बुटवल– रूपन्देहीको देवदहमा गोली लागेर एक युवा घाइते भएका छन् ।
देवदह नगरपालिका वडा नम्बर ५ खैरेनीका दीपक खरेल भन्ने दुर्गाप्रसाद खरेलले चलाएको गोली लागेर बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलनचोकका २२ वर्षीय रायन खत्री घाइते भएका हुन् ।
गोली हान्ने खरेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले खरेलसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा देवदह ५ का ३८ वर्षीय कमल शर्मा र देवदह ५ कै १८ वर्षीय कमल खरेल पक्राउ परेका डीएसपी चन्दले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले एउटा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।