• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘हर्के हबल्दार’ पाराले हटाइयो, १, २, ३ गरेर गल्ती देखाइदिनु परो : एसपी विष्ट

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०७५  १६:१५
1140x725

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै गृह मन्त्रालयले बिहीबार कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाएको छ। बालिका हराएदेखि नै प्रहरीले लापरबाही गरेको आरोप लाग्दै आएको थियो। गृह मन्त्रालयले निलम्बन गर्दै अन्ततः यी दुई प्रहरी अधिकृतलाई सेवाबाट हटाएको छ। विष्टलाई लागेको आरोप र अब उनले के गर्छन् भन्नेबारे नेपाल लाइभका सहकर्मी नारायण अधिकारीले एसपी विष्टसँग कुराकानी गरेका छन्।

_x000D_ _x000D_

गृह मन्त्रालयले तपाईलाई सेवाबाट हटाएको पत्र पाउनुभयो ?
_x000D_ पाएँ।

_x000D_ _x000D_

यसमा तपाईको प्रतिक्रिया के छ?
_x000D_ जुन आरोप लगाएर मलाई हटाइएको छ, त्यसमा म सन्तुष्ट छैन। ती आरोपमा कुनै प्रमाण छैनन्।आरोपको मैल जवाफ पनि दिइसकेको छु। कान्तिपुर टिभीमा आउने हर्के हबल्दार पाराले अनुसन्धान गरेर मलाई सेवाबाट हटाइएको छ। यसमा मेरा आपत्ति छ। घटनालाई सिरियस्ली बुझ्ने काम भएन। 

_x000D_ _x000D_

अब के गर्नु हुन्छ?
_x000D_ कानूनी उपचारमा जान्छु। अहिले त्यही प्रोसेसमा छु। पहिला नेपाल सरकार मन्त्रीपरिषदमा पुनरावेदन गर्नुपर्ने प्रावधान रहेछ। त्यहाँ पुनरावेदन गर्छु। त्यसबाट पार नलागेपछि अदालत जाने बाटो छँदैछ। अदालत जान्छु। 

_x000D_ _x000D_

निलम्बन परेदेखि अहिलेसम्मको तपाईको दैनिकी कस्तो रह्यो?
_x000D_ बिहान ८ बजे नै हेडक्वाटर पुग्नुपर्दथ्यो। पछि एकेडेमी जान थालियो। बेलुका ७/८ बजे फर्किइन्थ्यो। कसैलाई भेट्ने समय पनि हुँदैन थियो। दिनभरी हेडक्वाटर र एकेडेमीमा बस्नुपर्ने थियो। एउटा राष्ट्रसेवकलाई यताबाट पनि हैरानी, उताबाट पनि हैरानी थियो। निलम्बनमा परेको दिनदेखि नै मैले कष्टकर जीवन बिताउँदै आएको छु। 

_x000D_ _x000D_

प्रहरीको इतिहासमा मेरा लागि यो कहिल्यै नबिर्सिने क्षण भयो। न मेरो काठमाडौंमा घर छ, न कोही छ। न कँही बस्ने ठाउँ छ। गेष्ट हाउसमा बसेको तीन महिना भइसक्यो।  एउटा सादा जीवन बिताइरहेको व्यक्तिलाई काठमाडौंको महल बसेर कञ्चनपुरको कुना काप्चा थाहा पाउने तपाईहरुले खोज्नु परो अब यर्थाथ के हो?

_x000D_ _x000D_

सेवाबाट हटाउनुको कारण पत्रमा पक्कै लेखेको होला। के रहेछ हटाउनुको कारण चाँहि?
_x000D_ तीन/चार वटा कारण उल्लेख गरिएको छ। खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको, बलात्कार तथा हत्याका प्रमाण नष्ट गरेको, बालिका पन्तको गुप्ताङ्ग पखालेको, नेपालमै नरहेको बाबुको दस्तखत गराएको, अन्त्येष्टि गर्न पीडितलाई दबाब दिएको र अत्याधिक बल प्रयोग गरी गोली चल्ने वातावरण बनाएको भन्ने उल्लेख छ।

_x000D_ _x000D_

तपाईलाई लागेका यी आरोपका उत्तर छन् तपाईसँग?
_x000D_ उत्तर किन नहुन नि? एक/एक उत्तर मसँग छन्। केही आरोप मसँग सम्बन्धित समेत छैनन्। पहिलो कुरा अनुसन्धामा लापरबाही गरेको प्रमाण नष्ट गरेको भन्ने छ। जानी/नजानी गल्ती पक्कै भएको छ। मैले घटनास्थलमा प्रहरी टोली पठाएको हुँ। तर मैले प्रमाण नष्ट गर्नु भनेर टोली पठाएको हो र? घटनास्थलमा गएको कुनै अफिसर त्यस्तो भनेका छन् र? 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यत्रो घटना हुँदा तपाई आफै चाहिँ किन घटनास्थल जानु भएन नि?
_x000D_ एक जना डिएसपी, २ जना इन्स्पेक्टर, ४ जना सई, अनुसन्धान टोली, सोको टिम एउटा घटनास्थलमा खटिनु भनेको सानो टिम हो? त्यो सबै जिल्लाको टोली नै गएको होइन र? म मात्रै पो गइन त, म भन्दा तलका त सबै गए। एउटा घटनामा यत्रो टिम खटिनु भनेको सानो कुरा होइन।

_x000D_ _x000D_

लास नबुझे यो गर्छु, त्यो गर्छु भनेर दबाब दिएर जलाउन लगाइयो भन्ने आरोप पनि छ नि!
_x000D_ यसमा एक रत्ति पनि सत्यता छैन। दबाब दिने भए ४ दिन किन कुराएर किन राख्थ्यौं? त्यसै दिन जलाउन लगाउँथ्यौं नि! जिल्ला प्रशासनमा लिखित सहमति भएपछि लास जलाएको हो  ७ नम्बर प्रदेशसभा सदस्य माननीय प्रकाश रावलको उपस्थितिमा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी र पीडितका आफन्तहरुबीच १३ गते बेलुका लिखित सहमति भएपछि मात्रै १४ गते दाहसंस्कार गरिएको हो। लिखित सहमतिअनुसार नै दाहासंस्कार भएको हो। तीन दिनसम्म छलफल गरेर दाहसंस्कार गर्दा पनि दबाब हुन्छ र? 

_x000D_ _x000D_

अनि नेपालमै नभएको मान्छेको दस्तखत चाहिँ कसरी गराउनु भयो नि?
_x000D_ घटनास्थलमा साइकल र कापी फेला परेको थियो। त्यो निर्मलाकै हो भनेर १० गते सनाखत भयो। सनाखतमा आमा र बाबु दुबैको नाम राखिएको थियो। आमाले दस्तखत गरिन्। बाबुको दस्तखत गर्ने बेला उनी भारतमा भएको थाहा भयो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

१२ गते निर्मलाको बुबा आएपछि दस्तखत गरिएको हो। अघिल्लो दिन अरुले दस्तखत गरेकाले अघिल्लै दिनको मिति राखिएको थियो। भोलिपल्ट निर्मलाका बुबा अाएपछि दस्तखत गराइएको थियो।भएको सत्य कुरा यही हो। यिनै सानातिना टेक्निकल त्रुटीलाई टेकेर ठूलो इस्यु बनाइयो। आखिर दस्तखत कीर्ते होइन, सम्बन्धित मान्छेकै हो। 

_x000D_ _x000D_

हत्यापछिको अनुसन्धानमा लापरबाही भयो भन्ने पनि छ नि?
_x000D_ हामीले मान्छे शंकास्पद मान्छे समात्दै, ल्याउँदै, बुझ्दै, छोड्दै अनुसन्धान गरिरहेकै थियौं। अनुसन्धान प्रगति उन्मुख पनि थियो। हामी दाबाका साथ भन्थ्यौं कि हामी यो अनुसन्धान पूरा रुपमा हामीलाई गर्न दिएको भए हत्यारा पत्ता लगाएरै छाड्थ्यौं। मेरो लापरबाही कहाँनेर भयो? १, २, ३ गरेर देखाउनु परो नि! त्यसै आरोप मात्रै लगाएर हुन्छ?

_x000D_ _x000D_

एउटा अनुसन्धान अधिकृत खटाएको बाहेक मैल त्यो घटनामा प्रत्यक्ष के लापरबाही गरेको छु?  मैले अनुसन्धानका लागि टिम खटाउँदै लापरबाही हुने हो र? कि मैले लापरबाही गर्नु भनेर पठाएको छु भने कुनै प्रहरीले भन्न सक्नु परो। 

_x000D_ _x000D_

हामी असक्षम भयौं ठीक छ, नालायक भयौं त्यो पनि ठीक छ। तर परिणाम खै त? देखाउनु  परो नि! हामी अझै सहयोग गछौं। गरिरहेकै छौं। हामीले छाडेपछि पनि धेरै अनुसन्धान समिति गठन भए। खोई प्रगति विवरण? खोई परिणाम?

_x000D_ _x000D_

आन्दोलनमा बल प्रयोग त गरेकै हो नि तपाईले, होइन र? 
_x000D_ साउन १ गते नगरपालिकाले कर बढाउने निर्णय गरेको थियो। २ गतेदेखि त्यसको विरोधमा नाराजुलुस भयो। नगरपालिका विरुद्ध ठूलो नाराबाजी भयो, जुलुस भयो। नागरिकको सुरक्षा र सरकारी सम्पत्तिको सुरक्षा गर्नु प्रहरीको दायित्व हो। डा. गोविन्द केसीको पक्षमा पनि त्यतिबेलै आन्दोलन भएको थियो। आन्दोलनले उग्र रुप लिएपछि राज्यको उपस्थित देखाउनु पर्ने जिम्मेवारी हामीमा थियो।

_x000D_ _x000D_

सिठी फुकेको भरमा, सामान्य लाठी चार्ज गरेको भरमा त्यो सबै अान्दोलन प्रहरीले सफलतापूर्वक नियन्त्रण गर्न सक्यो। त्यतिबेलासम्म 'प्रहरी मेरो साथी' थियो। त्यसपछि प्रहरीविरुद्ध नै आन्दोलनकारी खनिन थाले। आन्दोलनमा सामान्य हस्तक्षेप त भएकै हो। 

_x000D_ _x000D_

डेढ महिनासम्म मैले आन्दोलन थेगेको हुँ, मात्रै लाठी चार्ज र सिठी फुकेर। म हिँडेको दोस्रो दिन किन गोली चल्यो? किन मान्छ मर्यो? अनि मलाई आन्दोलनमा दमन गरो भन्ने? सरकारले गल्ती गर्यो, प्रहरी संगठनले गल्ती गर्‍यो भन्ने होइन। सुझबुझले काम गरिदिनु परो भन्ने मेरा आग्रह हो। भीडको कुरा र अनुसन्धानका कुरा मेल खान्छन् भन्ने हुँदैन। त्यो कुरा बुझ्नु परो। हर्के हबल्दार पाराले काम गर्नु भएन भन्ने हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ
बाराको सिमराबाट एक बालिका बेपत्ता
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्