• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

भाजपा सरकार विश्वविद्यालय ध्वस्त बनाउन चाहन्छ : प्रा‍ कान्चा इलैया सेफर्ड [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०१:१५
1140x725

एजेन्सी-  दिल्ली विश्वविद्यालयले स्नातकोत्तरको राजनीतिशास्त्र विषयको पाठ्यक्रमबाट लेखक तथा विचारक कान्चा इलैया सेफर्डको पुस्तक हटाउने प्रस्ताव गरेको छ। हिन्दू धर्म विरोधी भएकाले उनका पुस्तक हटाउने प्रस्ताव गरिएको हो। यस विषयमा प्रतिक्रिया दिँदै सेफर्ड भन्छन्, विश्वविद्यालयमा अलग–अलग विचारहरू पढाइनु पर्छ, त्यसको चर्चा हुनुपर्छ। विश्वविद्यालयमा सयौँ विचारहरुमाथि बहस हुनुपर्छ। विश्वविद्यालय कुनै धार्मिक संस्था होइन, जहाँ एकै किसिमका विचार मात्रै पढाइयोस्।

_x000D_ _x000D_

लामो समयदेखि विश्वविद्यालयको पाठ्यक्रममा उनको पुस्तक समावेश थियो। शिक्षण पाठ्यक्रम सम्बन्धी निर्णय लिने विश्वविद्यालयको ‘स्टेरिङक कमिटी’को बैठकले सेफर्डको पुस्तक हटाउने प्रस्ताव गरेको हो।

_x000D_ _x000D_

बैठकले स्नातकोत्तरमा पढाई हुने कैयौं पाठ्यक्रमका विषयमा छलफल भएको थियो। ‘‘ह्वाई आएम नट हिन्दु’, ‘गड इज पोलिटिकल फिलोसफर’, र ‘पोस्ट हिन्दु इन्डिया’ नामक पुस्तक हटाउने निर्णय गरेका छौं। यी पुस्तकहरुले हिन्दू धर्मको अपमान गर्छ। विद्यार्थीलाई यो पुस्तक पढाउन हुँदैन भन्ने हामीलाई लाग्छ,’ उनले भने। 

_x000D_ _x000D_

पोस्ट हिन्दू इन्डियाको एक लेखमा आर्य–वैश्य–व्यापारी समुदायलाई ‘सोसल स्मगलर’ भनिएको छ। तेलुगुमा अनुवाद भएपछि सेफर्डलाई जिउँदै मार्ने धम्कीका साथै आक्रमण गर्ने प्रयास पनि भएको थियो। यिनै विषयमा मीनाक्षी तिवारीले ‘द वायर’का लागि सेफर्डसँग गरेको कुराकानीको सम्पादित अंश–

_x000D_ _x000D_

पछिल्लो १० वर्षमा तपाईंको पुस्तक दिल्ली विश्वविद्यालयमा पढाई भइरहेको थियो। सो पुस्तकलाई एमएको पाठ्क्रमबाट हटाउने निर्णय भएको छ। यस विषयमा तपाईको प्रतिक्रया के छ?

_x000D_ _x000D_

मेरा पुस्तकलाई पाठ्यक्रमबाट पहिले पनि हटाउने प्रयास भएको थियो। यो दुर्भाग्यपूर्ण छ, यो गैर-शौक्षणिक विषय हो। मेरा पुस्तक तथ्याङकमा आधारित नभएको आरोप विरोधीहरुले लगाउँदै आएका छन्। मेरा पुस्तकको विरोध गर्नेले मेरो पुस्तक पढ्नु त परै जाओस्, देखेका पनि छैनन्।

_x000D_ _x000D_

'गड इज पोलिटिकल फिलोसफर' मेरो पीएचडीको थेसिस हो। यसमा धेरै सन्दर्भहरु छन्। यो इसापूर्वको छैटौं शताब्दीतिर गौतम बुद्धका पालाको राजनीतिक विचारधारासँग सम्बन्धित पुस्तक हो।

_x000D_ _x000D_

मेरो विचारलाई गौतम बुद्धको राजनीतिक विचार हो भन्न म सक्दिन। तर यो पुस्तकले गौतम बुद्धलाई प्लेटो, अरस्तू, कौटिल्य र मनुभन्दा पनि गम्भीर राजनीतिक चिन्तकका रुपमा स्थापित गर्ने प्रयास गर्छ। देशलाई बलियो बनाउने विषयमा आज पनि बुद्धका विचारको महत्वपूर्ण भूमिका छ। मानिसहरु न यसलाई पढ्छन् न त बुझ्ने प्रयास गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पाठ्यक्रम स्टेरिङ समितिका एक सदस्यले तपाईको पुस्तकले हिन्दू धर्मको अपमान गरेको छ भन्छन् नि?

_x000D_ _x000D_

यो हिन्दू धर्मसँग सम्बन्धित पुस्तक नै होइन। ‘गड इज पोलिटिकल फिलोसफर’मा  हिन्दू धर्मको विषय समावेश नै छैन। पुस्तकको प्रसंग हिन्दू धर्मभन्दा अघिको हो। बुद्धको राजनीतिक विचारले हिन्दू धर्मलाई कसरी अपमान गर्छ?

_x000D_ _x000D_

'ह्वाई आई एम् नट अ हिन्दु' क्लासिक पुस्तकको रुपमा चिनिन्छ। १९९६ मा यो पुस्तकको प्रकाशन भएपछि देश-विदेशका कैयौं विश्वविद्यालमा अध्यापन गराइँदै आएको छ। दलित संस्कृति ब्राह्मण संस्कृतिभन्दा कसरी फरक छ भन्ने कुरा यो पुस्तकको मुख्य विषयवस्तु हो। दलित,  पिछडिएका र शुद्र हिन्दू हुन् कि होइनन्? के यो कुरा ती प्राध्यापकलाई थाहा छ?

_x000D_ _x000D_

यदि मैले उनीहरुको खानपान, संस्कृति, उत्पादन प्रणाली, श्रमसम्बन्धी अवधारणाका विषयमा लेख्दा हिन्दू धर्मको अपमान कसरी भयो? यदि त्यसो हो भने त उनीहरु ब्राह्मण र बनियाँ मात्रै हिन्दू हुन् भन्ने सोच्दा रहेछन्। अब प्रश्न यो उठ्छ कि को हिन्दू हो, को होइन, हिन्दु धर्म के हो, यो विषयमा चर्चा हुनुपर्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

विवादित भनिएको तेस्रो किताब पोस्ट हिन्दू इण्डिया हो। यसमा आदिवासी, दलित र शूद्रले ज्ञानका विषयमा के सोच्छन्, उनीहरुको उत्पादनको साधन के हो, सिन्धु घाँटी सभ्यताको समयदेखि वर्तमान समयसम्म उनीहरुका सभ्यताका विषयमा सविस्तारमा खोज गरिएको छ। यसमा उनीहरुको खाद्यान्न, उत्पादन, दूध र मासुमा आधारित अर्थव्यवस्थाका विषय उल्लेख छन्। यसका साथै आदिवासीका खाना जम्मा गर्ने तरिका र शिकार गर्ने तरिका र उनीहरुको सभ्यताको विषयमा लेखिएको छ।

_x000D_ _x000D_

भारतको विज्ञान र प्रविधिमा योगदान गरेका उनीहरु महान् होइनन् भने महान् चाँहि को हुन् त? मैले यो पुस्तक लेख्नुभन्दा पहिला १० वर्ष खोजी गरेको गरेको छु। उनीहरुको विषयमा पढने र अनुसन्धानको काम गरेको छु भने यो एक प्रतिष्ठित अमेरिकी प्रकाशन गृहबाट प्रकाशन भएको छ। मेरो १० वर्षको मेहनेतलाई कसैले खारेज गर्न पाउँदैन।

_x000D_ _x000D_

जुन प्राध्यापकलाई मेरो पुस्तकप्रति आपत्ति छ उनीहरुका न कुनै राम्रा पुस्तक प्रकाशन भएका छन्, न  त कुनै राम्रो प्रकाशन गृहबाट प्रकाशन भएको छ। यदि उनीहरुको कुनै राम्रो पुस्तक प्रकाशन भएको छ भने त्यो कुन हो? के उनीहरु कुनै महत्वपूर्ण पुस्तकको लेखक हुन्? मलाई त उनीहरुले कुनै पुस्तक लेखेको जस्तो पनि लाग्दैन। पुस्तक नै नलेखेकालाई राम्रो पुस्तक के हो भन्ने कुरा कसरी थाहा हुन्छ?

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यही विरोध गर्नेहरुको माग छ कि बीडी सावरकर र गोलबलकरको पुस्तक विश्वविद्यालयमा पढाउनु पर्छ। के यी पुस्तकहरु सान्दर्भिक र तथ्याङ्कमा आधारित छन्?

_x000D_ _x000D_

खासमा यो भाजपा र मानव संसाधन तथा विकास मन्त्रालयको एजेन्डाको एक हिस्सा मात्र हो। उनीहरुको मान्यता छ कि विश्वविद्यालयमा एउटै विचारधारा प्रवाह गर्ने पुस्तकहरु नै अध्यापन होउन्।

_x000D_ _x000D_

मेरो पुस्तक सान्दर्भिक र तथ्याङ्कमा आधारित छैनन् भने सावरकरको हिन्दुत्व सम्बन्धी पुस्तक र गोलवलकरको 'बन्च अफ थ्रस्ट' पुस्तक चाँहि कसरी तथ्यांकमा आधारित छ त? के सावरकरको पुस्तक पीएचडी थेसिस् हो? के ती पुस्तकमा सन्दर्भ समाग्री छन्? के गोलवलकरको पुस्तकमा कुनै फुट नोट छ? यी पुस्तक पाठ्क्रममा हुनुपर्छ भनेर तपाई कसरी सोच्न सक्नुहन्छ?

_x000D_ _x000D_

तपाईलाई कुनै अापत्ति छैन?

_x000D_ _x000D_

ठीक छ, तपाई यो पुस्तकलाई पाठ्क्रमको हिस्सा बनाउन चाहनुहुन्न भने पनि मलाई कुनै आपत्ति छैन। तर वर्षैं लगाएर लेखेको प्रमाणिक पुस्तकलाई अपमानजनक छ भनेर कसरी भन्न सक्नुहुन्छ? अपमानजनक भनेको के हो? एकेडेमिक हिसाबमा अपमानजनक भन्दा कुनै खराब कुरा नै हुँदैन। हामी अर्कासँग विवाद गर्ने राजनीतिक दलका नेता हौं र?

_x000D_ _x000D_

मानव संसाधन तथा विकास मन्त्रालयले सबै विश्वविद्यालयका पाठ्क्रमलाई एक आयामिक बनाउन लागेको छ। उनीहरु वेद पठाउन चहान्छन्, वैदिक समयका रामायण, महाभारत पढाउन चहान्छन्। अबका बच्चाले पनि त्यस बेलाकै कुरा मात्र पढुन् भन्ने तपाईं चाहनुहुन्छ? राजनीतिक विचार बुझ्न रामायण-महाभारतको शिक्षा मात्रै प्रयाप्त हो? कि अरु विषय पनि अध्ययन गर्नुपर्दछ? के तपाईले बताएका विचारकहरु बुद्धसँग तुलना हुन सक्छन्? अब यी सबै कुरामा बहस हुन जरुरी छ।

_x000D_ _x000D_

प्राचीन भारतीय राजनीतिक विचार पढ्ने तरिका के हो? बुद्ध एक राजनीतिक विचारक हुन् या होइनन्? प्लेटो र अरस्तुभन्दा बुद्ध धेरै ठूला विचारक थिए भन्ने पहिलो मान्छे सम्भवतः म नै हुँ। मानव संसाधन तथा विकास मन्त्रालयका लागि यो भन्दा आपत्तिजनक अरु के होला? बुद्ध भारतवर्षका होइनन्? के कौटिल्य र मनु बद्धभन्दा धेरै विचारवान् थिए? यो सबै बुझ्न उनीहरुलाई मेरो पुस्तक पढ्न आवश्यक छ। भाजपा सरकार सबै विश्वविद्यालयलाई ध्वस्त बनाउन चाहन्छ। कसैले केही सृजना नगरुन् भन्ने उसको विचार छ, जुन कुराको म विरोधी हो।

_x000D_ _x000D_

उनीहरु भन्छन् ‘दलित’ शब्दको प्रयोग गर्नुहुँदैन। तर त्यही दलित शब्द प्रयोग गर्न उनीहरु मेरो पुस्तक हटाउन चाहन्छन्। अम्बडेकरको पुस्तकलाई पनि प्रतिबन्ध लगाउनु पर्छ भन्ने दिन पनि नआउला भन्न सकिन्न। किनभने उनको पुस्तकमा पनि दलित शब्दको प्रयोग भएको छ। एक दलित विचारका रुपमा अम्बडेकरमाथि थुप्रै पुस्तक लेखिएको छ। दलित शब्दको प्रयोग नै नहोस् भन्ने तपाईको आशय हो र?

_x000D_ _x000D_

एकेडेमिक काउन्सिलमा सामेल एक प्रोफेसर भन्छन् तपाईको पुस्तकमा कुनै कन्टेन्ट र तत्व नै छैन रे नि?

_x000D_ _x000D_

यदि मेरो पुस्तकमा कुनै कन्टेन्ट नै थिएन भने यतिका वर्षसम्म मेरो पुस्तक किन पाठ्क्रममा समावेश गरियो? शिक्षक, शौक्षिक समिति र विभागीय कमिटीमा विभागाध्यक्ष स्तरका मानिसहरु छन्। उनीहरु आफैं पनि राजनीतिकशास्त्र अध्यापन गर्छन्। उनीहरु सबै पुस्तकको कन्टेन्ट पढ्छन्। दिल्ली विश्वविद्यालय त आफ्नो शौक्षिक गुणस्तरका लागि विख्यात छ। यदि मेरो पुस्तकमा कुनै तत्व नै थिएन भने उनीहरुले यतिका वर्षसम्म मेरो पुस्तक किन पढाए?

_x000D_ _x000D_

यसमा पढ्न लायक तत्व नै छैन भन्ने प्रध्यापकले के मेरो पुस्तक पढेका छन्? विद्यार्थीलाई यही विषयमा परीक्षा पनि लिइयो, के अब सबै किताब पढाउने र पढ्ने मुर्ख थिए भन्न मिल्छ? कोही प्रध्यापक यस विषयमा गम्भीर छन् भने मेरो पुस्तक सम्बन्धी कुनै प्रतिष्ठित जर्नलमा समीक्षा प्रकाशित गरुन्। त्यसपछि उनीहरुको विचार माथि म जवाफ दिन्छु।

_x000D_ _x000D_

के विश्वविद्यालयका प्रशासनले तपाईसँग सम्पर्क गरेका छन्?
_x000D_ छैन। सामान्यतया पाठ्क्रममा पुस्तक समावेश हुने बेला कुनै कुरा हुँदैन किनभने उक्त सार्वजनिक भइसकेको हुन्छ। के पढाउने भन्ने विषयमा निर्णय गर्ने उनीहरुको एकेडेमिक स्वतन्त्रता हो। तर उनीहरु जुन पुस्तकसँग सम्बन्धित नै छैनन्, त्यो पुस्तक शैक्षिक पाठ्क्रमबाट हटाउनु भनेको गैर-शौक्षणिक हो। यो घातक हुन्छ।

_x000D_ _x000D_

विश्वविद्यालय भनेको विभिन्न विचार पढाउने ठाउँ हो। यहाँ विभिन्न विचारका विषयमा बहस हुनुपर्छ। विश्वविद्यालय कुनै धार्मिक संस्था होइन जहाँ एक प्रकारको विचारको मात्र प्रवाह होस्।

_x000D_ _x000D_

मानव संसाधन तथा विकास मन्त्रालयले दिल्ली विश्वविद्यालय र अन्य विश्वविद्यालयले यस प्रकारको गैर-शैक्षणिक गतिविधिलाई अनुमति दिनुहुँदैन। म शिक्षा क्षेत्रसँग सम्बन्धित सबै मानिसलाई यस प्रकारको प्रवृत्तिविरुद्ध लाग्न र एकेडेमिक स्वतन्त्रता बचाउन अपिल गर्छु।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्