएको बताउँछन्। दास तिहार बाहेक अन्य समयमा पनि रङका व्यापार गर्छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनी तिहारमा कम भएको व्यापारको साँवा होलीमा उठाउन चाहन्छन्। होलीमा सोचेअनुरुप व्यापार हुनेमा उनी पनि विश्वस्त देखिन्छन्।
_x000D_
_x000D_
दासका अनुसार उनी विहारमा रङको व्यापार गर्थे विगत ३ वषैदेखि भने उनको व्यापार असनको व्यस्त बजारमा सुचारु छ।
_x000D_
_x000D_
तिहारमा रंगोलीको प्रचलन छिमेकी मुलुक भारतबाट सुरु भएको पाइन्छ। तर, पछिल्लो समय यसको प्रचलन नेपालमा पनि विकसित हुँदै गएको छ।
_x000D_
_x000D_
संस्कृतिविद् तुलसी दिवसकाअनुसार लक्ष्मी पूजाको दिन जसरी पाहुनालाई स्वागत गरिन्छ, त्यसरी नै विभिन्न डिजाइनका रंगोली बनाइ दियोको प्रकाशले उज्यालो छर्दै लक्ष्मीलाई भित्र्याउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।