• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

भाजपा सरकार विश्वविद्यालय ध्वस्त बनाउन चाहन्छ : प्रा‍ कान्चा इलैया सेफर्ड [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०१:१५
1140x725

एजेन्सी-  दिल्ली विश्वविद्यालयले स्नातकोत्तरको राजनीतिशास्त्र विषयको पाठ्यक्रमबाट लेखक तथा विचारक कान्चा इलैया सेफर्डको पुस्तक हटाउने प्रस्ताव गरेको छ। हिन्दू धर्म विरोधी भएकाले उनका पुस्तक हटाउने प्रस्ताव गरिएको हो। यस विषयमा प्रतिक्रिया दिँदै सेफर्ड भन्छन्, विश्वविद्यालयमा अलग–अलग विचारहरू पढाइनु पर्छ, त्यसको चर्चा हुनुपर्छ। विश्वविद्यालयमा सयौँ विचारहरुमाथि बहस हुनुपर्छ। विश्वविद्यालय कुनै धार्मिक संस्था होइन, जहाँ एकै किसिमका विचार मात्रै पढाइयोस्।

_x000D_ _x000D_

लामो समयदेखि विश्वविद्यालयको पाठ्यक्रममा उनको पुस्तक समावेश थियो। शिक्षण पाठ्यक्रम सम्बन्धी निर्णय लिने विश्वविद्यालयको ‘स्टेरिङक कमिटी’को बैठकले सेफर्डको पुस्तक हटाउने प्रस्ताव गरेको हो।

_x000D_ _x000D_

बैठकले स्नातकोत्तरमा पढाई हुने कैयौं पाठ्यक्रमका विषयमा छलफल भएको थियो। ‘‘ह्वाई आएम नट हिन्दु’, ‘गड इज पोलिटिकल फिलोसफर’, र ‘पोस्ट हिन्दु इन्डिया’ नामक पुस्तक हटाउने निर्णय गरेका छौं। यी पुस्तकहरुले हिन्दू धर्मको अपमान गर्छ। विद्यार्थीलाई यो पुस्तक पढाउन हुँदैन भन्ने हामीलाई लाग्छ,’ उनले भने। 

_x000D_ _x000D_

पोस्ट हिन्दू इन्डियाको एक लेखमा आर्य–वैश्य–व्यापारी समुदायलाई ‘सोसल स्मगलर’ भनिएको छ। तेलुगुमा अनुवाद भएपछि सेफर्डलाई जिउँदै मार्ने धम्कीका साथै आक्रमण गर्ने प्रयास पनि भएको थियो। यिनै विषयमा मीनाक्षी तिवारीले ‘द वायर’का लागि सेफर्डसँग गरेको कुराकानीको सम्पादित अंश–

_x000D_ _x000D_

पछिल्लो १० वर्षमा तपाईंको पुस्तक दिल्ली विश्वविद्यालयमा पढाई भइरहेको थियो। सो पुस्तकलाई एमएको पाठ्क्रमबाट हटाउने निर्णय भएको छ। यस विषयमा तपाईको प्रतिक्रया के छ?

_x000D_ _x000D_

मेरा पुस्तकलाई पाठ्यक्रमबाट पहिले पनि हटाउने प्रयास भएको थियो। यो दुर्भाग्यपूर्ण छ, यो गैर-शौक्षणिक विषय हो। मेरा पुस्तक तथ्याङकमा आधारित नभएको आरोप विरोधीहरुले लगाउँदै आएका छन्। मेरा पुस्तकको विरोध गर्नेले मेरो पुस्तक पढ्नु त परै जाओस्, देखेका पनि छैनन्।

_x000D_ _x000D_

'गड इज पोलिटिकल फिलोसफर' मेरो पीएचडीको थेसिस हो। यसमा धेरै सन्दर्भहरु छन्। यो इसापूर्वको छैटौं शताब्दीतिर गौतम बुद्धका पालाको राजनीतिक विचारधारासँग सम्बन्धित पुस्तक हो।

_x000D_ _x000D_

मेरो विचारलाई गौतम बुद्धको राजनीतिक विचार हो भन्न म सक्दिन। तर यो पुस्तकले गौतम बुद्धलाई प्लेटो, अरस्तू, कौटिल्य र मनुभन्दा पनि गम्भीर राजनीतिक चिन्तकका रुपमा स्थापित गर्ने प्रयास गर्छ। देशलाई बलियो बनाउने विषयमा आज पनि बुद्धका विचारको महत्वपूर्ण भूमिका छ। मानिसहरु न यसलाई पढ्छन् न त बुझ्ने प्रयास गर्छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

पाठ्यक्रम स्टेरिङ समितिका एक सदस्यले तपाईको पुस्तकले हिन्दू धर्मको अपमान गरेको छ भन्छन् नि?

_x000D_ _x000D_

यो हिन्दू धर्मसँग सम्बन्धित पुस्तक नै होइन। ‘गड इज पोलिटिकल फिलोसफर’मा  हिन्दू धर्मको विषय समावेश नै छैन। पुस्तकको प्रसंग हिन्दू धर्मभन्दा अघिको हो। बुद्धको राजनीतिक विचारले हिन्दू धर्मलाई कसरी अपमान गर्छ?

_x000D_ _x000D_

'ह्वाई आई एम् नट अ हिन्दु' क्लासिक पुस्तकको रुपमा चिनिन्छ। १९९६ मा यो पुस्तकको प्रकाशन भएपछि देश-विदेशका कैयौं विश्वविद्यालमा अध्यापन गराइँदै आएको छ। दलित संस्कृति ब्राह्मण संस्कृतिभन्दा कसरी फरक छ भन्ने कुरा यो पुस्तकको मुख्य विषयवस्तु हो। दलित,  पिछडिएका र शुद्र हिन्दू हुन् कि होइनन्? के यो कुरा ती प्राध्यापकलाई थाहा छ?

_x000D_ _x000D_

यदि मैले उनीहरुको खानपान, संस्कृति, उत्पादन प्रणाली, श्रमसम्बन्धी अवधारणाका विषयमा लेख्दा हिन्दू धर्मको अपमान कसरी भयो? यदि त्यसो हो भने त उनीहरु ब्राह्मण र बनियाँ मात्रै हिन्दू हुन् भन्ने सोच्दा रहेछन्। अब प्रश्न यो उठ्छ कि को हिन्दू हो, को होइन, हिन्दु धर्म के हो, यो विषयमा चर्चा हुनुपर्छ।

_x000D_ _x000D_

विवादित भनिएको तेस्रो किताब पोस्ट हिन्दू इण्डिया हो। यसमा आदिवासी, दलित र शूद्रले ज्ञानका विषयमा के सोच्छन्, उनीहरुको उत्पादनको साधन के हो, सिन्धु घाँटी सभ्यताको समयदेखि वर्तमान समयसम्म उनीहरुका सभ्यताका विषयमा सविस्तारमा खोज गरिएको छ। यसमा उनीहरुको खाद्यान्न, उत्पादन, दूध र मासुमा आधारित अर्थव्यवस्थाका विषय उल्लेख छन्। यसका साथै आदिवासीका खाना जम्मा गर्ने तरिका र शिकार गर्ने तरिका र उनीहरुको सभ्यताको विषयमा लेखिएको छ।

_x000D_ _x000D_

भारतको विज्ञान र प्रविधिमा योगदान गरेका उनीहरु महान् होइनन् भने महान् चाँहि को हुन् त? मैले यो पुस्तक लेख्नुभन्दा पहिला १० वर्ष खोजी गरेको गरेको छु। उनीहरुको विषयमा पढने र अनुसन्धानको काम गरेको छु भने यो एक प्रतिष्ठित अमेरिकी प्रकाशन गृहबाट प्रकाशन भएको छ। मेरो १० वर्षको मेहनेतलाई कसैले खारेज गर्न पाउँदैन।

_x000D_ _x000D_

जुन प्राध्यापकलाई मेरो पुस्तकप्रति आपत्ति छ उनीहरुका न कुनै राम्रा पुस्तक प्रकाशन भएका छन्, न  त कुनै राम्रो प्रकाशन गृहबाट प्रकाशन भएको छ। यदि उनीहरुको कुनै राम्रो पुस्तक प्रकाशन भएको छ भने त्यो कुन हो? के उनीहरु कुनै महत्वपूर्ण पुस्तकको लेखक हुन्? मलाई त उनीहरुले कुनै पुस्तक लेखेको जस्तो पनि लाग्दैन। पुस्तक नै नलेखेकालाई राम्रो पुस्तक के हो भन्ने कुरा कसरी थाहा हुन्छ?

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यही विरोध गर्नेहरुको माग छ कि बीडी सावरकर र गोलबलकरको पुस्तक विश्वविद्यालयमा पढाउनु पर्छ। के यी पुस्तकहरु सान्दर्भिक र तथ्याङ्कमा आधारित छन्?

_x000D_ _x000D_

खासमा यो भाजपा र मानव संसाधन तथा विकास मन्त्रालयको एजेन्डाको एक हिस्सा मात्र हो। उनीहरुको मान्यता छ कि विश्वविद्यालयमा एउटै विचारधारा प्रवाह गर्ने पुस्तकहरु नै अध्यापन होउन्।

_x000D_ _x000D_

मेरो पुस्तक सान्दर्भिक र तथ्याङ्कमा आधारित छैनन् भने सावरकरको हिन्दुत्व सम्बन्धी पुस्तक र गोलवलकरको 'बन्च अफ थ्रस्ट' पुस्तक चाँहि कसरी तथ्यांकमा आधारित छ त? के सावरकरको पुस्तक पीएचडी थेसिस् हो? के ती पुस्तकमा सन्दर्भ समाग्री छन्? के गोलवलकरको पुस्तकमा कुनै फुट नोट छ? यी पुस्तक पाठ्क्रममा हुनुपर्छ भनेर तपाई कसरी सोच्न सक्नुहन्छ?

_x000D_ _x000D_

तपाईलाई कुनै अापत्ति छैन?

_x000D_ _x000D_

ठीक छ, तपाई यो पुस्तकलाई पाठ्क्रमको हिस्सा बनाउन चाहनुहुन्न भने पनि मलाई कुनै आपत्ति छैन। तर वर्षैं लगाएर लेखेको प्रमाणिक पुस्तकलाई अपमानजनक छ भनेर कसरी भन्न सक्नुहुन्छ? अपमानजनक भनेको के हो? एकेडेमिक हिसाबमा अपमानजनक भन्दा कुनै खराब कुरा नै हुँदैन। हामी अर्कासँग विवाद गर्ने राजनीतिक दलका नेता हौं र?

_x000D_ _x000D_

मानव संसाधन तथा विकास मन्त्रालयले सबै विश्वविद्यालयका पाठ्क्रमलाई एक आयामिक बनाउन लागेको छ। उनीहरु वेद पठाउन चहान्छन्, वैदिक समयका रामायण, महाभारत पढाउन चहान्छन्। अबका बच्चाले पनि त्यस बेलाकै कुरा मात्र पढुन् भन्ने तपाईं चाहनुहुन्छ? राजनीतिक विचार बुझ्न रामायण-महाभारतको शिक्षा मात्रै प्रयाप्त हो? कि अरु विषय पनि अध्ययन गर्नुपर्दछ? के तपाईले बताएका विचारकहरु बुद्धसँग तुलना हुन सक्छन्? अब यी सबै कुरामा बहस हुन जरुरी छ।

_x000D_ _x000D_

प्राचीन भारतीय राजनीतिक विचार पढ्ने तरिका के हो? बुद्ध एक राजनीतिक विचारक हुन् या होइनन्? प्लेटो र अरस्तुभन्दा बुद्ध धेरै ठूला विचारक थिए भन्ने पहिलो मान्छे सम्भवतः म नै हुँ। मानव संसाधन तथा विकास मन्त्रालयका लागि यो भन्दा आपत्तिजनक अरु के होला? बुद्ध भारतवर्षका होइनन्? के कौटिल्य र मनु बद्धभन्दा धेरै विचारवान् थिए? यो सबै बुझ्न उनीहरुलाई मेरो पुस्तक पढ्न आवश्यक छ। भाजपा सरकार सबै विश्वविद्यालयलाई ध्वस्त बनाउन चाहन्छ। कसैले केही सृजना नगरुन् भन्ने उसको विचार छ, जुन कुराको म विरोधी हो।

_x000D_ _x000D_

उनीहरु भन्छन् ‘दलित’ शब्दको प्रयोग गर्नुहुँदैन। तर त्यही दलित शब्द प्रयोग गर्न उनीहरु मेरो पुस्तक हटाउन चाहन्छन्। अम्बडेकरको पुस्तकलाई पनि प्रतिबन्ध लगाउनु पर्छ भन्ने दिन पनि नआउला भन्न सकिन्न। किनभने उनको पुस्तकमा पनि दलित शब्दको प्रयोग भएको छ। एक दलित विचारका रुपमा अम्बडेकरमाथि थुप्रै पुस्तक लेखिएको छ। दलित शब्दको प्रयोग नै नहोस् भन्ने तपाईको आशय हो र?

_x000D_ _x000D_

एकेडेमिक काउन्सिलमा सामेल एक प्रोफेसर भन्छन् तपाईको पुस्तकमा कुनै कन्टेन्ट र तत्व नै छैन रे नि?

_x000D_ _x000D_

यदि मेरो पुस्तकमा कुनै कन्टेन्ट नै थिएन भने यतिका वर्षसम्म मेरो पुस्तक किन पाठ्क्रममा समावेश गरियो? शिक्षक, शौक्षिक समिति र विभागीय कमिटीमा विभागाध्यक्ष स्तरका मानिसहरु छन्। उनीहरु आफैं पनि राजनीतिकशास्त्र अध्यापन गर्छन्। उनीहरु सबै पुस्तकको कन्टेन्ट पढ्छन्। दिल्ली विश्वविद्यालय त आफ्नो शौक्षिक गुणस्तरका लागि विख्यात छ। यदि मेरो पुस्तकमा कुनै तत्व नै थिएन भने उनीहरुले यतिका वर्षसम्म मेरो पुस्तक किन पढाए?

_x000D_ _x000D_

यसमा पढ्न लायक तत्व नै छैन भन्ने प्रध्यापकले के मेरो पुस्तक पढेका छन्? विद्यार्थीलाई यही विषयमा परीक्षा पनि लिइयो, के अब सबै किताब पढाउने र पढ्ने मुर्ख थिए भन्न मिल्छ? कोही प्रध्यापक यस विषयमा गम्भीर छन् भने मेरो पुस्तक सम्बन्धी कुनै प्रतिष्ठित जर्नलमा समीक्षा प्रकाशित गरुन्। त्यसपछि उनीहरुको विचार माथि म जवाफ दिन्छु।

_x000D_ _x000D_

के विश्वविद्यालयका प्रशासनले तपाईसँग सम्पर्क गरेका छन्?
_x000D_ छैन। सामान्यतया पाठ्क्रममा पुस्तक समावेश हुने बेला कुनै कुरा हुँदैन किनभने उक्त सार्वजनिक भइसकेको हुन्छ। के पढाउने भन्ने विषयमा निर्णय गर्ने उनीहरुको एकेडेमिक स्वतन्त्रता हो। तर उनीहरु जुन पुस्तकसँग सम्बन्धित नै छैनन्, त्यो पुस्तक शैक्षिक पाठ्क्रमबाट हटाउनु भनेको गैर-शौक्षणिक हो। यो घातक हुन्छ।

_x000D_ _x000D_

विश्वविद्यालय भनेको विभिन्न विचार पढाउने ठाउँ हो। यहाँ विभिन्न विचारका विषयमा बहस हुनुपर्छ। विश्वविद्यालय कुनै धार्मिक संस्था होइन जहाँ एक प्रकारको विचारको मात्र प्रवाह होस्।

_x000D_ _x000D_

मानव संसाधन तथा विकास मन्त्रालयले दिल्ली विश्वविद्यालय र अन्य विश्वविद्यालयले यस प्रकारको गैर-शैक्षणिक गतिविधिलाई अनुमति दिनुहुँदैन। म शिक्षा क्षेत्रसँग सम्बन्धित सबै मानिसलाई यस प्रकारको प्रवृत्तिविरुद्ध लाग्न र एकेडेमिक स्वतन्त्रता बचाउन अपिल गर्छु।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो
आज १७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
आज १७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक बुधबार, कात्तिक १९, २०८२
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्