काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
_x000D_
_x000D_
निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्। दुई प्रहरी अधिकारी बर्खास्त भएका छन्। तर, दोषी पत्ता लगाउने सम्बन्धमा भने कुनै प्रगति भएको छैन।
_x000D_
_x000D_
यो सय दिनमा के के भए? मुख्य घटनाहरु नेपाल लाइभले सम्झिने प्रयास गरेको छ।
_x000D_
_x000D_
साउन १०– साथी रोशनी बमको घरमा गएकी निर्मला बेलुका घर नफर्केपछि आमा दुर्गादेवीद्वारा छोरी खोजिदिन प्रहरीलाई आग्रह। प्रहरीले सहयोग गरिदिएन।
_x000D_
_x000D_
साउन ११– निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला। स्थानीयद्वारा भीमदत्त नगरपालिकाको गेटमा टायर बालेर आन्दोलन। प्रहरीसँग झडप। दुई प्रहरीसहित दर्जनौं स्थानीय घाइते।
_x000D_
_x000D_
साउन १२– निर्मलाको शव बुझ्नेबारे सहमति भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेद्वारा जानकारी। तर, पीडितका आफन्त र आन्दोलनरत स्थानीयद्वारा अमान्य।
_x000D_
_x000D_
साउन १३– बलात्कारपछि भएको हत्याको विरोधमा प्रदर्शन जारी। महेन्द्रनगरमा भएको आन्दोलनमा विभिन्न संघसंस्था तथा राजनीतिक पार्टीको सहभागिता।
_x000D_
_x000D_
भदौ २– काठमाडौंको माइतीघरमा महिला अधिकारका अभियन्ताद्वारा कालो पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन। प्रहरीद्वारा धरपकड।
_x000D_
_x000D_
भदौ ४– निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बस्ने दिलीपसिंह विष्ट पक्राउ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक। विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी।
_x000D_
_x000D_
भदौ ५– विष्ट हत्यारा नभएको भन्दै स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा प्रदर्शन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर प्रहरी प्रमुखका साथै स्थानीय सरकारका प्रमुख उप प्रमुखको समेत राजीनामा माग।
_x000D_
_x000D_
भदौ ७– गृह मन्त्रालयद्वारा कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता। क्रमशः तीर्थ अधिकारी र एसपी कुबेर कडायतलाई जिम्मेवारी। कञ्चनपुर जिल्ला सुरक्षा समितिद्वारा भदौ ७ गते बेलुकी ५ देखि ८ गते बिहान ५ बजेसम्म कर्फ्युको घोषणा। सोही दिन कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन। आन्दोलनमा प्रहरीद्वारा गोली प्रहार। केही घाइते।
_x000D_
_x000D_
भदौ ८– प्रदर्शन जारी। प्रहरीद्वारा गोली प्रहार। सनी खुनाको मृत्यु। कैयौं घाइते। प्रतिनिधिसभामा पेस भएको महिला हिंसा विरुद्धको प्रस्तावमा सांसदहरुको समर्थन। मैनाली नेतृत्वको छानबिन समितिद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग छलफल गरी काम सुरु।
_x000D_
_x000D_
भदौ ९– 'निर्मलाका निम्ति न्याय' भन्दै राजधानीमा पनि प्रदर्शन। निष्पक्ष छानबिन नगरेको भन्दै विवादित बनेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बन। अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष छानबिन नभएसम्म विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयले निर्देशन। मन्त्रिपरिषद्को बैठकद्वारा निर्मला पन्तको परिवारलाई सरकारले १० लाख दिने निर्णय। खुनाको परिवारलाई पनि १० दिने र सहिद घोषणा गर्ने निर्णय। रोशनी र बबिता बम पक्राउ।
_x000D_
_x000D_
भदौ १०– सांसदहरु दीपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा। प्रधानमन्त्रीको सन्देश सुनाउँदै दोषी पहिचान गरी कारबाही हुनेमा विश्वस्त हुन आग्रह। जिप्रका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बित।
_x000D_
_x000D_
भदौ ११– चर्चित कार्टुनिस्टहरुद्वारा लाइभ कार्टुन बनाएर निर्मलाका लागि न्याय माग।
_x000D_
_x000D_
भदौ १२– प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीद्वारा घटनाका दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता। राजधानीमा केही व्यक्तिद्वारा सामूहिक कपाल मुन्डन। पक्राउ परेका दीलिपसिंह विष्टलाई उपचारका लागि काठमाडौं ल्याइयो।
_x000D_
_x000D_
भदौ १४– प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन।
_x000D_
_x000D_
भदौ १५– हत्यारा पहिचान गर्न माग गर्दै निर्मलाका सहपाठीद्वारा प्रधानमन्त्रीलाई खुलापत्र। खानेपानीमन्त्री विना मगरद्वारा निर्मलाको परिवारसँग भेट।
_x000D_
_x000D_
भदौ २०– मैनालीको नेतृत्वमा गठित समितिले 'बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल मोडमा पुगेको' भन्दै गृहमन्त्रीलाई ब्रिफिङ।
_x000D_
_x000D_
भदौ २१– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालद्वारा निर्मला पन्तका आमाबुवा दुर्गादेवी र यज्ञराजलाई भेट। अपराधीलाई कुनै पनि हालतमा नछोडिने प्रतिबद्धता।
_x000D_
_x000D_
भदौ २५– मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीद्वारा जीवन रक्षाको माग गर्दै समितिबाट राजीनामा।
_x000D_
_x000D_
भदौ २६– डिएनए रिपोर्ट नमिलेपछि दीलिपसिंह विष्ट रिहा। प्रहरीद्वारा पक्राउ परेका रोशनी र बबिता बम पनि पनि ३० हजार धरौटीमा छाडिए।
_x000D_
_x000D_
भदौ २७– वीरेन्द्र केसीद्वारा राजीनामा फिर्ता। महेन्द्रनगरमा एक समूहद्वारा कालो कपडा लगाएर 'ब्ल्याक तीज' मनाइयो। न्यायको लागि भन्दै निर्मलाका बाबुआमा सहितको एक टोली काठमाडौंमा।
_x000D_
_x000D_
भदौ २८– निर्मलाका बाआमा तथा अभियन्ताद्वारा पत्रकार सम्मेलन। निर्मलाका निम्ति न्याय भन्दै राजधानीमा दीप प्रज्वलन। नेपाली कांग्रेसद्वारा पन्तको हत्यारा पक्राउको माग गर्दै संसद अवरुद्ध।
_x000D_
_x000D_
भदौ २९– सदनमा सांसदद्वारा सरकारको आलोचना। निर्मला हत्या तथा बलात्कार प्रकरणको छानबिन अन्तिम अवस्थामा रहेको गृहमन्त्रीको सदनमा जानकारी। गृहमन्त्री र निर्मलाका आमाबाबुद्वारा भेट। गृहमन्त्रीद्वारा हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता।
_x000D_
_x000D_
भदौ ३१– १४ गते प्रहरी प्रधान कार्यालयद्वारा गठन गरिएको एसएसपी उत्तम सुवेदी नेतृत्वको छानबिन समितिलाई 'अपग्रेड'। एआइजी धीरु बस्न्यातको संयोजकत्वमा ९ सदस्यीय समिति गठन। कडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट निलम्बित।
_x000D_
_x000D_
असोज १– निर्मलाका आमाबाबुद्वारा प्रधानमन्त्रीसँग भेट। प्रधानमन्त्रीद्वारा निर्मला आफ्नो पनि छोरी भएकी र उनलाई कुनै पनि हालतमा न्याय दिलाउन प्रतिबद्ध रहेको जानकारी। राष्ट्रपतिसँग भेट हुन सकेन। निर्मलाका आमाबाबु कञ्चनपुर फर्किए।
_x000D_
_x000D_
असोज ९– मैनाली नेतृत्वको छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेस। भदौ ७ गते गठन गरिएको समितिको म्याद १५ दिन थपिएको थियो। प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिबद्धता।
_x000D_
_x000D_
असोज १०– राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्रीद्वारा नयाँ खुलासा, 'निर्मला पन्तको ११ गते मुचुल्का उठाइएको छ, जसमा बुवाको औँठाछापसमेत छ। तर, बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।'
_x000D_
_x000D_
असोज १८ – निर्मलालाई न्याय माग गर्दै एक समूहद्वारा सिंहदरबार दक्षिणी गेटमा केहीबेर प्रदर्शन।
_x000D_
_x000D_
असोज २१– मैनाली नेतृत्वको छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयद्वारा सार्वजनिक।
_x000D_
_x000D_
असोज २९– प्रहरी प्रधान कार्यालयद्वारा एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्ती गर्न गृह मन्त्रालयलाई पत्राचार।
_x000D_
_x000D_
कात्तिक ८– प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी प्रहरी सेवाबाट बर्खास्त।
_x000D_
_x000D_
कात्तिक १२– फेरि आन्दोलन सुरु। मीना भण्डारी संयोजकत्वको नागरिक संघर्ष समितिद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।