• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब कथाले पाठककाे मस्तिष्कमा दंश गर्छ

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ०१:१५
1140x725

काठमाडाैं– कथाकार दिनमान गुर्मछानको मोबाइलको घन्टी बज्यो। लन्डनबाट लेखक विजय सापकोटाले गरेका रहेछन्।

_x000D_ _x000D_

दिनमानले फोन उठाएका मात्र के थिए, उताबाट लेखकले सुरुमै अनौठो कुरो सुनाए, ‘दिनमान जी आज मैले तपाईंको 'अनुहार' कथाको पात्रलाई भेटेँ नि!’ दिनमान आश्चर्यचकित भए।

_x000D_ _x000D_

‘घरमा धारा बिग्रिएको थियो। एकजना पञ्जाबी प्लम्बर आयो। ऊ इन्डियाबाट लन्डन गएको रहेछ,’ अलमलिइरहेका दिनमानलाई विजय सापकोटाले रहस्य खोले, ‘ऊसँग कुरा गर्दै जाँदा यस्तो लाग्यो कि ऊ तपाईको अनुहार कथाकै पात्र हो।’

_x000D_ _x000D_

केही महिना अघिको घटना उनी सुनाइरहेका थिए। म सामुन्ने बसेर उनको अनुहारको भाव पढ्न खोज्दै थिएँ।  उनी आफ्नो कथाको रहस्य खोल्दै थिए।

_x000D_ _x000D_

'भर्खरै जन्मिएको शिशु अचानक स्थानीयले भेट्टाउँछन्। कसैले बेवारिसे झैं छोडीदिएको बच्चालाई कस्को जिम्मा लगाउने भन्ने अलमल उनीहरूमा हुन्छ।

_x000D_ _x000D_

सबैले प्रहरी अधिकृतलाई बच्चा सुम्पिनु उचित ठान्छन्। उनको आफ्नो सन्तान नभएको कारणले शिशुको जिम्मा आफैंले लिन सहमत हुन्छन्।

_x000D_ _x000D_

प्रहरी पत्नीले पनि बच्चालाई सन्तान जसरी नै माया गरेर हुर्काउँछिन्। उनीहरूको आफ्नो सन्तान नहुनाले बालक माया ममतामै हुर्कन्छ।

_x000D_ _x000D_

यसरी हुर्कँदै गएको बच्चाको अनुहार विस्तारै प्रहरी अधिकृतको जस्तै भएर आउँदा स्थानीय अचम्ममा पर्छन्।  

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

एकदिन प्रहरी अफिसरको हातमा एउटा चिठ्ठी पर्छ र उनले चिठ्ठी खोलेर पढ्छन्। त्यहाँ लेखिएको कुराले उनी चकित हुन्छन्। उनले हुर्काइरहेको बच्चा त आफ्नै पो हुँदो रहेछ। 

_x000D_ _x000D_

जनयुद्धको समयमा प्रहरी अफिसरको एउटी युवतीसँग शारीरिक सम्पर्क भएको हुन्छ। उही युवतीबाट जन्मिएको बालक नै अफिसरको सन्तान रहेको प्रमाणित हुन्छ।'

_x000D_ _x000D_

कथाको सार यही छ। कसैले यस्तो पनि कतै हुन्छ र भनेर भन्न सक्छन्। तर,भइदियो पनि यस्तै। दिनमान  पुन: लन्डनबाट आएको फोन सम्झन्छन्, ‘विजय जीले भेट्नुभएको पात्रको जीवन र मेरो अनुहार कथामा समानता भेटेँ।’

_x000D_ _x000D_

पञ्जाबीको घटनाबारे विजय सापकोटाले फोनमा भनेका कुरा दिनमान सम्झन्छन्, ‘ऊ इन्डियामा हुँदा उसको घरको आँगनमा कसैले अबोध बच्चा छाडेर गएको रहेछ। निःसन्तान उनीहरुले भगवानको प्रसाद सम्झेर आफैंले बच्चा हुर्काए। बच्चा हुर्कँदै गयो।

_x000D_ _x000D_

बच्चाको कम्मरमा सानैदेखि एउटा लकेट लागाइएको थियो। सुरुमा त कसैले खोलेनन्। तर, जब बच्चा ठूलो भयो लकेट सानो र कसिन थाल्यो। कसिएको त्यो लकेट खोल्दा लकेटमा एउटा कागज बेरिएको थियो र कागजमा एउटा सानो चिठ्ठी थियो।

_x000D_ _x000D_

पञ्जाबी दम्पत्तिले कागजमा भएका सबै अक्षर पढ्दा छर्लङ्गै भयो। बच्चा त उसकै रहेछ। बच्चाको आमाले लकेटमा चिठ्ठी बेरेर चिठ्ठीसँगै बच्चा छाडेर गएकी रहिछ। चिठ्ठीमा त्यस पञ्जाबीलाई तथानाम गाली गरिएको थियो रे’ उनले पञ्जाबीको कथा सुनाए।  

_x000D_ _x000D_

उनी बाेल्दै गए, 'कथाकार विजय सापकोटाले भनेका थिए, ‘हेर्नुस् त कथामा कति ताकत हुँदो रहेछ! म त्यस पञ्जाबी प्लम्बरलाई भेटेर द‌ंग परेँ।’ यो कुरा सुनेर कथाकार दिनमान आफैं पनि छक्क परेका थिए। 

_x000D_ _x000D_

यसपछि हाम्रो कुराकानी मोडियो। केही समयअघि बजारमा आएको ‘दंश’ कथासंग्रहका कथाकार उनी। पाठकबाट आएका प्रतिकृयाबाट निकै उत्साहित देखिन्थे। उसो त बजारमा खोजीखोजी ‘दंश’ पढिन थालेको छ। हामी उतैतर्फ लाग्यौं। ‘नेपाली समाजलाई विभिन्न समस्याले डसेका छन्। यसबाट उम्कनु छ।’ कथाकार शान्त भावमा प्रवेश गरे,‘यहाँ शान्ति भड्किएको छ, हामी शान्तिको कामना गर्न सक्छौँ।’ 

_x000D_ _x000D_

दिनमान लेखकको जिम्मेदारीप्रति दृढ छन्। कथामा समस्या मात्र औंल्याइए भन्ने पनि भेटिन्छन्। तर, कतिपय समुदाय आफूले भोगिरहेको समस्याप्रति अनभिज्ञ छन्। त्यो समस्याको पहिचान गराउनु नै लेखकको पहिलो उद्देश्य हुनुपर्ने दिनमानको दाबी छ। उनी भन्छन् ‘कथामा मैले समस्या मात्रै औंल्याएको छैन, समस्याको पहिचान गराएको छु।’ 

_x000D_ _x000D_

वास्तविक समुदायको कथा
_x000D_ सर्लाहीको मुर्तियामा जन्मिएका दिनमान। तराईको समाजमा व्याप्त समस्यामा हुर्किएका उनी आफू थुप्रै समस्याको भागी भएको महसुस गरेका छन्। ‘तिनै समस्या लेखनको आधार बने’। उनी भन्छन्।

_x000D_ _x000D_

दिनमानकाे लेखनले तराईका निम्नवर्गीय मानिसप्रति सहानुभूति राखेको छ। उनका कथाका पात्र समाजका सजीवझैं लाग्छन्। पात्रका पीडा पनि सजीव छन्। उनी एउटा घटना सम्झन्छन्, ‘काभ्रेको पनौतीमा केही वर्षअघि प्रहरीबाट नै दुई युवती बलात्कृत भए। त्यस घटनाले म निकै आजित भएँ,’ गम्भीर भाव पुगेका दिनमान फेरि बाेले, ‘राष्ट्रको पहरेदार भनिने प्रहरीबाट नै महिला सुरक्षित नहुनु कति डरमर्दो कुरा हो।’

_x000D_ _x000D_

सोही घटनाले रन्थनिएपछि उनले 'दंश' कथा लेखे। 

_x000D_ _x000D_

जुनकथाले समाजमा महिलाको अवस्थाको प्रतिनिधित्व गर्छ। त्यसैगरी, महिलाको भूमिका समाजले नबुझेकोमा उनको चिन्ता छ। ‘महिलालाई समाजले नबुझ्नु कति डरमर्दो छ!’ उनी चिन्ता प्रकट गर्छन्। त्यसैले गम्भीर भएर उनले ‘चियाको बाफ’ कथा लेखे। कथामा यो संसार महिलाले नै थेगेका छन्, नारीविना सृष्टि नै चल्दैन, सहपात्रको रुपमा देखा परेको नारीको भूमिका पुरुषभन्दा धेरैमाथि छ भन्ने कुराको प्रमाण जुटाएका छन्। 

_x000D_ _x000D_

द्विविधामा लेखक

_x000D_ _x000D_

‘लेखनमा पात्र चयन गर्न निकै कठीन छ,’ दिनमान भन्छन्, ‘लेखकले पात्रसँग मित्रता गाँस्नु झन् चुनौतीपूर्ण छ।’ आफूले कथा लेख्दा पात्रलाई अन्यायमा पार्नु नहुने उनको बुझाइ छ। 

_x000D_ _x000D_

कथाभित्रका पात्र नै समाजका प्रतिनिधि पात्र हुने हुनाले लेख्दा ख्याल गर्नुपर्ने दिनमान बताउँछन्। ‘कहिलेकाँही कथामा पात्र अन्यायमा परेकी भन्ने डर हुन्छ,’ उनी लेखकको पीडा सुनाउँछन्, ‘फेरि पात्रलाई न्यायदिने क्रममा कथाको मूल सन्देश पनि त विगार्नु भएन।’

_x000D_ _x000D_

कथा लेख्छु भनेर लेख्दैमा कथाले पूर्णता नपाउने उनको दाबी छ। पटक पटक पात्रसँग संवाद गरेर, पात्रलाई सुहाउँदो परिवेश निर्माण गरेर उपयुक्त अवस्थाको सिर्जना भइसकेपछि मात्र कथाको आकार बन्ने उनको अुनभव छ। ‘कहिलेकाहीँ गरिब पात्रको कथा लेख्दा गरिबीलाई हेपेजस्तो नहोस्,’ उनी भन्छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पात्रलाई न्याय नगरेकै कारण कतिपय लेखकले मुद्धा खेप्नुपरेको घटना उनी सुनाउँछन्। त्यसैले लेख्छु भनेर मात्र कथा नलेखिने उनको धारण छ। लेखकमा जिम्मेवारी बोध हुनुपर्ने उनको दाबी छ। तर, यही जिम्मेवारीलाई बहन गर्न नसक्नाले नै समस्या निम्तने दिनमानको भनाइ छ।

_x000D_ _x000D_

भन्छन्, ‘समाजलाई नियालेर बुझ्न सक्नु नै जिम्मेवारी बोध हो।’ लेखकमा भएको संवेदनशीलताले नै जिम्मेवारी बोध गराउने उनको बुझाइ छ। 

_x000D_ _x000D_

पाठककाे मस्तिष्कमा दंश 

_x000D_ _x000D_

दिनमान अहिले काभ्रेकाे बनेपा बस्छन्। लेखनमा संघर्ष गरिरहेका उनलाई आफैंसँग दौड जित्नु छ। उनीमाझ केही पाठक गुनासो पनि गर्छन्, ‘आफ्नो जाति विशेषको कथा पनि लेख्नु पर्‍यो।’ तर, आफू नेपाली भएको कारण नेपालीको कथा लेखेको उनी बताउँछन्। आम नेपालीको जनजीवनको कथालाई उनी आफ्नो कथाको विषयवस्तु बनाउनुपर्ने ठान्छन्। 

_x000D_ _x000D_

सबै राष्ट्रिय पत्रिकामा उनका कथा छापिन्छन्। धेरैजसोले उनको कथा पढेका छन्। तर, उनी कुनै गुट, उपगुटमा आबद्ध छैनन्। उनी भन्छन्, ‘मेरा लागि सबै प्रिय छन्। सबैसँग मिल्छु र गुटको आवश्यकता छैन।’

_x000D_ _x000D_

गुटमा नहुनु अहिले नेपाली साहित्यको क्षेत्रमा अनौठो हुन जान्छ। जो गुटमा छैन उसको चर्चा कुनै वृत्तमा हुँदैन। तर, दंशको चर्चा अहिले सुस्तरी आफैं पाठकमाझ भइरहेको छ। जसले दंश कथा पढ्छ उसको मन, मस्तिष्कमा एकपटक अवश्य 'दंश' गर्ने छ। यो कथाकारको ठम्याइ हो।

_x000D_ _x000D_

अचानक भेटिएका लेखक
_x000D_ दिनमान बैंकमा चेक साट्न गएका थिए। त्यतिबेला उनलाई देखेर क्यासिएर अचम्मित भए। परिचितझैं गरी क्यासियरले दिनमानलाई प्रश्न गरे,‘तपाईं त दंश कथासंग्रहको लेखक जस्तै पो लाग्यो।’

_x000D_ _x000D_

दिनमानले मुृस्कुराउँदै जवाफ दिए, ‘हजुर म सो कथा संग्रहको लेखक नै हुँ।’ क्यासियरले आफूलाई कथा मन परेको भन्दै खुसी प्रकट गर्दा दिनमान पुलकित भए।

_x000D_ _x000D_

यसरी अपरिचित मानिसले पनि परिचितझैं व्यवहार गर्दा दिनमान मख्ख छन्। यो हुनुमा आफ्नो कथाको प्रभाव ठान्छन् उनी। थुप्रै पटक यस्ता घटना भएका छन्। ‘कथा लेख्नुको सन्तुष्टी यहाँ आएर मिल्छ, जब पाठकले कथा रुचाइदिन्छन्,’ दिनमान खुसी व्यक्त गर्छन्,’ ‘तर कहिलेकाहीँ त्यस्ता पाठक पनि भेटिन्छन्, जो आफ्नै कथाका पात्रसँग मिल्दाजुल्दा हुन्छन्।’

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्