• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौंमा जाजरकोटकी ‘हिरुनी’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०१:१३
1140x725

‘कैले आयाउ काठमान्डू?’

_x000D_ _x000D_

कमला वलीले आश्चर्यवाचक जिज्ञासु नजर शर्मिला रावलको अनुहारतिर फ्याँकिन् र मुस्कुराइन् मात्रै।

_x000D_ _x000D_

बिरानो मान्छे र बिरानै बोली मात्रै भेटिइरहेका काठमाडौंमा आफ्नो जस्तै लबजमा बोल्ने मान्छे भेटिँदाको हेराइ थियो त्यो। 

_x000D_ _x000D_

‘हिरुनी भयाछ्यौ, कसो लाग्याको छ (हिरोइन हुनुभएछ, कस्तो लागेको छ) ?’ मैले दोस्रो प्रश्न गरेँ।

_x000D_ _x000D_

दुवै जना किशोरीको अनुहारमा रहेको लज्जाको पर्दा केही हट्यो। उनीहरु त्यसपछि सकेसम्म नेपाली (तर, कहीँ खस भाषाको मिसावट) मा बोले। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कमला र शर्मिला अर्थात् रेखा थापाको फिल्म ‘मालिका’का कलाकार। कात्तिक १६ गते रिलिज हुने उक्त फिल्ममा कमलाले मुख्य कलाकारकै रुपमा अभिनय गरेकी छिन् भने शर्मिला दुलहीको भूमिकामा छिन्। 

_x000D_ _x000D_

जाजरकोटको कालिगाउँकी कमला र लाहाकी शर्मिला फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएदेखि नै गाउँमा ‘सेलिब्रिटी’ भइसकेका छन्। फिल्म आगामी शुक्रबार रिलिज हुने भएकाले काठमाडौं  आएदेखि नै उनीहरु असाध्यै व्यस्त छन्। एकातिर उनीहरुले आफ्नो फिल्मको प्रचार गर्नुछ भने अर्कातिर अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

समयले सेलिब्रिटी बनेका उनीहरुलाई ‘सेलिब्रिटी’को अर्थ थाहा छैन। परिस्थितिले हिरोइन बनेका उनीहरुलाई न यसअघि कहिल्यै हिरोइन बन्नु थियो, न यसपछि। 

_x000D_ _x000D_

केही वर्षअघि मात्रै बिजुली पुगेको जाजरकोटको कालिगाउँमा अझै टिभी पुगेको छैन। इन्टरनेट पुग्ने कुरै भएन। त्यसैले कमलालाई फिल्ममा अभिनय गरिरहँदासम्म पनि फिल्म के हो थाहा थिएन, अझै राम्रोसँग छैन।

_x000D_ _x000D_

फिल्ममा अभिनय गरेपछि ‘फिल्म हेर्नुपर्छ’ कसैले भनिदियो। केही नेपाली फिल्म हेर्ने प्रयास गरिन् तर उनलाई रमाइलै लागेन।
_x000D_  
_x000D_ कमलाले आफ्नो गाउँको अवस्थाबारे जानकारी दिइरहेकी थिइन्। यहीबीच प्रश्न गरियो, ‘अब त भोलि गईकन हिरुनी बन्न्या होला त (अब हिरोइन नै बन्ने होला नि)?

_x000D_ _x000D_

कमलालले 'नाइँ' संकेतमा टाउको हल्लाइन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

क्या बन्न्या त? फेरि प्रश्न गरियो। 

_x000D_ _x000D_

‘टिचर,’ उनले आत्मविश्वासका साथ भनिन्।

_x000D_ _x000D_

कर्णाली र सुदूर गाउँका हिरो/हिरोइन अहिले पनि शिक्षक/शिक्षिका नै हुन्। उनको रोलमोडल पनि शिक्षिका नै छन्। शिक्षिका बन्न त्रिभुवन उच्च माध्यामिक विद्यालयमा नेपाली र स्वास्थ्य विषय लिएर कक्षा ११ पढिरहेकी छिन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘फिलिम नेदेख्याकी मान्छे क्याहरी फिल्म खेल्याउ (फिल्म नदेखेकी मान्छेले कसरी फिल्म खेल्नुभयो) ?’ फिल्ममा आउनुको कमलाको कथा जान्न चाहेँ।

_x000D_ _x000D_

‘म सात्यासात खेल्न लाग्याकी थिएँ (साथीसँग खेलिरहेकी थिएँ)। नरबहादुर सर (फिल्मका निर्माता नरबहादुर कार्की) ले मलाई बोलाएर फिल्म खेल्ने हो? भनेर सोध्नुभयो,’ उनले सुरु गरिन्।

_x000D_ _x000D_

फिल्मबारे जानकारी नभएकी उनले ‘नाइँ’ भनेपछि निर्माता कार्कीले उनका बुवाआमासँग सल्लाह गरे। सुरुमा छोरीलाई फिल्ममा अभिनय गराउन राजी नभए पनि पछि एक सर्तमा उनीहरु राजी भए। सर्त थियो– फिल्ममा अभिनय गरे पनि कमलाको पढाइ बिगार्न नपाउने।

_x000D_ _x000D_

एसइई दिइसकेकी कमलाले त्यहीबीच फिल्म ‘मालिका’मा अभिनय गरिन्।

_x000D_ _x000D_

‘फिल्म नहेर्‍याकी मान्छेकन अभिनय गर्न कसरी आयो?’ मैले जिज्ञासा राखेँ। 

_x000D_ _x000D_

‘रेखा दिदीले जसोजसो गर् भनेर सिकाउनुभयो। मैले त्यसै गर्‍याँ,’ कमलाले भनिन्। देखे–भोगेअनुसार नै गर्नुपर्ने भएकाले अभिनय गर्न उनलाई खासै अप्ठ्यारो भएन।

_x000D_ _x000D_

 
_x000D_ साथी शर्मिलालाई भने निर्माता कार्कीले कम्प्युटर इन्स्टिच्युटमा भेटेका हुन्। सुरुमा उनले पनि अस्विकार गरेकी थिइन् अभिनय गर्न। पछि अरुले अवसरका रुपमा अर्थ्याएपछि राजी भइन् र उनको आमाबुवा पनि सहमत भए।

_x000D_ _x000D_

यी दुवैले फिल्म त्यति नहेरे पनि रेखा थापाको नाम भने सुनेका रहेछन्। त्यसैले उनीहरु एक हदसम्म तयार भए। 

_x000D_ _x000D_

‘बाल विवाहविरुद्ध फिल्म बन्न्याँ भन्यापछि मलाई अझ राम्रो लाग्यो,’ बाल क्लबकी कोषाध्यक्षका रुपमा काम गरिसकेकी शर्मिलाले भनिन्। सुदूर–कर्णालीका ग्रामीण इलाकामा बालविवाह पूर्ण रुपमा हटेको छैन। उनीहरुकै एक साथीले कक्षा ६ मा पढ्दै विवाह गरेको उनीहरुले देखेका छन्। आफू सरहका वा बहिनी उमेरकाले विवाह गरेर पाएका दुःख नजिकबाट देखेका छन्।

_x000D_ _x000D_

यी दुवैको लक्ष्यमध्येको एक बालविवाह विरुद्धकी अभियन्ता बन्ने पनि हो। कमलाले भनिन्, ‘पहिला दुर्गममा बाल विवाहविरुद्ध आवाज उठाएर देशव्यापी बनाउने सोच छ।’ तर, शिक्षिका भने उनलाई बन्नु नै छ। शर्मिला भने अहिलेदेखि लोकसेवा आयोगको तयारीमा छिन्। उनको अहिलेको सपना खरीदार बन्ने हो। 

_x000D_ _x000D_

गाउँमै जन्मेहुर्केकी कमलाले केही दिनअघि मात्र पहिलोपल्ट काठमाडौं टेकिन्। रिलिजको संघारमा रहेको फिल्म ‘मालिका’को प्रचारका लागि उनीहरु यहाँ ल्याइपुर्‍याइएका हुन्। 

_x000D_ _x000D_

काठमाडौंका लागि गाडी चढिरहँदा भर्खर १५ वर्ष टेकेकी कमलालाई नयाँ ठाउँ देख्ने उत्साह त थियो तर त्यो भन्दा बढी थियो डर। जति गाडीले रफ्तार पकड्दै गयो, त्यति नयाँ ठाउँ देख्दै गइन्। उनलाई अत्यास लाग्दै गयो।

_x000D_ _x000D_

काठमाडौं आएपछि उनले ठाउँ मात्रै होइन, आफैंलाई पनि नयाँ महसुस गरिरहेकी छिन्। सधैं कुर्तासलवार लगाउने उनी पाइन्ट-कोटमा ठाँटिनुपरेको छ। हरेक दिन नौला मान्छे भेटिरहेकी छिन्। नौला कुरा सुनिरहेकी छिन्। नयाँ खानाको स्वाद लिइरहेकी छिन्। 

_x000D_ _x000D_

तर, यी कुरामा मन भुल्न सकेको छैन उनीहरुको। तिहार नजिकिइरहेको छ। कमला र शर्मिलाको आँखामा पोहोरका तिहारमा गरेको रमाइलोका दृश्य झलझली नाँचिरहेका छन्। कमलालाई लागेको छ, ‘तिहार मनाउनेगरी गाउँ जान पाए हुन्थ्यो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

फिल्म ‘हिट र फ्लप’को लेखाजोखासँग उनीहरुको कुनै साइनो–सम्बन्ध छैन। उनीहरुलाई आफूहरुले अभिनय गरेको फिल्मबारे अरुले के भन्लान्? भन्ने चासो मात्रै छ।

_x000D_ _x000D_

पूरा फिल्म उनीहरुले पनि हेर्न पाएका छैनन्। ट्रेलर हेरेर ‘राम्रो गरेकी छौ’ भन्दा उनीहरुलाई खुसी लागिरहेको छ। पूरै फिल्ममा कस्तो गरियो होला भन्ने व्यग्र प्रती भने उत्तिकै छ। 

_x000D_ _x000D_

उनीहरुको हिरोइन यात्रालाई लिएर के भन्छन् त गाउँलेहरु?

_x000D_ _x000D_

‘कुणा बुझ्न्याँ राम्रो गर्‍यौ (कुरा बुझ्नेले राम्रो गर्‍यो) भन्छन्, नबुझन्याँ बुवाआमालाई छोरीलाई हिरोइन बन्न नपठाऊ भन्छन्,’ जवाफ दिन शर्मिला अघि सरिन्।

_x000D_ _x000D_

रेखा थापाका फिल्म खासै नहेरेकी यी किशोरीलाई पर्दाकी रेखाबारे उति जानकारी छैन। हिरोइनका रुपमा रेखा देखेकै छैनन्। तर, उनीहरुको नजरमा रेखा ‘हिरो’ हुन्। रेखाजस्तै साहसी बन्ने उनीहरुको चाहना छ।

_x000D_ _x000D_

मालिकाको ट्रेलर

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज विदेशी मुद्राको विनिमय दर कति ?
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्