• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

मजदुरका अधिकार लागू गर्न डब्लुपिएस माग गरेका हौं : उदय राई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०१:१०
1140x725

दक्षिण काेरिया– कोरियाबाहेक अन्य मुलुकबाट कोरियामा आई काम गर्ने सबै देशका श्रमिकको साझा मजदुर युनियन हो- प्रवासी मजदुर संगठन (एमटियु) । लामो समयदेखि इपिएस प्रणाली खारेज गरी डब्लुपिएस लागू गर्नुपर्ने माग उठाउँदै आए पनि यहाँ काम गर्ने विदेशी श्रमिकदेखि नेपालबाट आउने प्रक्रियामा रहेका अधिकांश डब्लुपिएसका विषयमा अनभिज्ञ जस्तै छन्।

_x000D_ _x000D_

यद्यपि, डब्लुपिएस माग गरिरहे पनि तत्काल लागू हुने सम्भावना न्यून छ। तर, डब्लुपिएस लागू भयो भने अहिलेको जस्तो निष्पक्षता रहँदैन भन्ने बुझाइ पनि व्यापक छ। 

_x000D_ _x000D_

उदय राई प्रवासी मजदुरका लागि निरन्तर लडिरहेका छन्। खोटाङमा जन्मेका राईकै कारण प्रवासी मजदुरको आवाज बलियो हुँदै गएको छ। प्रवासी मजदुर युनियनलाई वैधानिकता दिनका लागि राईले निकै संघर्ष गर्नुपरेको थियो। 

_x000D_ _x000D_

हाल कायम इपिएस प्रणाली दोषपूर्ण रहेको भन्दै कोरियामा क्रियाशील मजदुर संगठन यसलाई खारेज गरी डब्लुपिएसको पक्षमा उभिएका छन्। इपिएस प्रणालीमा विदेशी श्रमिकलाई अत्यन्तै शोषण गरी अधिकार साहुमा कन्द्रित गरेको मजदुर पक्षको तर्क छ।

_x000D_ _x000D_

साहुको पक्षमा इपिएस प्रणाली रहेकाले खारेजी नै अन्तिम विकल्प भएको मजदुर संगठनको भनाइ छ। अक्टोबर १४ का दिन एमटियु र कोरियाको मजदुर महासंघ केसिटियुले कोरियाको राजधानी सउलमा बृहत् प्रदर्शन समेत गरे।

_x000D_ _x000D_

कोरियाले आप्रवासी कामदार भित्र्याउनका लागि लागू गरेको विद्यमान प्रणाली मदजुर मैत्री नभएको भन्दै एमटियु निरन्तर संघर्षमा छ। इपिएस प्रणालीलाई विस्थापित गर्दै डब्लुपिएस माग,विदेशी कामदारको अवस्था लगायतका विषयमा नेपाल लाइभका लागि दक्षिण कोरियास्थित संवाददाता शिव भुसालले एमटियुका अध्यक्ष राईसँग गरेको संवाद :

_x000D_ _x000D_

 डब्लुपिएस प्रणाली भनेको के हो ? 

_x000D_ _x000D_

भिषा प्रणाली (वर्क परमिट सिस्टम) भनेको प्रवासी श्रमिकमा आधारित प्रणाली हो। यो प्रणालीमा श्रमिकको सबै मजदुर तथा मानव अधिकार सुनिश्चित हुन्छन्। स्वेच्छाले कम्पनी परिवर्तन र छनोट गर्न पाउने व्यवस्था हुन्छ। कम्पनीले जबर्जस्ती निस्कासन गर्न पाउने छैन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

थेजिकम (कार्यावधि सकिएपछि प्राप्त हुने संचिति रकम) प्राप्त गर्न कोरिया छाड्नुपर्ने छैन। कामदारले आफ्नो परिवार झिकाउन  पाउने छन्। 

_x000D_ _x000D_

५ वर्षभन्दा लामो अवधिसम्म काम गर्न पाउनेछन्। कृषि क्षेत्रमा काम गर्ने प्रवासी श्रमिक उत्पादन क्षेत्रमा स्थानान्तरण गर्न पाउने, ४० वर्षभन्दा बढीको उमेरको प्रवासी श्रमिकले पनि काम गर्न पाउने, कम्पनी परिवर्तन गरेको श्रमिकले पनि प्रतिवद्ध मजदुरको रुपमा आउन पाउने, प्रवासी श्रमिकले बिना अधिकार जबर्जस्ती काम गर्नुपर्ने छैन।

_x000D_ _x000D_

प्रवासी श्रमिकको सबै अधिकार प्रवासी श्रमिकले उपभोग गर्न पाउनु नै डब्लुपीएस हो। 

_x000D_ _x000D_

इपिएस र डब्लुपिएसमा के फरक छ ?  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

कार्य अनुमति प्रणालीमा प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित हुन्छन्। प्रवासी श्रमिकको पक्षमा आधारित प्रणाली हो डब्लुपिएस। 

_x000D_ _x000D_

श्रमिकलाई मालिकको अनुमति बिना स्वेच्छाले कम्पनी परिवर्तन र छनोट गर्ने हक अधिकार पूर्ण रुपमा सुनिश्चित हुन्छ। कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनु पर्ने छैन। डब्लुपिएसमा जुनसुकै क्षेत्रमा काम गर्न पाउने अधिकार हुनेछ। लामो अवधिसम्म काम गर्न पाउने व्यवस्था हुनेछ तर इपिएसमा यस्तो व्यवस्था छैन। 

_x000D_ _x000D_

हालको प्रणालीमा प्रवासी श्रमिकको नियुक्तिदेखि अवकाशसम्मको  सबै अधिकार कम्पनी मालिकसँग छ। कम्पनी मालिकको अनुमति बिना कम्पनी परिवर्तन गर्न पाइँदैन। १ वर्ष १० महिनाको अवधि थप गर्न कम्पनीको  सहमति विना  सकिँदैन। कम्पनीको क्षेत्र परिवर्तन गर्न पाइने छैन। लामो अवधिसम्म काम गर्न पाइने छैन।

_x000D_ _x000D_

मजदुर कानुन पूर्ण रुपमा लागू हुँदैन। जस्तोसुकै गाह्रो अवस्थामा पनि जबर्जस्ती काम गर्नुपर्ने हुन्छ। इपिएसमा भएको प्रावधानले प्रवासी श्रमिकलाई दास बनाएको छ। त्यसले आत्महत्या समेत गर्न बाध्य छन् प्रवासी श्रमिक। औद्योगिक दुर्घटनाको सिकार बनिरहनु परेको छ।  इपिएसले प्रवासी श्रमिकको कम्पनी छनोट गर्ने र आफूखुुसी परिवर्तन गर्न पाउने अधिकार हनन गरेको छ। आफ्नो अधिकार उपयोग गर्न पाइँदैन।

_x000D_ _x000D_

डब्लुपिएस लागू भयो भने म्यानपावर व्यवसायी र उच्च वर्गलाई मात्र फाइदा हुन्छ, निम्न वर्गका नेपालीको पहुँच रहँदैन भनिन्छ नि? तपाईहरूले सरकारी निकायलाई बुझाउन नसक्नुभएका हो? 

_x000D_ _x000D_

प्रवासी मजदुर युनियन (एमटियु)को माग भनेको कोरियामा प्रवासी श्रमिकलाई लागू भइरहेको नियम कानुनमा परिवर्तन हुनुपर्छ भन्ने हो।

_x000D_ _x000D_

श्रमिकको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हो। श्रमिकको स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने अधिकार सुनिश्चित भएको डब्लुपिएस लागू भयो भने यसले प्रवासी श्रमिकलाई फाइदा हुन्छ, म्यानपावर वा उच्च वर्गलाई के को फाइदा हुन्छ ? 

_x000D_ _x000D_

हामीले नितान्त श्रमिकको हक अधिकारको बारेमा कोरियन सरकार समक्ष माग राखिरहेको छौँ। डब्लुपिएस लागू भएमा म्यानपावर, उच्च वर्गलाई फाइदा र निम्न वर्गलाई बेफाइदा हुन्छ भन्ने कुरा गलत हो। कामदार पठाउने प्रक्रिया जिटुजी प्रक्रिया नै हो।

_x000D_ _x000D_

म्यानपावर व्यवसायीको यस प्रक्रियामा कुनै भूमिका हुनै पाउँदैन। हामीले कामदारको हक स्थापित गर्न खोजेका हौँ।

_x000D_ _x000D_

डब्लुपिएस प्रणालीमा कोरियाले कामदार ल्याउने प्रक्रिया कस्तो हुन्छ?

_x000D_ _x000D_

डब्लुपिएस लागू भयो भने प्रवासी श्रमिक कोरिया ल्याउनको निमित्त  छनोट गर्ने माध्यम कोरियन भाषा परिक्षा नै हुनेछ।

_x000D_ _x000D_

यो छनोट माध्यम परिवर्तन हुनेवाला छैन। हाम्रो माग भनेको कोरियामा प्रवासी श्रमिकलाई लागू हुने नियम कानुन परिवर्तन हुनुपर्छ भन्ने मात्र हो, अरु केही होइन। 

_x000D_ _x000D_

इपिएस प्रणाली जीटुजी सम्झौता गरेर लागू भएको हो, यसका लागि त कामदार पठाउने देशले कूटनितीक तवरबाटै पहल गर्नुपर्ने विषय होइन र? ती देशसँग तपाईहरूले के कस्तो समन्वय गर्नुभएको छ?

_x000D_ _x000D_

हो, श्रमिक पठाउने देशले पनि समस्या समाधानको लागि पहल गर्नुपर्ने हो। तर, बिडम्बना के छ भने प्रवासी श्रमिक पठाउने देशलाई यो इपिएसमा समस्या छ भन्ने कुरा नै थाहा छैन।

_x000D_ _x000D_

के को पहल गर्छन् र? समस्या समाधानको लागि पहल राख्नुपर्यो भन्ने कुरा राखिरहेको छौँ। 

_x000D_ _x000D_

डब्लुपिएस लागू हुन्छ भन्ने कुरामा कतिको आशावादी हुनुहुन्छ? 

_x000D_ _x000D_

हामीले अरु मागेको होइनाैं मजदुरको आफ्नो हक अधिकार दिनु पर्यो भनेर मागेको हौँ। म मजदुरको रुपमा काम गर्न पाउनु पर्यो भनेर माग गरेको हो।

_x000D_ _x000D_

त्यसकारण सबै प्रवासी श्रमिक एकजुट भएर संघर्ष गरेमा हामीले चाहेको डब्लुपिएस अवश्य लागू हुने छ। 

_x000D_ _x000D_

अन्त्यमा के भन्नु चाहनुहुन्छ? 

_x000D_ _x000D_

हामी प्रवासी श्रमिक कोरियामा श्रम गर्न आएका हौँ। प्रवासी श्रमिकको पनि कानुनले सुनिश्चित गरेको आधारभूत अधिकारहरु छन । तर कोरियन सरकारले हाम्रो हक अधिकारहरुलाई मान्यता नदिएको अवस्था छ।  त्यो हाम्रो हक अधिकार प्राप्त गर्न सबै एमटियुमा आबद्ध भएर संघर्ष गरौँ। 
_x000D_  

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्