• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘हर्के हवल्दार’ पाराले हटाइयो, १-२-३ गरेर गल्ती देखाइदिनुपर्‍यो : एसपी विष्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०७५  १६:०३
1140x725

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै गृह मन्त्रालयले बिहीबार कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाएको छ। बालिका हराएदेखि नै प्रहरीले लापरबाही गरेको आरोप लाग्दै आएको थियो। गृह मन्त्रालयले निलम्बन गर्दै अन्ततः यी दुई प्रहरी अधिकृतलाई सेवाबाट हटाएको छ। विष्टलाई लागेको आरोप र अब उनले के गर्छन् भन्नेबारे नेपाल लाइभका सहकर्मी नारायण अधिकारीले एसपी विष्टसँग कुराकानी गरेका छन्।

_x000D_ _x000D_

गृह मन्त्रालयले तपाईलाई सेवाबाट हटाएको पत्र पाउनुभयो?
_x000D_ पाएँ।

_x000D_ _x000D_

यसमा तपाईको प्रतिक्रिया के छ?
_x000D_ जुन आरोप लगाएर मलाई हटाइएको छ, त्यसमा म सन्तुष्ट छैन। ती आरोपमा कुनै प्रमाण छैनन्।आरोपको मैल जवाफ पनि दिइसकेको छु। कान्तिपुर टिभीमा आउने हर्के हबल्दार पाराले अनुसन्धान गरेर मलाई सेवाबाट हटाइएको छ। यसमा मेरा आपत्ति छ। घटनालाई सिरियस्ली बुझ्ने काम भएन। 

_x000D_ _x000D_

अब के गर्नु हुन्छ?
_x000D_ कानूनी उपचारमा जान्छु। अहिले त्यही प्रोसेसमा छु। पहिला नेपाल सरकार मन्त्रीपरिषदमा पुनरावेदन गर्नुपर्ने प्रावधान रहेछ। त्यहाँ पुनरावेदन गर्छु। त्यसबाट पार नलागेपछि अदालत जाने बाटो छँदैछ। अदालत जान्छु। 

_x000D_ _x000D_

निलम्बन परेदेखि अहिलेसम्मको तपाईको दैनिकी कस्तो रह्यो?
_x000D_ बिहान ८ बजे नै हेडक्वाटर पुग्नुपर्दथ्यो। पछि एकेडेमी जान थालियो। बेलुका ७/८ बजे फर्किइन्थ्यो। कसैलाई भेट्ने समय पनि हुँदैन थियो। दिनभरी हेडक्वाटर र एकेडेमीमा बस्नुपर्ने थियो। एउटा राष्ट्रसेवकलाई यताबाट पनि हैरानी, उताबाट पनि हैरानी थियो। निलम्बनमा परेको दिनदेखि नै मैले कष्टकर जीवन बिताउँदै आएको छु। 

_x000D_ _x000D_

प्रहरीको इतिहासमा मेरा लागि यो कहिल्यै नबिर्सिने क्षण भयो। न मेरो काठमाडौंमा घर छ, न कोही छ। न कँही बस्ने ठाउँ छ। गेष्ट हाउसमा बसेको तीन महिना भइसक्यो।  एउटा सादा जीवन बिताइरहेको व्यक्तिलाई काठमाडौंको महल बसेर कञ्चनपुरको कुना काप्चा थाहा पाउने तपाईहरुले खोज्नु परो अब यर्थाथ के हो?

_x000D_ _x000D_

सेवाबाट हटाउनुको कारण पत्रमा पक्कै लेखेको होला। के रहेछ हटाउनुको कारण चाँहि?
_x000D_ तीन/चार वटा कारण उल्लेख गरिएको छ। खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको, बलात्कार तथा हत्याका प्रमाण नष्ट गरेको, बालिका पन्तको गुप्ताङ्ग पखालेको, नेपालमै नरहेको बाबुको दस्तखत गराएको, अन्त्येष्टि गर्न पीडितलाई दबाब दिएको र अत्याधिक बल प्रयोग गरी गोली चल्ने वातावरण बनाएको भन्ने उल्लेख छ।

_x000D_ _x000D_

तपाईलाई लागेका यी आरोपका उत्तर छन् तपाईसँग?
_x000D_ उत्तर किन नहुन नि? एक/एक उत्तर मसँग छन्। केही आरोप मसँग सम्बन्धित समेत छैनन्। पहिलो कुरा अनुसन्धामा लापरबाही गरेको प्रमाण नष्ट गरेको भन्ने छ। जानी/नजानी गल्ती पक्कै भएको छ। मैले घटनास्थलमा प्रहरी टोली पठाएको हुँ। तर मैले प्रमाण नष्ट गर्नु भनेर टोली पठाएको हो र? घटनास्थलमा गएको कुनै अफिसर त्यस्तो भनेका छन् र? 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यत्रो घटना हुँदा तपाई आफै चाहिँ किन घटनास्थल जानु भएन नि?
_x000D_ एक जना डिएसपी, २ जना इन्स्पेक्टर, ४ जना सई, अनुसन्धान टोली, सोको टिम एउटा घटनास्थलमा खटिनु भनेको सानो टिम हो? त्यो सबै जिल्लाको टोली नै गएको होइन र? म मात्रै पो गइन त, म भन्दा तलका त सबै गए। एउटा घटनामा यत्रो टिम खटिनु भनेको सानो कुरा होइन।

_x000D_ _x000D_

लास नबुझे यो गर्छु, त्यो गर्छु भनेर दबाब दिएर जलाउन लगाइयो भन्ने आरोप पनि छ नि!
_x000D_ यसमा एक रत्ति पनि सत्यता छैन। दबाब दिने भए ४ दिन किन कुराएर किन राख्थ्यौं? त्यसै दिन जलाउन लगाउँथ्यौं नि! जिल्ला प्रशासनमा लिखित सहमति भएपछि लास जलाएको हो  ७ नम्बर प्रदेशसभा सदस्य माननीय प्रकाश रावलको उपस्थितिमा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी र पीडितका आफन्तहरुबीच १३ गते बेलुका लिखित सहमति भएपछि मात्रै १४ गते दाहसंस्कार गरिएको हो। लिखित सहमतिअनुसार नै दाहसंस्कार भएको हो। तीन दिनसम्म छलफल गरेर दाहसंस्कार गर्दा पनि दबाब हुन्छ र? 

_x000D_ _x000D_

अनि नेपालमै नभएको मान्छेको दस्तखत चाहिँ कसरी गराउनु भयो नि?
_x000D_ घटनास्थलमा साइकल र कापी फेला परेको थियो। त्यो निर्मलाकै हो भनेर १० गते सनाखत भयो। सनाखतमा आमा र बाबु दुबैको नाम राखिएको थियो। आमाले दस्तखत गरिन्। बाबुको दस्तखत गर्ने बेला उनी भारतमा भएको थाहा भयो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

१२ गते निर्मलाको बुबा आएपछि दस्तखत गरिएको हो। अघिल्लो दिन अरुले दस्तखत गरेकाले अघिल्लै दिनको मिति राखिएको थियो। भोलिपल्ट निर्मलाका बुबा अाएपछि दस्तखत गराइएको थियो।भएको सत्य कुरा यही हो। यिनै सानातिना टेक्निकल त्रुटीलाई टेकेर ठूलो इस्यु बनाइयो। आखिर दस्तखत कीर्ते होइन, सम्बन्धित मान्छेकै हो। 

_x000D_ _x000D_

हत्यापछिको अनुसन्धानमा लापरबाही भयो भन्ने पनि छ नि?
_x000D_ हामीले मान्छे शंकास्पद मान्छे समात्दै, ल्याउँदै, बुझ्दै, छोड्दै अनुसन्धान गरिरहेकै थियौं। अनुसन्धान प्रगति उन्मुख पनि थियो। हामी दाबाका साथ भन्थ्यौं कि हामी यो अनुसन्धान पूरा रुपमा हामीलाई गर्न दिएको भए हत्यारा पत्ता लगाएरै छाड्थ्यौं। मेरो लापरबाही कहाँनेर भयो? १, २, ३ गरेर देखाउनु परो नि! त्यसै आरोप मात्रै लगाएर हुन्छ?

_x000D_ _x000D_

एउटा अनुसन्धान अधिकृत खटाएको बाहेक मैल त्यो घटनामा प्रत्यक्ष के लापरबाही गरेको छु?  मैले अनुसन्धानका लागि टिम खटाउँदै लापरबाही हुने हो र? कि मैले लापरबाही गर्नु भनेर पठाएको छु भने कुनै प्रहरीले भन्न सक्नु परो। 

_x000D_ _x000D_

हामी असक्षम भयौं ठीक छ, नालायक भयौं त्यो पनि ठीक छ। तर परिणाम खै त? देखाउनु  परो नि! हामी अझै सहयोग गछौं। गरिरहेकै छौं। हामीले छाडेपछि पनि धेरै अनुसन्धान समिति गठन भए। खोई प्रगति विवरण? खोई परिणाम?

_x000D_ _x000D_

आन्दोलनमा बल प्रयोग त गरेकै हो नि तपाईले, होइन र? 
_x000D_ साउन १ गते नगरपालिकाले कर बढाउने निर्णय गरेको थियो। २ गतेदेखि त्यसको विरोधमा नाराजुलुस भयो। नगरपालिका विरुद्ध ठूलो नाराबाजी भयो, जुलुस भयो। नागरिकको सुरक्षा र सरकारी सम्पत्तिको सुरक्षा गर्नु प्रहरीको दायित्व हो। डा. गोविन्द केसीको पक्षमा पनि त्यतिबेलै आन्दोलन भएको थियो। आन्दोलनले उग्र रुप लिएपछि राज्यको उपस्थित देखाउनु पर्ने जिम्मेवारी हामीमा थियो।

_x000D_ _x000D_

सिठी फुकेको भरमा, सामान्य लाठी चार्ज गरेको भरमा त्यो सबै अान्दोलन प्रहरीले सफलतापूर्वक नियन्त्रण गर्न सक्यो। त्यतिबेलासम्म 'प्रहरी मेरो साथी' थियो। त्यसपछि प्रहरीविरुद्ध नै आन्दोलनकारी खनिन थाले। आन्दोलनमा सामान्य हस्तक्षेप त भएकै हो। 

_x000D_ _x000D_

डेढ महिनासम्म मैले आन्दोलन थेगेको हुँ, मात्रै लाठी चार्ज र सिठी फुकेर। म हिँडेको दोस्रो दिन किन गोली चल्यो? किन मान्छ मर्यो? अनि मलाई आन्दोलनमा दमन गरो भन्ने? सरकारले गल्ती गर्यो, प्रहरी संगठनले गल्ती गर्‍यो भन्ने होइन। सुझबुझले काम गरिदिनु परो भन्ने मेरा आग्रह हो। भीडको कुरा र अनुसन्धानका कुरा मेल खान्छन् भन्ने हुँदैन। त्यो कुरा बुझ्नु परो। हर्के हबल्दार पाराले काम गर्नु भएन भन्ने हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्