पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) आजदेखि सुरु भएको छ। पोखरा रंगशालाका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको उद्घाटन गरे। अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा उद्घाटन गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
उद्घाटनका लागि शुक्रबार बिहानै पोखरा आइपुगेका महराले ब्याटिङ गरेका थिए। उनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बलिङ गरे। पहिला ब्याटिङ गरेका महराले ३ बलमा मात्र ब्याटमा बल कनेक्सन गर्न सके। उनले २ बल डट राख्दै एक बलमा ब्याट छोएका थिए। गुरुङका लागि सभामुख महराले २ बल दिए। जसमा गुरुङले पहिलो बल छोएनन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
पिपिएलले पोखरालाई क्रिकेटको सहरका रुपमा पनि परिचित गराउने सभामुख र प्रदेश प्रमुखले विश्वास व्यक्त गरेका छन्।
_x000D_
_x000D_
नेपालको सर्वाधिक पुरस्कार राशिको पिपिएल आजदेखि सुरु भएको हो। विजेताले २७ लाख पाउनेछन् भने उपविजेताले १० लाख पाउनेछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।