• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अमेरिका जाने लोभमा धर्म परिवर्तन गर्छन् भुटानी शरणार्थी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०१:४४
1140x725

मोरङ– मोरङको पथरी शनिश्चरे शिविरकी ७२ वर्षीया भुटानी शरणर्थी जानुका खत्रीका छोरा हाल अमेरिकामा छन्। हिन्दुबाट इसाई (क्रिस्चियन) धर्म परिवर्तन गरी उनका छोरा अमेरिका पुगेका हुन्। तर, अहिले छोराले अमेरिकामा पाएको दुःख सुनेर उनी जीवनभर अमेरिका नजाने सोच बनाएकी छिन्। बरु विदेशी संस्थाले उपलब्ध गराएको मासिक ६ सय ५० रुपैयाँको भरमा जीवन पाल्ने उनी बताउँछिन्।

_x000D_ _x000D_

जानुकाले अमेरिकाप्रति बनाएको धारणा सबै भुटानी शरणार्थीहरुका लागि भने लागू नहुन सक्छ। सोही शिविरका सयौं युवाहरू भने अमेरिका जान पाए हुन्थ्यो भन्ने आशमा छन्। जसका लागि उनीहरु भरमजदुर प्रयास पनि गरिरहेका छन्।

_x000D_ _x000D_

सोही शिविरका दीपक लिम्बु अमेरिका जाने अन्तिम तयारीमा छन्। उनका दाजुभाउजु अमेरिका पुगेको ६ महिना पुरा भयो। उनले नेपाली मूलकी युवतीसँग विवाह गरेका छन्।  दीपकले आफूलगायत सालासालीलाई पनि अमेरिका लैजाने तयारीमा छन्। त्यसैको तयारीस्वरूप हिजोआज उनका सालासाली पनि चर्च धाउन थालेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

क्रिस्चिएन भएपछि अमेरिका जाने पक्का हुने आशासहित धर्म परिवर्तन गरेको दीपक स्विकार्छन्। अमेरिका जान धेरै सङ्घर्ष गर्नुनपर्ने भएकोले धर्म परिवर्तन गरेको उनको भनाइ छ।

_x000D_ _x000D_

उनीजस्तै अहिले धेरै भुटानी युवकले नेपाली युवतीसँग विवाह गरेका छन्। अमेरिका जाने सुन्दर सपना सजाएका छन्। केही युवतीको परिवारले ज्वाइँलाई छोरा बनाएर नागरिकता समेत दिलाइसकेको बताइन्छ। छोरीलाई अमेरिका पुर्‍याउने भएपछि धर्म परिवर्तन गर्ने र नागरिकता दिनेहरूको कमी छैन।

_x000D_ _x000D_

स्कुलमा विद्यार्थीलाई शिक्षकमार्फत नै धर्म परिवर्तन

_x000D_ _x000D_

हाल करिब ३ हजार घर परिवारको बसोबास रहेको उक्त शिविरका बालबालिका स्थानीय स्कुलमा पढ्छन्। तर, स्कुलका शिक्षकमार्फत नै धर्म परिवर्तनको सफल अभ्यास भइरहेकोे छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कक्षा ७ मा अध्ययनरत केशव गौतमले धर्म परिवर्तन गरेको धेरै भएको छैन। उनी पढ्ने विद्यालयका शिक्षक डानियन तामाङ नजिकैको चर्चका पास्चर पनि हुन्। तामाङ आफ्नो कक्षाकोठामा पनि परमेश्वरकै विषयमा कुरा गर्छन्। तामाङले कहिलेकाहीँ परमेरश्वरको बारेमा बुझ्न बाइबल अध्ययन गर्न लगाउने गरेको गौतम बताउँछन्।

_x000D_ _x000D_

‘तिमीहरू सँगैका साथी अमेरिका गइसके, तिमीहरू चाहिँ यतै बस्ने हौ? हैन भने बाबाआमालाई भनेर भोलिदेखि चर्च आउन सुरु गर्नु भन्दै सरले भन्नु हुन्थ्यो।’, गौतमले इसाई धर्म अगाल्नुअघिको दिन सम्झिँदै भने, ‘मेरा धेरै साथीहरू अमेरिका पुगेका छन्, डानियल सरले हामीलाई पनि पठाइदिने भन्नु भएको छ।’

_x000D_ _x000D_

गौतम मात्र होइन उनका साथी सारांश लिम्बु पनि केही दिनयता चर्च जान थालेका छन्। उनीसँगै उनका बाआमा पनि चर्च जान थालेका छन्। सरले धेरै कर गरेपछि आफूले घरमा भनेको उनी बताउँछन्। ‘पापाआमा चर्च नगइन्जेल सरले मलाई सधैँ कराउनु हुन्थ्यो।,’ उनी भन्छन् , ‘सरले गाली गर्न थालेपछि म घरमा रुन थालें, अनी पापाआमा पनि चर्च जान थाल्नुभएको हो।’

_x000D_ _x000D_

धर्म परिवर्तन गरी छोराहरू विदेशीए पनि पथरी शनिश्चरे शिविरमा वृद्ध श्रीमानसँगै बस्दै आएकी छिन् माया राई। धेरैपटक ‘धर्म परिवर्तन गर्नु हामी तपाईँको सम्पूर्ण जिम्मा लिन्छौं’ भन्दै आएको उनी सुनाउँछिन्। तर, आफूले जीवनभर नगरेको काम गरेर शान्ति नमिल्ने उनको विश्वास छ। नेपाली चाडपर्वमै आफू रमाउने र खुसी हुने उनी बताउँछिन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

अावाज उठाइयाे, सुनुवाइ भएन

_x000D_ _x000D_

स्थानीय रणबहादुर राईका अनुसार हरेक स्कुलका शिक्षकहरू धर्म परिवर्तनका लागि खटिन्छन्। आफूहरूले शिक्षकले त्यस्तो काम गर्न नपाइने भनेर आवाज उठाएको तर कुनै सुनुवाइ नभएको उनको भनाइ छ। अधिकांश राई समुदाय, मतवालीहरू र दलित परिवारमा बढी मात्रमा धर्म परिवर्तनको प्रभाव परेको उनको बुझाई छ। ‘पहिला यो गाउँमा बुढापाकाको संख्या पनि उल्लेख्य थियो। तर, अहिले सबै अमेरिका गइसके।,’ उनी भन्छन्, ‘धर्म परिवर्तन गर्यो भने अमेरिका लैजान्छौं भनेपछि रातारात धर्म परिवर्तन गर्नेहरूको संख्या ह्वात्तै बढेको हो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

मोरङको पथरी शनिश्चरे शरणार्थी शिविर

_x000D_ _x000D_
_x000D_

भुटानबाट धपाइएपछि राईसँगै नेपाल आएका उनका एक छिमेकीले केही समयअघि मात्रै अमेरिका पुगेपछि आत्महत्या गरेको खबर आयो। त्यस दिनदेखि उनले अमेरिका जाने इच्छा मेटाइदिएका छन्। अमेरिकामा गएपछि सुख पाइन्छ भन्दै लैजाने र गएपछि धेरै मान्छे विचलित हुने गरेको उनको दाबी छ।

_x000D_ _x000D_

शरणार्थीलाई दिइँदै अाएकाे सहयोगमा कटाैती

_x000D_ _x000D_

हाल भुटानी शरणार्थीको लागि रेडक्रसलगायत संस्थाले दिँदै आएको सहयोगमा कटौती भएको छ। ‘द लुथ्रेन वर्ड फेडेरेसन’ (एलडव्ल्युएफ) को सहयोगमा ‘युनाइटेड नेसन हाई कमिस्नर फर रिफ्युजी’ (युएनएचसिआर)ले हरेक महिना प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ दिँदै आएको छ। पहिले हरेक १५ दिनमा ५ केजी चामल र अन्य खाद्य पदार्थ उपलब्ध गराउने गरेको ‘युनएनएचसिआर’ले हाल नगद मात्र उपलब्ध गराउँदै छ।

_x000D_ _x000D_

विदेशीदाताले दिने पैसाले दैनिक जीवनयापन धान्न असहज हुनु र अमेरिकामा पुग्न पाउने ‘अफर’ एकै पटक बाहिरिएपछि धर्म परिवर्तनको दर आकासिएको छ। चर्चको तर्फबाट विभिन्न पर्वको अवसर पारेर क्रिस्चियन परिवारलाई चामल, दाललगायत नगदसमेत दिने गरेको पाइएको छ। जसका कारण पनि धेरै शरणार्थीहरु लोभमा पर्ने र धर्म परिवर्तन गर्ने गरेको पाइन्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्