• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रदर्शनमा मृत्यु, डिएनए परीक्षणदेखि प्रहरी अधिकारी बर्खास्तसम्म : निर्मला हत्याको सय दिनमा केके भए?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ०५:४०
1140x725

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्। 

_x000D_ _x000D_

निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्। दुई प्रहरी अधिकारी बर्खास्त भएका छन्। तर, दोषी पत्ता लगाउने सम्बन्धमा भने कुनै प्रगति भएको छैन।

_x000D_ _x000D_

यो सय दिनमा के के भए? मुख्य घटनाहरु नेपाल लाइभले सम्झिने प्रयास गरेको छ।

_x000D_ _x000D_

साउन १०– साथी रोशनी बमको घरमा गएकी निर्मला बेलुका घर नफर्केपछि आमा दुर्गादेवीद्वारा छोरी खोजिदिन प्रहरीलाई आग्रह। प्रहरीले सहयोग गरिदिएन।

_x000D_ _x000D_

साउन ११– निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला। स्थानीयद्वारा भीमदत्त नगरपालिकाको गेटमा टायर बालेर आन्दोलन। प्रहरीसँग झडप। दुई प्रहरीसहित दर्जनौं स्थानीय घाइते।

_x000D_ _x000D_

साउन १२– निर्मलाको शव बुझ्नेबारे सहमति भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेद्वारा जानकारी। तर, पीडितका आफन्त र आन्दोलनरत स्थानीयद्वारा अमान्य।

_x000D_ _x000D_

साउन १३– बलात्कारपछि भएको हत्याको विरोधमा प्रदर्शन जारी। महेन्द्रनगरमा भएको आन्दोलनमा विभिन्न संघसंस्था तथा राजनीतिक पार्टीको सहभागिता।

_x000D_ _x000D_

भदौ २– काठमाडौंको माइतीघरमा महिला अधिकारका अभियन्ताद्वारा कालो पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन। प्रहरीद्वारा धरपकड।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भदौ ४– निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बस्ने दिलीपसिंह विष्ट पक्राउ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक। विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी।

_x000D_ _x000D_

भदौ ५– विष्ट हत्यारा नभएको भन्दै स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा प्रदर्शन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर प्रहरी प्रमुखका साथै स्थानीय सरकारका प्रमुख उप प्रमुखको समेत राजीनामा माग।

_x000D_ _x000D_

भदौ ७– गृह मन्त्रालयद्वारा कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता। क्रमशः तीर्थ अधिकारी र एसपी कुबेर कडायतलाई जिम्मेवारी। कञ्चनपुर जिल्ला सुरक्षा समितिद्वारा भदौ ७ गते बेलुकी ५ देखि ८ गते बिहान ५ बजेसम्म कर्फ्युको घोषणा। सोही दिन कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन। आन्दोलनमा प्रहरीद्वारा गोली प्रहार। केही घाइते।

_x000D_ _x000D_

भदौ ८– प्रदर्शन जारी। प्रहरीद्वारा गोली प्रहार। सनी खुनाको मृत्यु। कैयौं घाइते। प्रतिनिधिसभामा पेस भएको महिला हिंसा विरुद्धको प्रस्तावमा सांसदहरुको समर्थन। मैनाली नेतृत्वको छानबिन समितिद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग छलफल गरी काम सुरु।

Xtrem

Xtrem
_x000D_ _x000D_

भदौ ९– 'निर्मलाका निम्ति न्याय' भन्दै राजधानीमा पनि प्रदर्शन। निष्पक्ष छानबिन नगरेको भन्दै विवादित बनेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बन। अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष छानबिन नभएसम्म विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयले निर्देशन। मन्त्रिपरिषद्को बैठकद्वारा निर्मला पन्तको परिवारलाई सरकारले १० लाख दिने निर्णय। खुनाको परिवारलाई पनि १० दिने र सहिद घोषणा गर्ने निर्णय। रोशनी र बबिता बम पक्राउ।

_x000D_ _x000D_

भदौ १०– सांसदहरु दीपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा। प्रधानमन्त्रीको सन्देश सुनाउँदै दोषी पहिचान गरी कारबाही हुनेमा विश्वस्त हुन आग्रह। जिप्रका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बित।

_x000D_ _x000D_

भदौ ११– चर्चित कार्टुनिस्टहरुद्वारा लाइभ कार्टुन बनाएर निर्मलाका लागि न्याय माग।

_x000D_ _x000D_

भदौ १२– प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीद्वारा घटनाका दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता। राजधानीमा केही व्यक्तिद्वारा सामूहिक कपाल मुन्डन। पक्राउ परेका दीलिपसिंह विष्टलाई उपचारका लागि काठमाडौं ल्याइयो।

_x000D_ _x000D_

भदौ १४– प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन।

_x000D_ _x000D_

भदौ १५– हत्यारा पहिचान गर्न माग गर्दै निर्मलाका सहपाठीद्वारा प्रधानमन्त्रीलाई खुलापत्र। खानेपानीमन्त्री विना मगरद्वारा निर्मलाको परिवारसँग भेट।

_x000D_ _x000D_

भदौ २०– मैनालीको नेतृत्वमा गठित समितिले 'बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल मोडमा पुगेको' भन्दै गृहमन्त्रीलाई ब्रिफिङ।

_x000D_ _x000D_

भदौ २१– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालद्वारा निर्मला पन्तका आमाबुवा दुर्गादेवी र यज्ञराजलाई भेट। अपराधीलाई कुनै पनि हालतमा नछोडिने प्रतिबद्धता।

_x000D_ _x000D_

भदौ २५– मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीद्वारा जीवन रक्षाको माग गर्दै समितिबाट राजीनामा। 

_x000D_ _x000D_

भदौ २६– डिएनए रिपोर्ट नमिलेपछि दीलिपसिंह विष्ट रिहा। प्रहरीद्वारा पक्राउ परेका रोशनी र बबिता बम पनि पनि ३० हजार धरौटीमा छाडिए। 

_x000D_ _x000D_

भदौ २७– वीरेन्द्र केसीद्वारा राजीनामा फिर्ता। महेन्द्रनगरमा एक समूहद्वारा कालो कपडा लगाएर 'ब्ल्याक तीज' मनाइयो। न्यायको लागि भन्दै निर्मलाका बाबुआमा सहितको एक टोली काठमाडौंमा।

_x000D_ _x000D_

भदौ २८– निर्मलाका बाआमा तथा अभियन्ताद्वारा पत्रकार सम्मेलन। निर्मलाका निम्ति न्याय भन्दै राजधानीमा दीप प्रज्वलन। नेपाली कांग्रेसद्वारा पन्तको हत्यारा पक्राउको माग गर्दै संसद अवरुद्ध।

_x000D_ _x000D_

भदौ २९– सदनमा सांसदद्वारा सरकारको आलोचना। निर्मला हत्या तथा बलात्कार प्रकरणको छानबिन अन्तिम अवस्थामा रहेको गृहमन्त्रीको सदनमा जानकारी। गृहमन्त्री र निर्मलाका आमाबाबुद्वारा भेट। गृहमन्त्रीद्वारा हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता।

_x000D_ _x000D_

भदौ ३१– १४ गते प्रहरी प्रधान कार्यालयद्वारा गठन गरिएको एसएसपी उत्तम सुवेदी नेतृत्वको छानबिन समितिलाई 'अपग्रेड'। एआइजी धीरु बस्न्यातको संयोजकत्वमा ९ सदस्यीय समिति गठन। कडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट निलम्बित।

_x000D_ _x000D_

असोज १– निर्मलाका आमाबाबुद्वारा प्रधानमन्त्रीसँग भेट। प्रधानमन्त्रीद्वारा निर्मला आफ्नो पनि छोरी भएकी र उनलाई कुनै पनि हालतमा न्याय दिलाउन प्रतिबद्ध रहेको जानकारी। राष्ट्रपतिसँग भेट हुन सकेन। निर्मलाका आमाबाबु कञ्चनपुर फर्किए।

_x000D_ _x000D_

असोज ९– मैनाली नेतृत्वको छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेस। भदौ ७ गते गठन गरिएको समितिको म्याद १५ दिन थपिएको थियो। प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिबद्धता।

_x000D_ _x000D_

असोज १०– राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्रीद्वारा नयाँ खुलासा, 'निर्मला पन्तको ११ गते मुचुल्का उठाइएको छ, जसमा बुवाको औँठाछापसमेत छ। तर, बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।'

_x000D_ _x000D_

असोज १८ – निर्मलालाई न्याय माग गर्दै एक समूहद्वारा सिंहदरबार दक्षिणी गेटमा केहीबेर प्रदर्शन।

_x000D_ _x000D_

असोज २१– मैनाली नेतृत्वको छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयद्वारा सार्वजनिक।

_x000D_ _x000D_

असोज २९– प्रहरी प्रधान कार्यालयद्वारा एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्ती गर्न गृह मन्त्रालयलाई पत्राचार।

_x000D_ _x000D_

कात्तिक ८– प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी प्रहरी सेवाबाट बर्खास्त।

_x000D_ _x000D_

कात्तिक १२– फेरि आन्दोलन सुरु। मीना भण्डारी संयोजकत्वको नागरिक संघर्ष समितिद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्