• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आज कुकुर तिहार : यी हुन् प्रहरीका कुकुरले पत्ता लगाएका जटिल अनुसन्धान

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  ००:३०
1140x725

काठमाडौं– तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार, मंगलबार नेपाल प्रहरीले कुकुरको पूजा गरेर मनाउँदै छ। अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्दै आएका कुकुरलाई पूजा गर्न नेपाल प्रहरीले प्रहरी महानिरीक्षाक सर्वेन्द्र खनालकाे उपस्थितिमा केन्द्रीय डग स्कूल महाराजगञ्जमा एक कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाउन लागेकाे हो। कार्यक्रम दिउँसाे १:४५ बजेका लागि ताेकिएकाे छ।

_x000D_ _x000D_

विसं २०२६ सालदेखि कुकुर पाल्न थालेको नेपाल प्रहरीले कुकुर तिहारको दिन विशेष कार्यक्रम गर्दै कुकुर तिहार मनाउँदै आएको छ।

_x000D_ _x000D_

नेपाल प्रहरीले विसं २०२६ सालबाट कुकुर सेवाको सुरुवात गरेको थियो। त्यसबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरण जानकारी पाएपछि उक्त टे«निङ पश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनी २०२६ सालबाट कुकुर सेवा सुरु गरेको हो। 

_x000D_ _x000D_

पछि नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ। त्यस्तै प्रहरीले तत्कालीन पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको समेत स्थापना गरेको थियो। 

_x000D_ _x000D_

प्रहरीसँग अहिले काठमाडौं, पोखरा, कोहलपुर, हेटौंडा र धरानमा गरी ७८ वटा तालिमप्राप्त कुकुर छन्। 

_x000D_ _x000D_

नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। सुरक्षामा कुकुरको सहयोग लिनु विश्वव्यापी परम्परा नै बनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागूऔषधको परीक्षण गर्ने हाइपर्फरमेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपीटीएलसी) जस्ता प्रविधि छन्। यी बोहक अनुसन्धानमा प्रहरीको अर्को भरपर्दो विधि हो, कुकुर।

_x000D_ _x000D_

_x000D_ _x000D_

आइतबार मध्यराति बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय मोहन खटिकको गोली हानी हत्या भएको थियो। बर्दिया प्रहरीले खटिकको हत्या अनुसन्धानमा नेपालगञ्जबाट कुकुर मगाएर स्नाफिङ गराएको थियो। कुकुरकै सहायताले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताएका छन्। कुकुरको सहायताले अपराधी पत्ता लगाएको यो त एउटा उदाहरण मात्रै हो। प्रहरीले धेरैवटा जटिल केस समेत कुकुरकै सहायताले पत्ता लगाएको छ।

_x000D_ _x000D_

कुकुरले पत्ता लगाएका ठूला अपराधका घटना
_x000D_ –२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका चारजनाको बिभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई। 

Xtrem

Xtrem
_x000D_ _x000D_

हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित चार जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठमा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

_x000D_ _x000D_

–बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो। 

_x000D_ _x000D_

ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

–२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११, बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैले हत्या गरेको स्वीकार गरे। 

_x000D_ _x000D_

–२०५३ साल फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुरा कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।

_x000D_ _x000D_

–३५ वर्षका देवराज न्यौपानेको २०६२ वैशाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्याण्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो। 

_x000D_ _x000D_

काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देबे्र हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ गर्‍यो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

–२०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।

_x000D_ _x000D_

–बर्दियाको साविकको ठाकुरद्वारा गाविस–४ सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको  ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत गर्‍यो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा–४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। बुढाले पनि भुन्टीले संकेत गरे अनुसार नै आफू भागेको स्वीकार गरेका थिए।  

_x000D_ _x000D_

नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागू औषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।

_x000D_ _x000D_

रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारेको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।

_x000D_ _x000D_


_x000D_ यी बाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ। २०७० सालमा पूर्व–अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो। 

_x000D_ _x000D_

२०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर–५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।

_x000D_ _x000D_

प्रहरीसँग चार विधाका ७८ तालिमप्राप्त कुकुर
_x000D_ संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये केही प्रजातिलाई मात्रै अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। ती मध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ७८ वटा कुकुर रहेको डग स्कूलकी एसएसपी देउती गुरुङले बताइन्। 

_x000D_ _x000D_

यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी अनुसन्धानमा लगाउने गरेको छ।
_x000D_  
_x000D_ तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरेको एसएसपी गुरुङले बताइन्। 

_x000D_ _x000D_

ट्रयाकर डगलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ। भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ। 

_x000D_ _x000D_

बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेर हराएकाको खोजी गर्न सर्च एण्ड रेस्क्यू डगको प्रयोग गरिन्छ भने ड्रक्स सर्च डग विधाका कुकुर लागू औषध सम्बन्धी अनुसन्धान गर्न प्रयोग गरिन्छ। 

_x000D_ _x000D_

‘घटनास्थल सुरक्षित राखौं, प्रहरीलाई चाँडै खबर गरौं’
_x000D_ कुनै पनि घटना भएको स्थानमा २४ घण्टाभित्र प्रहरीका तालिमप्राप्त कुकुर पुग्न सके अपराधीलाई पहिचान र पक्राउ गर्न सकिने डग स्कूलका प्रमख एसएसपी देउती गुरूङको भनाइ छ। घटना भएको ठाउँमा कोही पनि व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षित राख्न सकियो भने अपराधी पहिचान गर्न सकिन्छ। 

_x000D_ _x000D_

घटनास्थलमा अन्य व्यक्ति प्रवेश गरिसकेको, घटनास्थल पानीमा भएको, ज्यादै घाम लागेको अवस्थामा घटनास्थलमा छोडिएको गन्ध उडेर जाने भएकाले अपराधी पत्ता लाग्न नसक्ने उनको भनाइ छ।

_x000D_ _x000D_

प्रहरीका कुकुरले घटनास्थलमा छाडिएको सबुत प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘कुनै पनि घटना भएको ठाउँमा केही न केही सबुत छोडिन्छ नै’ एसएसपी गुरुङले भनिन्, ‘हातको औँठा छाप कसैसँग नमिलेजस्तै प्रत्येक मान्छेमा हुने गन्ध फरक हुन्छ। अपराध भएको ठाउँको सबुत प्रमाणमा भएको गन्ध सुँघेर कुकुरले अपराधमा को व्यक्ति संलग्न छ भन्ने कुरा पत्ता लगाउँछ। घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सँुघेर कुकुरले अपराधी पत्ता लगाउँछ।’

_x000D_ _x000D_

अपराध तथा लागू औषध पत्ता लगाउने प्रहरीका तालिमप्राप्त कुकुरको घ्राण शक्ति अन्य कुकुरको बढी हुने भएकाले सुँघेर पत्ता लगाउन सक्ने क्षमता बढी हुन्छ। नेपालमा पाइने स्थानीय भोट जातको कुकुरको सुघ्ने क्षमता (अल फ्याक्ट्री सेल्स) १ सय ५० मिलियन हुन्छ भने जर्मन सेफर्ड, ल्याब्रोडर लगायत प्रहरीसँग भएका तालिमप्राप्त कुकुरमा २ सय २५ देखि ३ सय मिलियनसम्म अल फ्याक्ट्री सेल्स हुन्छ। जसका कारण सुँघेर कुकुरले अपराधी पत्ता लगाउँछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्