• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौंमा जाजरकोटकी ‘हिरुनी’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०१:१३
1140x725

‘कैले आयाउ काठमान्डू?’

_x000D_ _x000D_

कमला वलीले आश्चर्यवाचक जिज्ञासु नजर शर्मिला रावलको अनुहारतिर फ्याँकिन् र मुस्कुराइन् मात्रै।

_x000D_ _x000D_

बिरानो मान्छे र बिरानै बोली मात्रै भेटिइरहेका काठमाडौंमा आफ्नो जस्तै लबजमा बोल्ने मान्छे भेटिँदाको हेराइ थियो त्यो। 

_x000D_ _x000D_

‘हिरुनी भयाछ्यौ, कसो लाग्याको छ (हिरोइन हुनुभएछ, कस्तो लागेको छ) ?’ मैले दोस्रो प्रश्न गरेँ।

_x000D_ _x000D_

दुवै जना किशोरीको अनुहारमा रहेको लज्जाको पर्दा केही हट्यो। उनीहरु त्यसपछि सकेसम्म नेपाली (तर, कहीँ खस भाषाको मिसावट) मा बोले। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कमला र शर्मिला अर्थात् रेखा थापाको फिल्म ‘मालिका’का कलाकार। कात्तिक १६ गते रिलिज हुने उक्त फिल्ममा कमलाले मुख्य कलाकारकै रुपमा अभिनय गरेकी छिन् भने शर्मिला दुलहीको भूमिकामा छिन्। 

_x000D_ _x000D_

जाजरकोटको कालिगाउँकी कमला र लाहाकी शर्मिला फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएदेखि नै गाउँमा ‘सेलिब्रिटी’ भइसकेका छन्। फिल्म आगामी शुक्रबार रिलिज हुने भएकाले काठमाडौं  आएदेखि नै उनीहरु असाध्यै व्यस्त छन्। एकातिर उनीहरुले आफ्नो फिल्मको प्रचार गर्नुछ भने अर्कातिर अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

समयले सेलिब्रिटी बनेका उनीहरुलाई ‘सेलिब्रिटी’को अर्थ थाहा छैन। परिस्थितिले हिरोइन बनेका उनीहरुलाई न यसअघि कहिल्यै हिरोइन बन्नु थियो, न यसपछि। 

_x000D_ _x000D_

केही वर्षअघि मात्रै बिजुली पुगेको जाजरकोटको कालिगाउँमा अझै टिभी पुगेको छैन। इन्टरनेट पुग्ने कुरै भएन। त्यसैले कमलालाई फिल्ममा अभिनय गरिरहँदासम्म पनि फिल्म के हो थाहा थिएन, अझै राम्रोसँग छैन।

_x000D_ _x000D_

फिल्ममा अभिनय गरेपछि ‘फिल्म हेर्नुपर्छ’ कसैले भनिदियो। केही नेपाली फिल्म हेर्ने प्रयास गरिन् तर उनलाई रमाइलै लागेन।
_x000D_  
_x000D_ कमलाले आफ्नो गाउँको अवस्थाबारे जानकारी दिइरहेकी थिइन्। यहीबीच प्रश्न गरियो, ‘अब त भोलि गईकन हिरुनी बन्न्या होला त (अब हिरोइन नै बन्ने होला नि)?

_x000D_ _x000D_

कमलालले 'नाइँ' संकेतमा टाउको हल्लाइन्। 

_x000D_ _x000D_

क्या बन्न्या त? फेरि प्रश्न गरियो। 

_x000D_ _x000D_

‘टिचर,’ उनले आत्मविश्वासका साथ भनिन्।

_x000D_ _x000D_

कर्णाली र सुदूर गाउँका हिरो/हिरोइन अहिले पनि शिक्षक/शिक्षिका नै हुन्। उनको रोलमोडल पनि शिक्षिका नै छन्। शिक्षिका बन्न त्रिभुवन उच्च माध्यामिक विद्यालयमा नेपाली र स्वास्थ्य विषय लिएर कक्षा ११ पढिरहेकी छिन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘फिलिम नेदेख्याकी मान्छे क्याहरी फिल्म खेल्याउ (फिल्म नदेखेकी मान्छेले कसरी फिल्म खेल्नुभयो) ?’ फिल्ममा आउनुको कमलाको कथा जान्न चाहेँ।

_x000D_ _x000D_

‘म सात्यासात खेल्न लाग्याकी थिएँ (साथीसँग खेलिरहेकी थिएँ)। नरबहादुर सर (फिल्मका निर्माता नरबहादुर कार्की) ले मलाई बोलाएर फिल्म खेल्ने हो? भनेर सोध्नुभयो,’ उनले सुरु गरिन्।

_x000D_ _x000D_

फिल्मबारे जानकारी नभएकी उनले ‘नाइँ’ भनेपछि निर्माता कार्कीले उनका बुवाआमासँग सल्लाह गरे। सुरुमा छोरीलाई फिल्ममा अभिनय गराउन राजी नभए पनि पछि एक सर्तमा उनीहरु राजी भए। सर्त थियो– फिल्ममा अभिनय गरे पनि कमलाको पढाइ बिगार्न नपाउने।

_x000D_ _x000D_

एसइई दिइसकेकी कमलाले त्यहीबीच फिल्म ‘मालिका’मा अभिनय गरिन्।

_x000D_ _x000D_

‘फिल्म नहेर्‍याकी मान्छेकन अभिनय गर्न कसरी आयो?’ मैले जिज्ञासा राखेँ। 

_x000D_ _x000D_

‘रेखा दिदीले जसोजसो गर् भनेर सिकाउनुभयो। मैले त्यसै गर्‍याँ,’ कमलाले भनिन्। देखे–भोगेअनुसार नै गर्नुपर्ने भएकाले अभिनय गर्न उनलाई खासै अप्ठ्यारो भएन।

_x000D_ _x000D_

 
_x000D_ साथी शर्मिलालाई भने निर्माता कार्कीले कम्प्युटर इन्स्टिच्युटमा भेटेका हुन्। सुरुमा उनले पनि अस्विकार गरेकी थिइन् अभिनय गर्न। पछि अरुले अवसरका रुपमा अर्थ्याएपछि राजी भइन् र उनको आमाबुवा पनि सहमत भए।

_x000D_ _x000D_

यी दुवैले फिल्म त्यति नहेरे पनि रेखा थापाको नाम भने सुनेका रहेछन्। त्यसैले उनीहरु एक हदसम्म तयार भए। 

_x000D_ _x000D_

‘बाल विवाहविरुद्ध फिल्म बन्न्याँ भन्यापछि मलाई अझ राम्रो लाग्यो,’ बाल क्लबकी कोषाध्यक्षका रुपमा काम गरिसकेकी शर्मिलाले भनिन्। सुदूर–कर्णालीका ग्रामीण इलाकामा बालविवाह पूर्ण रुपमा हटेको छैन। उनीहरुकै एक साथीले कक्षा ६ मा पढ्दै विवाह गरेको उनीहरुले देखेका छन्। आफू सरहका वा बहिनी उमेरकाले विवाह गरेर पाएका दुःख नजिकबाट देखेका छन्।

_x000D_ _x000D_

यी दुवैको लक्ष्यमध्येको एक बालविवाह विरुद्धकी अभियन्ता बन्ने पनि हो। कमलाले भनिन्, ‘पहिला दुर्गममा बाल विवाहविरुद्ध आवाज उठाएर देशव्यापी बनाउने सोच छ।’ तर, शिक्षिका भने उनलाई बन्नु नै छ। शर्मिला भने अहिलेदेखि लोकसेवा आयोगको तयारीमा छिन्। उनको अहिलेको सपना खरीदार बन्ने हो। 

_x000D_ _x000D_

गाउँमै जन्मेहुर्केकी कमलाले केही दिनअघि मात्र पहिलोपल्ट काठमाडौं टेकिन्। रिलिजको संघारमा रहेको फिल्म ‘मालिका’को प्रचारका लागि उनीहरु यहाँ ल्याइपुर्‍याइएका हुन्। 

_x000D_ _x000D_

काठमाडौंका लागि गाडी चढिरहँदा भर्खर १५ वर्ष टेकेकी कमलालाई नयाँ ठाउँ देख्ने उत्साह त थियो तर त्यो भन्दा बढी थियो डर। जति गाडीले रफ्तार पकड्दै गयो, त्यति नयाँ ठाउँ देख्दै गइन्। उनलाई अत्यास लाग्दै गयो।

_x000D_ _x000D_

काठमाडौं आएपछि उनले ठाउँ मात्रै होइन, आफैंलाई पनि नयाँ महसुस गरिरहेकी छिन्। सधैं कुर्तासलवार लगाउने उनी पाइन्ट-कोटमा ठाँटिनुपरेको छ। हरेक दिन नौला मान्छे भेटिरहेकी छिन्। नौला कुरा सुनिरहेकी छिन्। नयाँ खानाको स्वाद लिइरहेकी छिन्। 

_x000D_ _x000D_

तर, यी कुरामा मन भुल्न सकेको छैन उनीहरुको। तिहार नजिकिइरहेको छ। कमला र शर्मिलाको आँखामा पोहोरका तिहारमा गरेको रमाइलोका दृश्य झलझली नाँचिरहेका छन्। कमलालाई लागेको छ, ‘तिहार मनाउनेगरी गाउँ जान पाए हुन्थ्यो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

फिल्म ‘हिट र फ्लप’को लेखाजोखासँग उनीहरुको कुनै साइनो–सम्बन्ध छैन। उनीहरुलाई आफूहरुले अभिनय गरेको फिल्मबारे अरुले के भन्लान्? भन्ने चासो मात्रै छ।

_x000D_ _x000D_

पूरा फिल्म उनीहरुले पनि हेर्न पाएका छैनन्। ट्रेलर हेरेर ‘राम्रो गरेकी छौ’ भन्दा उनीहरुलाई खुसी लागिरहेको छ। पूरै फिल्ममा कस्तो गरियो होला भन्ने व्यग्र प्रती भने उत्तिकै छ। 

_x000D_ _x000D_

उनीहरुको हिरोइन यात्रालाई लिएर के भन्छन् त गाउँलेहरु?

_x000D_ _x000D_

‘कुणा बुझ्न्याँ राम्रो गर्‍यौ (कुरा बुझ्नेले राम्रो गर्‍यो) भन्छन्, नबुझन्याँ बुवाआमालाई छोरीलाई हिरोइन बन्न नपठाऊ भन्छन्,’ जवाफ दिन शर्मिला अघि सरिन्।

_x000D_ _x000D_

रेखा थापाका फिल्म खासै नहेरेकी यी किशोरीलाई पर्दाकी रेखाबारे उति जानकारी छैन। हिरोइनका रुपमा रेखा देखेकै छैनन्। तर, उनीहरुको नजरमा रेखा ‘हिरो’ हुन्। रेखाजस्तै साहसी बन्ने उनीहरुको चाहना छ।

_x000D_ _x000D_

मालिकाको ट्रेलर

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्