काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ कहिले दिनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारलाई प्रश्नहरूको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरे ।
सांसद राईले भने, ‘सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’
उनले गत १० गतेको जिम्मेवारी अहिलेसम्म पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।