• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यान्सर पीडित गर्भवतीको अनौठो उपचार कथा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०८:२८
1140x725

क्यालिफोर्निया- खतरनाक रोगसँग लड्न सजिलो छैन। त्यो पनि ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सरसँग। हामी एउटी गर्भवती महिला जो ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर पीडित भईन्, उनले  डरलाग्दो रोग र उत्पन्न परिस्थितिको कसरी सामना गरिन् भन्ने एउटा अविश्सनीय कथा प्रस्तुत गर्न चाहन्छौं। 

_x000D_ _x000D_

भयो के भने, सेप्टेम्बर २००७ मा ३७ वर्षीया स्टेफेनी हसफोर्डले आफ्नो स्तनमा केराउको दाना जत्रो डल्लो पलाएको भेउ पाइन्। त्यतिबेला उनी र उनका पति ग्रान्ट आफ्नो एउटा छोरा हुर्काउँदै थिए। र, उनीहरु परिवारलाई विस्तार गर्ने क्रममा पनि थिए। 

_x000D_ _x000D_

जोडी पारिवारिक योजनाको खास अवस्थामा थियो। तर हसफोर्डको स्वास्थ्य चेकजाँचपछि अवस्था अर्कै भयो। अल्ट्रासाउण्डसँगै गरिएको मेमोग्राम र बायोप्सी रिपोर्टले दिमागै खल्बलाउने परिणाम देखाइदियो। उनलाई त ट्रिपल नेगेटिभ बे्रस्ट क्यान्सर पो भएको पत्ता लाग्यो। 

_x000D_ _x000D_

हसफोर्ड परामर्शको लागि दौडधुपमा थिइन्। उनले आफ्नो स्तनमा दुःखाइ महसुस भएको र आफ्नो महिनावारी पनि ढिलो भएको महसुस गर्न थालिन्। यो जोडीले पाँच वर्षदेखि बच्चाको तयारी गरिरहेको थियो। यसपटक स्टेफेनीको गर्भ परिक्षण गरियो। 

_x000D_ _x000D_

पेटमा त बच्चा पो रहेछ।

_x000D_ _x000D_

जीवन र मृत्युको निर्णय
_x000D_ ‘म एकदमै त्रस्त थिएँ, के गर्ने कसो गर्ने भनेर सोच्न सकिरहेको थिइँन, हसफोर्डले भनिन्, ‘मेरा पति र मलाई दुवैको दुई किसिमको खुसी थियो। हामी एक प्रकारले म गर्भवती भएको हुँदा खुसी पनि थियौँ र एकप्रकार त्यो सुन्दा पूरै उजाडिएको जस्तो पनि।’

_x000D_ _x000D_

उनीहरुले चेकअप गरेपछिको समाचार एकदम डरलाग्दो थियो। एकदम विरक्तलाग्दो। 

_x000D_ _x000D_

एकातिर पेटमा बच्चा छ। र, अर्कोतिर डरलाग्दो स्तन क्यान्सर। बच्चा हुर्काउन जोडी लालयित थियो। हसफोर्डलाई गर्भपात गर्नुपर्छ भनेर भनियो। उनीहरुले विभिन्न ठाउँमा गएर कुरा बुझ्दा पनि सबैतिरबाट यस्तै निरशपूर्ण उत्तर नै पाए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

एकदिन उनलाई उनका पतिले क्यान्सर उपचार र रिसर्चको लागि चलेको ‘सिटी अफ होप’ बारेमा थाहा पाएको खबर सुनाए। त्यहाँ गएर अझै एकचोटी परामर्श लिन जाने हो कि भनेर पतिले आग्रह गरे। तर हसफोर्ड अर्को ‘अपोइन्मेन्ट’का लागि त्यति धेरै ईच्छुक थिइनन् । उनलाई फेरि त्यही दुःखलाग्दो कुरा सुन्नु थिएन। तर पतिले पुनः आग्रह गरे।

_x000D_ _x000D_

उनीहरुले क्यालिफोर्नियामा अवस्थित सिटी अफ होपमा डा.बेन्जामिन पाजलाई भेटे र परामर्श लिए। आखिर कुरा अर्के आयो। हसफोर्डको विरक्तिएको मनमा थोरै भए पनि अलग प्रकारको आशाले प्रवेश पायो।

_x000D_ _x000D_

हसफोर्डले सुनाइन्, ‘डा. पाज अहिलेसम्म मैले भेटेकाहरुमध्ये एक सच्चा व्यक्ति हुन्। जब हामीले गर्भपात गर्ने कुरा ग¥यौँ उनले गर्नुपर्दैन भने। उनले गर्भावस्थासँगै उपचार पनि सँगै हुनसक्ने बताए।’

_x000D_ _x000D_

त्यसले त सबै परिवर्तन गरिदियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

‘हामी रोगलाई फोकस गर्छौँ मान्छेलाई होइन’ डाक्टर पाज भन्छन्, ‘सुरुमा त यी सबै कुरा उनीहरुको जीवनमा कत्तिको महत्वपूर्ण छ भनेर बुझ्नुपर्छ। स्टेफेनी र ग्रान्टलाई एउटा असल जीवन बाँच्नु थियो, रोग त लाग्यो नै, उपचारसँगगै उनीहरु पारिवारिक खुशी पनि चाहन्थे। मैले उनीहरुलाई महसुस गर्नुपर्दथ्यो। गरेँ।’ 

_x000D_ _x000D_

डा. पाजलाई थाहा थियो क्यान्सरको बेला गर्भावस्थामा जहिल्यै पनि मानिस बचाइहाल्ने सम्भव हुँदैन। उनी भन्छन् ‘मलाई लाग्यो हसफार्डको केशमा कम जोखिम छ। पहिलो तीन महिनामा केमोथेरापीले भ्रूणलाई असर नगर्ने कुरा थाहा भयो ।’ किनकी उनको क्यान्सर हार्मोनले भएको थिएन, गर्भावस्थालाई प्रभाव पारेको थिएन। 

_x000D_ _x000D_

क्यान्सर उपचार, गर्भावस्था र गर्भपात 
_x000D_ हसफोर्डलाई पहिलो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो र ट्यमुर सानो थियो। उनले पहिलो ३ महिनामा लम्पेकटोमीको सर्जरी गराईन्। जब उनी दोश्रो ‘ट्राइमेस्टर’मा पुग्थिन् अनि मात्र उनलाई केमोथेरापी दिन सकिन्थ्यो। जब उनले चार चरणको केमो लिइन्,उनलाई राम्रो महसुस हुँदै आयो।

_x000D_ _x000D_

‘अचम्मको कुरा त के भयो भने म बिरामी परिनँ। मैले हल्का रुपमा पीडा सहेँ। म अलि डराएको अवस्थामा थिएँ कि कतै मेरो बच्चालाई पोषक तत्व नुपग्ला भनेर तर म र मेरो बच्चा उच्च निगरानीमा थियौं’, हसफोर्डले अनुभव सुनाइन् ‘मलाई आफूले खान सक्नेजति खान भनिएको थियो। मेरो कपाल झरेपछि त्यसले काम गरेको थियो थिएन म छक्क पर्छु।’

_x000D_ _x000D_

धर्मसन्तानको लागि प्रोसेस भइरहेको थियो । र मार्चमा एक दिन लामोसमयसम्म प्रतिक्षारत फोन आयो। हसफोर्डका पति घरमा दोस्रो सन्तान ल्याउन चीन उडे र छोरी लिएर आए। मे महिना आयो र ठीक समयमा हसफोर्डले एक स्वस्थ्य छोरी जन्माइन्।

_x000D_ _x000D_

तर हसफोर्डको उपचार अझै सकिएको थिएन। उनी उपचारमै थिइन्। उनलाई अझ चार चरणको केमो दिनुपर्नेथियो। र यो पालि त उपचारको प्रभाव डरलाग्दो थियो। उनले विकिरण उपचारमा राम्रो प्रभावको लागि केमोथेरापीसँगै डबल मासटेक्टोमी रोजिन्। 

_x000D_ _x000D_

उनले जीवन कसरी जिउने भनेर सोच्न डा. पाजको सल्लाह सुझाव पछ्याएकी गरेकी थिइन्। हसफोर्ड भन्छिन् ‘यो सबै नितान्त व्यक्तिगत रोजाइको विषय हो। तपाईलाई थाहा छ तपाईलाई आफ्नो जीवन कसरी सुन्दर बनाउनुपर्छ। मेरो केशमा सिटी अफ होप को हात थियो। ’

_x000D_ _x000D_

जोखिम मूल्यांकन गर्दे 
_x000D_ क्यान्सर उपचाररत हसफोर्डले डबल मासटेक्टोमी गराउने निर्णय गरेकी थिइन्। डा. पाज भन्छन्, ‘त्यो क्यान्सर जित्नको लागि गरिएको थिएन, यो त उनको भविष्यमा जोखिम कम होस् भनेर गरिएको थियो।’  डाक्टर पाजको भनाइ के पनि छ भने,  ‘धेरै मानिसहरु क्यान्सर उपचारले क्यान्सर रोक्छ भन्ने भ्रममा छन्। त्यसो होइन। डबल मासटेक्टोमीले तपाईले उपचार गरिरहेको जोखिम र प्रभाव घटाउँदैन। यसले नयाँ क्यान्सर हुन नदिन जोखिम मात्र घटाउँछ।’ 

_x000D_ _x000D_

त्यसैले डाक्टर पाजले उपचाररत अरु महिलाहरुलाई यस्तो सल्लाह नदिएका रहेछन्। तर हसफोड अझै जवान थिइन् र उनकोमा अर्को नयाँ क्यान्सरको सम्भावना थियो। उनले ‘बिआरसिए जिन’ बोकेकी थिइनन् तर उनमा फेरि क्यान्सर देखिन सक्ने सम्भावना चार भागमा एक भाग थियो। र, यसबारे उनी सोच्न पनि चाहदैनथिन्।

_x000D_ _x000D_

सफल उपचारको लागि पाज यी दम्पत्तीको साहसलाई श्रेय दिन्छन्। 

_x000D_ _x000D_

‘उनमा सबैभन्दा आक्रामक रुपको स्तन क्यान्सर थियो। क्यान्सरको सामना गर्न र उपचारका लागि असिमित साहस चाहिन्थ्यो र यो बुझ्न जरुरी थियो कि उनी मर्न सक्थिन् र आफ्नो सन्तानको स्याहार सुसारको लागि नहुन सक्थिन्’ डाक्टर पाजले मुस्कुराउँदै भने, ‘मैले सबै सम्भावनाबारे उनीहरुलाई भनेको थिएँ।’

_x000D_ _x000D_

विशेषज्ञको सुझावको महत्व
_x000D_ हसफोर्डले स्तन क्यान्सर भएका महिलाहरुलाई केही निर्णय गरिहाल्नु अगाडि विकल्पहरु खोज्नुपर्ने सल्लाह दिन्छिन्। यदि तपाई यो सिटी अफ होप जस्तोमा जान सक्नुहुन्न भने अर्को कुनै यस्तो स्थानमा जानुस् उनीहरुसँग ‘अपटुडेट रिसर्च’ र विशेषज्ञहरु छन्। 

_x000D_ _x000D_

‘तपाईलाई कुन क्यान्सर छ त्यो अर्के विषयको कुरा हो। यदि तपाई गर्भवती हुनुहुन्छ या अरु कुनै केशमा फरकपन छ भने त्यो महत्वपूर्ण कुरा हो’ हसफोर्ड उपचारको निर्णयलाई लिएर फेरि पछाडि नफर्कन प्रोत्साहन गर्छिन्।

_x000D_ _x000D_

डाक्टर पाज महिलाहरुलाई भन्न चाहन्छन् स्तन क्यान्सर एउटा मात्रै रोग होइन। अवस्थाले फरक पार्छ। त्यसैले पहिल्यै क्यान्सर उपचार गराइसकेका साथीहरुको सुझावबाट उपचार गराउनु सही निर्णय होइन। 

_x000D_ _x000D_

त्यहाँ धेरै तत्वहरु हुन्छन् जसले उपचार र गर्भावस्थालाई प्रभाव पार्न सक्छ। जो यो रोगका बारेमा राम्रो जानकार छ उसित सल्लाह लिनुपर्ने पाज सुझाउँछन्। भन्छन्, ‘ विविध कारणले गर्दा सबै उत्कृष्ट विज्ञकोमा जान सक्दैनन्। तर यो होइन की जसले क्यान्सर रोग भनेर पत्ता लगाएका छन् उनीहरुबाट सुझाव नपाउने होइन। तपाईले आफ्नो केशका लागि थोरै मात्र खर्चिन सक्नुभयो भयो भने विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।’

_x000D_ _x000D_

पाजको अर्को सुझाव पनि छ, क्यान्सर उपचारका लागि लामो समय लाग्न सक्छ त्यसैले सहनशीलता चाहिन्छ। ‘स्टेफेनीलाई आक्रामक रुपको क्यान्सर थियो र १०० प्रतिशत सम्भावना सुरुको तीन वर्षमा हुने गर्छ र त्यो डरलाग्दो छ। 

_x000D_ _x000D_

अहिले उनी निको भएको ११ वर्ष पुगिसकेको छ। स्टेफेनीले क्यान्सरसँगको आफ्नो आश्चार्यलाग्दो उपचार यात्रा ‘बाल्ड, फ्याट र क्रेजी’मा समावेश गरेकी छिन्। उनी आशावादी छिन् की, उनको यो कथाले यस्ता अवस्थाबाट गुज्रिनेलाई मद्धत गर्नेछ ।

_x000D_ _x000D_

के हो ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर?
_x000D_ यो क्यान्सरलाई टिएनबिसी पनि भनिन्छ। यो ब्रेस्ट क्यान्सरको स्टेज हो जुन एस्ट्रोजन, प्रोगेस्टोरोन र ह्यूमन ग्रोथ फ्याकटर रिसेप्टर २ को कमीको कारणले हुने गर्दछ। 

_x000D_ _x000D_

यदि टेस्टमा तीनै पक्षहरु नेगेटिभ आउँछन् भने ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर हुने गर्दछ। जुन ब्रेस्ट क्यान्सरको एकदम खतरानाक स्टेज हो। ब्रेस्ट क्यान्सरका बिरामीमध्ये हरेक १० जनामा यो क्यान्सर लाग्ने सम्भावना हुन्छ।

_x000D_ _x000D_

टिएनबिसी एकदम खतरनाक हुनुका साथै स्तनबाहिर फैलिन सक्ने सम्भावना हुन्छ। यो उपचारपछि पनि केही वर्ष पछि फेरि हुने सम्भावना हुन्छ। यो क्यान्सर विशेषतः युवतीहरुलाई र अफ्रिकन–अमेरिकन महिलाहरुमा देखिएको छ र ‘बिआरसिए जिन म्युटेशन’ बोकेकालाई देखिएको छ।

_x000D_ _x000D_

 ब्रेस्ट क्यान्सर डट अरगनाइजेशनका अनुसार यो क्यान्सरबाट बच्ने सक्ने पाँच वर्षे अवधि सम्भावना ७७ प्रतिशत मात्र हुन्छ। 

_x000D_ _x000D_

( हेल्थलाइन डटकमको यो सामग्री स्वास्थ्यखबरकर्मी बुनु थारुले अनुवाद गरेकी हुन्। )

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्