• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अन्तर्जातीय विवाहले जनप्रतिनिधि बनेकी तारादेवी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  ०१:११
1140x725

इटहरी– प्रदेश नं १ को नमुना गाउँपालिका हो झापाको कमल गाउँपालिका। किनकि प्रदेश १ भरि एक मात्र महिला प्रमुख रहेको गाउँपालिका हो यो। गाउँपालिका जस्तै छन्, यहाँका जनप्रतिनिधि पनि। मेनुका काफ्ले अध्यक्ष रहेको गाउँपालिकामा अन्तर्जातीय प्रेम विवाह गरेकै कारण जनप्रतिनिधि भएकी तारादेवी बोगटी पनि सक्रिय छिन् यहीँ। भट्टराई बाहुनकी छोरी तारादेवीले बोगटी (सार्की) थरका अजितकुमारसँग ३४ वर्ष अगाडि अन्तर्जातीय विवाह गरेकी हुन्।

_x000D_ _x000D_

उच्च मध्यम वर्गीय परिवारमा हुर्किएकी तारादेवीको परिवारमा छोरीले पनि पढ्नुपर्छ भन्ने वातावरण बनिसकेको थियो। ३ कक्षा सम्म भारतको कालेबुङमा पढेकी उनी नेपाल फर्किएर एकै पटक ५ कक्षामा भर्ना भएकी थिइन्। त्यसले पनि उनलाई पढाइमा केही समस्या परिरहेको थियो। त्यही बेला अजितकुमार पनि भारतको आसामबाट नेपाल फर्किएका थिए। उनी सोही गाउँमा ट्युसन पढाउने काम गर्थे। करिब ६ महिना लामो ट्युसन कक्षापछि अजितकुमारले तारादेवीलाई एक पत्र थमाए। जसमा 'तिमीलाई म मन पराउँछु। तिमीले मलाई साथ दिनुपर्छ' भन्ने व्यहोरा उल्लेख गरिएको थियो। यो सुनाउँदा अहिले पनि तारादेवी अनुहारमा लाजको रेखा झल्किन्छ। 

_x000D_ _x000D_

१६ वर्षको किशोर अवस्थामा उनी आफ्नै शिक्षकको प्रेममा परेकी थिइन्।

_x000D_ _x000D_

विस्तारै उनलाई पनि आकर्षण बढ्न थाल्यो। नभन्दै केही दिनमै उनले पनि ‘म तपाईंलाई साथ दिन्छु, तर गाउँमा हल्ला नगर्नुहोला’ भन्ने आशयको पत्र पठाइन्। त्यसपछि उनीहरूबीच पत्रमार्फत प्रेमका बात हुन थाले। 

_x000D_ _x000D_

यो समाजले हामीलाई स्वीकार गर्न सक्दैन भन्ने उनीहरू दुवैलाई लागेको थियो। दलितको छोराले बाहुनकी छोरी विवाह गर्नु कल्पनाबाहिरको कुरा थियो।

_x000D_ _x000D_

पञ्चायती शासन व्यवस्था त्यसमाथि पनि जातीयताको चरम विभेदले उनीहरूको प्रेम सम्बन्धलाई जति बेला पनि सिध्याइदिन सक्थ्यो। एक अर्काप्रतिको विश्वास र अथाह प्रेमको अगाडि समाजको नियम र पञ्चायती शासन फिक्का भइदियो। 

_x000D_ _x000D_

नभन्दै ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने उनीहरूले साहस गरे। २०४१ सालमा तारादेवी १९ वर्षकी थिइन्। २० वर्षमा विवाह गर्न हुँदैन भन्ने विश्वासको कारण अगाडि नै भागेको उनी सुनाउँछिन्। 'कसैले चाल नपाउने गरी झापाको सीतापुरस्थित छिमेकीको आफन्तकहाँ तीन महिना बस्यौं,' तारादेवी सम्झिन्छिन्।

_x000D_ _x000D_

जातीयताको चरम विभेद भएको बेला अन्तर्जातीय विवाह गर्नु चानचुने कुरा थिएन। ‘त्यो बेला कसैले पोल लागाइदिएको भए वा प्रहरीले चाल पाएको भए हामीलाई जेल हाल्न सक्ने सम्मको अवस्था थियो,’ उनी भन्छिन्, ‘समाजमा सबैले हेयको दृष्टिले हेर्ने गर्थे। बाहुनकी छोरी भएर सार्कीसँग विवाह गरेकी भन्नेदेखि भट्टराई बाहुनको नाक काटी भन्नेसम्म थिए।’

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यसबेलादेखि अहिलेसम्म आफ्नो समान धारणा रहेको उनी बताउँछिन्। ‘मान्छे एउटै हो, तर यो समाजले बीचमा विभाजन ल्याउने काम गरिरहेको छ। कसैमाथि विभेद गर्नु पाप हो,’ उनी भन्छिन्, ‘दलित भनेको समाजबाट हेपिएको र दमित भएको वर्ग हो बरु यस वर्गको उत्थान गर्नुपर्नेमा झन् विभेद बढिरहेकोमा चिन्ता लाग्छ।’ 

_x000D_ _x000D_

उनको परिवार अहिले सुखी छ खुसी देखिन्छ। सुरुदेखि नै परिवारमा कुनै समस्या नआएको उनले बताइन्। 

_x000D_ _x000D_

समाजले बहिष्कार गर्नेदेखि जन्मदिने बाबुआमाको माया नपाउने अवस्थासम्म पुग्दासमेत उनलाई हीनताबोध भने भएन। बरु यो समाजको नियमै गलत भएकाले यस्तो भएको उनको बुझाइ छ। उनी अझैसम्म पनि पछुतो मान्दिनन्। ‘विवाह गर्नुभन्दा अगाडि सबै मानिस उस्तै हुन् भन्ने लाग्थ्यो। मैले अन्तर्जातीय विवाह नगरेको भए जनप्रतिनिधि हुन पाउने थिइनँ,’ उनी भन्छिन्, ‘आफ्ना बुबाआमाको किरिया गर्न नपाउनु जस्तो ठूलो सजाय केही होइन तर बिनाअपराध लगाइने त्यस्ता सजायको विरुद्धमा नलागी हुँदैन।’

_x000D_ _x000D_

सानो उमेरदेखि नै क्रान्तिकारी देखिने उनी ५ कक्षामा पढ्दादेखि नै राजनीति बुझ्न थालिसकेकी थिइन्। तत्कालीन नेकपा एमालेका नेताहरूले सामाजिक विभेदको अन्त्य गरी वर्गीय समानता कायम गर्ने भाषण सुनेर त्यसैबाट प्रभावित भएको उनी सुनाउँछिन्। विवाहपछि विभिन्न समस्याले गर्दा राजनीतिक निरन्तरतामा अवरोध आएको उनको भनाइ छ। तथापि उनी ‘नेपाल उत्पीडित जातीय मुक्ति समाज’को मेची अञ्चल कमिटीको सदस्य समेत भइन्।

_x000D_ _x000D_

अहिले उनी लड्ने स्थानमै पुगेकी छिन्। 

_x000D_ _x000D_

कमल गाउँपालिकामा दलित महिला कोटाका गाउँकार्यपालिका सदस्य भएकी छिन् तारादेवी। उनी आफै न्यायिक समितिकी सदस्य पनि हुन्। पहिला उनले भोगे जस्तै समस्या लिएर महिलाहरू उजुरी गर्न आउने गरेको उनी सुनाउँछिन्। पहिला प्रेम विवाह गर्ने र पछि परिवारले मानेन भन्दै डिभोर्स गर्न खोज्ने मुद्दाहरू बढ्दै गएको उनी बताउँछिन्।  

_x000D_ _x000D_

_x000D_ _x000D_

विवाहको ११ वर्षपछि मात्र उनी माइत गइन्। अहिले पनि बुबाआमा राम्ररी बोल्न नखोज्ने र अरू बहिनीलाई भन्दा कम वास्ता गर्ने गरेको उनको भनाइ छ। तर उनका श्रीमान् अझैसम्म ससुराली गएका छैनन्। घरभित्र छिर्दा आनाकानी गर्ने र खाना दिनेदेखि बोल्ने कुराहरूमा समेत धेरै भिन्नता पाएको उनी सुनाउँछिन्। 

_x000D_ _x000D_

अन्तर्जातीयताको कहानी उनको जोडीमा मात्र होइन। उनको छोरा बुहारीमा पनि लागू भयो। छोरा अशोक बोगटीले सम्झना चौधरीसँग विवाह गरेका छन्। अशोक विद्युत् प्राधिकरण बिर्तामोडमा सुब्बा छन् भने सम्झना खाद्यसंथान बिर्तामोडमा सुब्बा पदमै छिन्।

_x000D_ _x000D_

एक ब्राह्मण परिवारमा हुर्किएकी तारादेवीको अन्तर्जातीय प्रेम विवाह सामाजिक विभेद विरुद्धको गतिलो झापड भएको छ। जसको कारण उनी जनप्रतिनिधि हुने अवसर पाउन सफल भएकी छिन्। त्यति मात्र होइन उनी जस्तै अन्तर्जातीय विवाह गरेर अन्यायमा परेकाहरूको उद्धार गर्ने निकायमा उनको सहभागिता छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  ०१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्