कावासोती– नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ। बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उन दिनभर मादल बनाउँछन्।
_x000D_
_x000D_
रामप्रसादले मादल बनाएर पर्याप्त आम्दानी गर्दै आएका छन्। १५ वर्षदेखि मादल बनाउँदै आएका उनको यही पेशाबाट गुजारा चल्दै आएको छ। उनले मादल बनाएर वार्षिक रुपमा २ लाखभन्दा बढी अाम्दानी गर्छन्। 'मादलको माग अत्यधिक छ,' उनले भने। चाडपर्वमा उनलाई मादल बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा भने काम कम मात्रमा आउने गरेको उनी बताउँछन्।
_x000D_
_x000D_
अाफ्नाे पेसा नै यही भए पनि काठ अभावका कहिलेकाहीँ समस्या रामप्रसाद बताउँछन्। 'मादलका लागि प्रयोग हुने काठको अभाव छ,' उनले भने। काठ गोरखाबाट मगाउने गरेको उनको भनाइ छ। खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ र सिमलको काठबाट मादलको ढुङ्ग्रो बनाइन्छ । साल र सिसौभन्दा खिर्रो, मौवा, थमरी र सल्लाको काठ मादलका लागि राम्रो मानिन्न्छ । मादल बनाउन काठ, छाला र खरी आवश्यक पर्छ।
_x000D_
_x000D_
सानो मादल १ हजार ५ सय तथा ठूलो मादल ५ हजार ५ सय सम्ममा बिक्री हुन्छ। पुरानो मादलमा खरी हालेको ६ सय ५० देखि १ हजार ५ सय सम्म लाग्ने उनले बताए। काठबाहेक छालासहित मर्मत गर्दा १ हजार ५ सयदेखि ५ हजार ५ सयसम्म खर्च लाग्ने रामप्रसाद बताउँछन्। एक दिनमा दुई मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले बताए। अन्य पेसाभन्दा उनलाई अहिले यही पेसा सजिलो भएको छ।
_x000D_
_x000D_
रामप्रसादले बुबाबाट मादल बनाउने काम सिकेका थिए। अाफ्नाे बुबाले पनि निकै राम्रा मादल बनाउने रामप्रसादले बताए।
_x000D_
_x000D_
अाफूले वर्षाैदेखि गर्दै अाएकाे कामले रामप्रसादलाई खुसी दिएकाे छ। 'हातमा भएको सीप यही हो, यसैमा रमाएको छु', उनले भने, 'हातमा सीप भए बेरोजगार भएर बस्नु पर्दैन रहेछ । यही पेसाको आम्दानीबाट छोरा, छोरीलाई पढाउनेदेखि घर खर्च सबै चलाउँदै आएको छु।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।