• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एसिड आक्रमणमा परेकी सीमा भन्छिन्- प्रधानमन्त्रीलाई पत्र लेखेँ, जवाफ पाइनँ

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ००:१८
1140x725

काठमाडौं- बलात्कार, एसिड आक्रमणलगायतका महिला हिंसा बढेसँगै यसविरुद्धको आन्दोलन पनि चर्किरहेको छ। तर, यस्ता आन्दोलनले अपराधीको मनोबल भने कमजोर भएको देखिदैंन। बारम्बार दोहोरिरहने महिला हिंसाका यस्ता घटनाले विगत बल्झाउने गरेको पीडितहरु बताउँछन्। केही महिनायता, दोहोरिरहेका एसिड आक्रमणका घटनाले सीमा बस्नेतलाई पनि विगततर्फ धकेल्ने गरेको छ।

_x000D_ _x000D_

२०७१ साल फागुन १० गते ट्युसन पढ्न गएका बेला संगीता पुलामी मगर र सीमामाथि एसिड आक्रमण भएको थियो। साढे तीन वर्ष पहिलेको पीडाबाट माथि उठ्न खोज्दा पनि बारम्बार हुने यस्ता घट्नाले मानसिक पीडा दिने गरेको बस्नेतको अनुभव छ। एसिड आक्रमणका घटना नरोकिएपछि अहिले मगर र बस्नेतलगायतले  विभिन्न स्थानमा गएर पीडित परिवारलाई भेट्नुका साथै पीडितको उपचारका लागि सहयोग जुटाउन लागि परेका छन्। एसिड आक्रमणपछिको जीवन र अभियानका सन्दर्भमा नेपाल लाइभकी पुष्पा केसीसँग सीमा बस्नेतले अाफ्ना अनुभव, अभियानका बारेका प्रकाश पारेकी छन्। 

_x000D_ _x000D_

दसैंअघि एसिड आक्रमणका घटना निरन्तर भए। यसले दसैं उत्साह जनकभन्दा पनि निराशाजनक बनायो। सम्झना दास र सुस्मिता दासमाथि भएको एसिड आक्रमण लगत्तै नवलपरासीमा बसन्ती परियारमाथि एसिड आक्रमणसँगै चक्कु प्रहार भयो। दसैंअघि उनीहरुको उपचारका लागि सहयोग जुटाउनतिर लागियो। 

_x000D_ _x000D_

राजधानीको मुटुमा भएर होला, संगीता र ममाथि एसिड आक्रमण हुदाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्मै यस घटनाले चर्चा पायो। हामीले सहयोग पनि पायौं। तर, सम्झना र सुस्मिता दासमाथि एसिड आक्रमण हुँदा मैले नै दुई दिनपछि थाहा पाएँ। सम्झना र सुस्मितालाई राखेको अस्पतालको शय्यामा पुग्दा त्यहाँ न सरकार पुगेको रहेछ, न अन्य कुनै संघ-संस्था। घटना भएपछि कम्तीमा सरकार त पीडितसम्म त पुग्नुपर्ने हो नि! पीडितलाई हामीसँग राज्य छ भन्ने अनुभूति गराउनु पर्ने हो। तर, त्यस्तो देखिएन।

_x000D_ _x000D_

मैले सम्झना र सुस्मिताको उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी थिएँ। तर, अहिलेसम्म त्यसबारे कुनै जानकारी पाएकी छैन। सरकार अस्पताल पुगेर हेर्नुपर्ने अवस्थामा सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारबाट कुनै सहयोग नपाउँदा पीडा हुन्छ।

_x000D_ _x000D_

अहिले विभिन्न स्थानमा गएर एसिड आक्रमणका घाइतेलाई भेटिरहेका छौं। किनभने एसिडको जलन र पीडा त साढे तीन वर्ष पहिले नै झेलिसकेका छौं। त्यस्तो अवस्थामा पीडितलाई कोही आएर सहयोग गरिदेओस्, कोही आएर भेटिदिए हुने थियो भन्ने लाग्छ। जतिबेला पीडामा परिन्छ त्यतिबेला पीडितलाई समाजको आवश्यकता परेको हुन्छ।

_x000D_ _x000D_

राज्य त मौन छँदैछ, यस्तो अवस्थामा हामीले पीडितलाई सक्दो सहयोग गर्दै आएका छौं। सम्झना र सुस्मिता दासको लागि सक्दो गरियो। तर, सम्झनालाई बचाउँन सकिएन। सम्झनाको मृत्यु लगत्तै उनको बुबासँग एम्बुलेन्समा रौतहट गयौं। त्यहाँ लगेकै दिन स्थानीयको विरोधका कारण लास जलाउन पाइएन। भोलिपल्ट खोलामा सम्झनाको लास जलाउँदै गर्दा अपडेट हुन फेसबुक खोलेको फेरी नवलपरासीमा वसन्ती परियारमाथि चक्कु र एसिड प्रहार भइसकेको रहेछ। त्यतिबेला म कुन अवस्थामा छु भनेर आफूले आफैंलाई चिन्न सकिन। सम्झनाको लास जलाइसकेपछि म काठमाडौं आएर संगीतालाई लिएर बसन्तीलाई राखिएको अस्पताल चितवन पुग्यौं । अनि, उनको उपचारमा लाग्यौं। 

_x000D_ _x000D_

बारम्बार दोहोरिरहने एसिड आक्रमणका घटनाले विगतबाट माथि उठ्न कोसिस गर्दा पनि थिचिरहन्छ। विगतबाट माथि उठौं भन्दा त्यही अवस्थामा फर्कन बाध्य भइन्छ। विगतकै घटना यादमा आइरहन्छ। यस्ता घटनाले साढे तीन वर्ष अघिकै जलनलाई ताजा बनाउँछ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

कुनै पनि घटनाबाट मानिस पीडित हुन्छ। यहाँ सबैले संघर्ष गर्नुपर्छ। तर, पीडित वर्गले अझ धेरै संघर्ष गर्नुपर्छ। पीडितले सामाजिक, आर्थिक, मानसिक सबै तवरमा पीडाहरु झेल्दैं अगाडि बढ्नुपर्छ। हिम्मत भने हार्नु हुँदैन। कुरुप अनुहार लिएर हिड्दा समाजसँग प्रत्यक्ष साक्षात्कार गर्नुपर्छ। यस्तो अवस्थामा आफूले आफैंलाई सम्हाल्न जरुरी छ। मेरो बाहिरी आवरण केही होइन। भित्री मन राम्रो हुनुपर्छ भन्ने सोच र हिम्मतलाई लिएर अगाडि बढ्नुपर्छ। 

_x000D_ _x000D_

कुनै घटना भइसकेपछि मलाई मात्र होइन, सबैलाई मानसिक असर पुग्छ। एसिडको पीडा सबैलाई एउटै हुन्छ। जलन, आर्थिक, सामाजिक सबै पीडा लगभग एउटै हुन्छ। यस्ता घटनाले पढाईमा झन् असर गर्छ। पढ्न मन लाग्दैन्। नकारात्मक सोचहरु आउँछन्। आफूमा पैदा हुने नकारात्मक विचारलाई सकारात्मकतर्फ लिन सकियो भने राम्रो हुन्छ। नत्र, गाह्रो हुने रहेछ।

_x000D_ _x000D_

जीवन विकले हामीमाथि एसिड आक्रमण गरेपछि घटनाका विषयमा समाजमा विभिन्न टीका-टिप्पणी भए। उसो त सो घटना मात्र होइन, त्यस्ता अनेकौं महिला हिंसाका घटनालाई लिएर समाजमा विभिन्न अड्कल बाजी काट्दै पीडितलाई थप पीडा दिने गरिन्छ। छोरा र छोरीमाथिको भेदभावका कारण समाजमा पीडकभन्दा पीडित थप पीडाबाट गुज्रिनु परेको छ।

_x000D_ _x000D_

समाजले नै कतिपय सन्दर्भमा पीडकलाई थप प्रोत्साहन गर्ने र महिलालाई दोषी देखाउने पनि गरेको छ। यस्तो अवस्थामा मानसिक र शारिरिक पीडा थप खेप्नु पर्छ। पीडित त एक ठाउँमा पीडित हुन्छन्। मलम लगाउने ठाउँमा कतिले नुन चुक छर्कने काम गर्छन्। यसले पीडाबाट गुर्जिनु परेको अवस्थामा अझ मनोबल गिराउँछ र कमजोर बनाउँदै लैजान्छ।

_x000D_ _x000D_

समाजले यस्ता घटना बुझिदिदाँ बाँच्ने हौसलासँगै केही गरौं भन्ने मनोभाव पैदा हुन्छ। तर, समाजले पीडितलाई नै दोषी ठहर्‍यायो भने गाह्रो हुन्छ।

_x000D_ _x000D_

एसिड आक्रमणपछि मेरो जीवन परिवर्तन भएको छ। पहिलेको सीमा र अहिलेको सीमालाई दाँज्दा म पहिलेको सीमा रहिनँ। एसिड आक्रमणपछि म अलि कुरा बुझ्ने भएकी छु। यस्तो पीडाबाट माथि उठेर आउँदा कति संघर्ष गर्नुपर्छ सबै झेलिसकेपछि आफूलाई नै फरक पाएकी छु। 

_x000D_ _x000D_

ममाथि भएको आक्रमणलाई मैले शोकमा भन्दा शक्तिमा बदलें। कहिलेसम्म शोकमा डुबेर बस्ने? विगत सम्झेर कतिसम्म एउटा कोठामा थुनिएर बस्ने? कतिसम्म रोएर बस्ने? बाहिरी आवरण, सुन्दरता केही होइन भन्ने लाग्छ। हामीसँग दिमाग छ। काम गर्न सक्ने हात खुट्टा छन्। सिंगो शरीर छ।

_x000D_ _x000D_

साढे तीन वर्षको यात्रासम्म देश विदेशका विभिन्न ठाउँमा पुगें। प्रायःजसो महिलामाथि हुने हिंसा चिनेजानेकै आफन्तबाट हुने गरेको पाएँ। अर्को, एकतर्फी प्रेमका कारण पनि महिलामाथि एसिड आक्रमणलगाायतका घटना हुने गरेका छन्। अपराधीले गहिराईसम्म पुगेर महिलाको कमजोरी पत्ता लगाई आक्रमण गरेको पाइन्छ। महिलाको परिवारिक अवस्थादेखि कानूनसम्मको सबै कमजोरी पत्ता लगाएर अपराधीले महिलामाथि आक्रमण गरेको पाइन्छ।

_x000D_ _x000D_

नेपालमा महिला हिंसा बढ्नुमा पनि कमजोर कानून नै हो। जेल जानु भनेको नेपालमा ससुराली वा मामाघर गए जस्तै हो। अपराधीलाई आजीवन जन्द कैदको सजायँ भयो भने अपराधमा पनि कमी आउने थियो होला। कमजोर कानूनकै कारण अपराधी बलियो बन्दै गएका छन्। बढ्दो क्रममा देखिएका महिला हिंसाका घटनाप्रति राज्य फिटिक्कै गम्भीर देखिएको छैन। अपराधी नसमातिएको अवस्था चौतर्फी आन्दोलन र दबाबले मात्र काम गर्छ।

_x000D_ _x000D_

एसिड आक्रमणका पीडितलाई विभिन्न स्थानमा गएर भेट्दा उनीहरुले अगाडि आएर बोल्न नसके पनि अपराधीलाई आजीवन जन्म कैदको सजाय हुनुपर्ने बताउँछन्। 

_x000D_ _x000D_

हिजो हामीमाथि भएको घटना भोली कसैलाई नहोस् भनेर अहिले एसिड आक्रमणलगायत महिला हिंसा विरुद्धको अभियानमा जुटेका छौं। एसिड आक्रमणको पीडाबाट गुज्रिएपछि कतिपय पीडितहरु त्यसबाट बाहिर आउन र उपचार गराउन पनि सक्दैनन्। त्यस्ता एसिड आक्रमणबाट पीडितका लागि हामी एउटा संस्था दर्ता गर्ने योजनामा छौं।

_x000D_ _x000D_

सम्झना र सुस्मिता दासमाथि भएको एसिड आक्रमणपछि अब म चुप लागेर बस्न हुँदैन भन्ने लाग्यो। र, अहिले सक्रियताका साथ लागि परेका छौं। उनीहरुको लागि केही गर्नुपर्छ। देशमा अत्ति नै हुन लाग्यो भन्ने सोचेर अहिले यो अभियानमा जुटेका हौं। यस्ता घटना रोक्न त सकिदैंन। तर, अभियान सञ्चालनले केही कम गर्न सकिन्छ कि भन्ने आशा र विश्वास हो।

_x000D_ _x000D_

अन्त्यमा, म सीमा मात्र बोलिरहेकी छैन। यो आवाज सीमाको मात्र होइन। नेपालमा जति पनि एसिडबाट पीडित हुनुहुन्छ, यो सबैको सिंगो आवाज हो। कसैले पनि हिम्मत नहार्नुहोस्। हामी तपाईंहरुको साथमा छौं। र, हामी मिलेर समाजमा केही परिवर्तन ल्याउनुपर्छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्