• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं

डा.रुद्रनाथ अधिकारी शनिबार, भदौ २०, २०८३  ०८:४६
1140x725

भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका छन्, कतै आफन्त गुमाएका छन्, कतै जीवनभरको सम्पत्ति आँखैअगाडि माटोमा पुरिएको छ। यस्तो विषम घडीमा संसद् जनताको पीडा, आशा र भरोसाको आवाज बन्नुपर्ने थियो। 

तर कतिपय अभिव्यक्तिमा जनताको आँसुभन्दा राजनीतिक आरोप–प्रत्यारोप, एकअर्कालाई कठघरामा उभ्याउने प्रयास र राजनीतिक लाभ खोज्ने प्रवृत्ति बढी मुखरित भएको अनुभूति भयो। 

सरकारलाई प्रश्न गर्नु लोकतन्त्रको धर्म हो। कमजोरी औँल्याउनु प्रतिपक्षको अधिकार हो। लापरबाही भए छानबिन हुनुपर्छ र दोष प्रमाणित भए जिम्मेवारी निर्धारण हुनुपर्छ। तर जनताको घाउमा मल्हम लाग्न नपाउँदै त्यही घाउलाई राजनीतिक लाभको विषय बनाउनु उचित हुँदैन। विपत्ति राजनीतिक अंकगणित होइन, राष्ट्रिय चरित्र, मानवीय संवेदना र नेतृत्व क्षमताको परीक्षा हो। 

एकपटक पीडितको आँखाबाट हेरौँ

ती बालबालिकालाई सम्झौँ, जसले विपत्तिमा आमाबुबा वा अभिभावक गुमाएका छन्। ती परिवारलाई सम्झौँ, जहाँ मुख्य कमाउने व्यक्ति गुमेपछि भोलिको चुलो कसरी बल्छ भन्ने प्रश्न उभिएको छ। ती गाउँलाई सम्झौँ, जहाँ घर, खेतबारी, पशुधन, सम्पत्ति र आफन्त गुमाएर मानिसहरू आज आकाशतिर हेर्दै छन्। 

उनीहरूलाई राजनीतिक कटाक्ष होइन, राज्यको भरोसा चाहिएको छ—‘तिमी एक्ला छैनौ, राष्ट्र तिम्रो साथमा छ।’ त्यसैले यस्तो समयमा कटाक्ष होइन करुणा, आरोप होइन दायित्व, राजनीतिक प्रदर्शन होइन राष्ट्रिय एकता र भाषण होइन कार्ययोजना चाहिएको छ।

विगतको ऐना पनि हेरौँ

आज सरकारमाथि प्रश्न उठाउनु स्वाभाविक हो। तर राजनीति वर्तमानमाथि औँला उठाउने मात्र होइन, आफ्नो विगतप्रति पनि इमानदार हुने संस्कार हो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डजी धेरैपटक प्रधानमन्त्री हुनुभयो। एमाले र कांग्रेस नेतृत्वका सरकारहरूले पनि विभिन्न संकट र विपत्तिको सामना गरेका छन्। कहाँ सफलता मिल्यो, कहाँ कमजोरी रह्यो—इतिहासले त्यसको मूल्याङ्कन गर्नेछ। नेपालको इतिहास कुनै एउटा दलको होइन, समग्र राष्ट्रको साझा इतिहास हो।

त्यसैले आजको प्रश्न—‘कसले के गरेन ?’ होइन, ‘अहिले म के गर्न सक्छु ?’ हुनुपर्छ। यो आफ्नो क्षमता, योग्यता, कौशल र जिम्मेवारी प्रमाणित गर्ने समय हो। 

विपत्ति बाजा बजाएर आउँदैन

प्राकृतिक विपत्ति निमन्त्रणा लिएर आउँदैन। क्षणभरमै एउटा परिवार, एउटा बस्ती र कहिलेकाहीँ सिंगो समुदायको जीवन उजाडिदिन्छ। हराभरा बस्तीलाई शोकको सन्नाटामा बदलिदिन्छ, पुस्तौँदेखिको थातथलो मेटाइदिन सक्छ।

Xtrem

Xtrem

प्रकृतिको रौद्र रूपका अगाडि मानव सामथ्र्य सीमित छ। त्यसैले प्रकृतिलाई चुनौती दिने होइन, सम्भावित क्षति न्यूनीकरण गर्ने, पूर्वतयारी गर्ने र नागरिकलाई सुरक्षित राख्ने प्रणाली निर्माण गर्ने हो। विपत्ति आएपछि मात्र दौडिने होइन, विपत्ति आउनुअघि नै तयार हुने संस्कार र प्रणाली विकास गर्नुपर्छ। 

अब मुख्य माग: तत्काल काम र दीर्घकालीन तयारी

१. उद्धार र जीवनरक्षा: जोखिममा रहेका नागरिकको तत्काल उद्धार, उपचार, खाद्यान्न, पानी, आश्रय र आवश्यक मानवीय सहयोग सुनिश्चित गरियोस्। 

२. पीडितको संरक्षण: घरबारविहीन तथा आफन्त गुमाएका परिवारलाई सुरक्षित आश्रय, स्वास्थ्य सेवा, बालबालिकाको संरक्षण तथा आवश्यक मनोसामाजिक सहयोग दिइयोस्। 

३. राहतमा पारदर्शिताः प्राप्त राहत तथा सहयोगको विवरण सार्वजनिक गरी वास्तविक पीडितसम्म निष्पक्ष रूपमा पु¥याइयोस्। 

४. एकीकृत परिचालनः केन्द्रदेखि स्थानीय तहसम्म राज्यका सबै संयन्त्र, दक्ष जनशक्ति र आवश्यक उपकरण प्रभावकारी रूपमा परिचालन गरियोस्।

दीर्घकालीन

१. पूर्वतयारी र जोखिम न्यूनीकरणः जोखिमयुक्त क्षेत्रको वैज्ञानिक पहिचान, प्रभावकारी पूर्वसूचना, नियमित अभ्यास र सक्षम विपद् व्यवस्थापन प्रणाली विकास गरियोस्। 

२. सुरक्षित बस्ती र पुनर्वासः जोखिमयुक्त बस्तीको वैज्ञानिक व्यवस्थापन गरी आवश्यक स्थानमा सुरक्षित स्थानान्तरण तथा विस्थापित परिवारको आवास, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनसहित सम्मानजनक पुनर्वास गरियोस्। 

३. सुरक्षित पुनर्निर्माणः पुनर्निर्माण ‘पहिलेजस्तै’ होइन, ‘पहिलाभन्दा सुरक्षित’ हुने गरी वैज्ञानिक र दिगो बनाइयोस्।

४. साझा राष्ट्रिय नीतिः विपद् व्यवस्थापनलाई दलगत राजनीति र सरकार परिवर्तनभन्दा माथि राखी सबै दल, विज्ञ, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजको सहभागितामा दीर्घकालीन राष्ट्रिय नीति बनाइयोस्। विगतका कमजोरीको निष्पक्ष समीक्षा गरी आवश्यक जिम्मेवारी निर्धारण गरियोस्।

यो कुनै एक व्यक्तिको समस्या होइन यो प्रधानमन्त्रीको मात्र समस्या होइन। गृहमन्त्रीको मात्र समस्या होइन। सरकार वा प्रतिपक्षको मात्र समस्या होइन। यो राष्ट्रको समस्या हो।

दुःखको कुनै पार्टी हुँदैन। आँसुको कुनै विचारधारा हुँदैन। विपत्तिले नागरिकको राजनीतिक परिचय सोध्दैन। आज कसैको घर उजाडिएको छ भने त्यो घर नेपालकै हो। कसैको आँसु झरेको छ भने त्यो आँसु नेपालीकै हो। त्यसलाई उठाउने दायित्व पनि हामी सबैको हो। 

नागरिकलाई आह्वान

अब आउनुहोस्, असल नेपाली बनौँ—जिम्मेवार नागरिक बनौँ। विपत्तिको यो घडीमा अरूलाई दोष दिनुभन्दा पहिले आफूले के गर्न सक्छौँ, त्यो गरौँ। अपुष्ट सूचना र अफवाह नफैलाऔँ। पीडितको संवेदनशीलता बुझौँ। उनीहरूको घाउमा नुन होइन, मल्हम लगाऔँ। 

हृदय उदार बनाऔँ, सहयोगी हात बढाऔँ र सक्ने सहयोग लिएर जुटौँ। रक्तदान गरौँ, राहतमा सहभागी बनौँ, उद्धारमा स्वयंसेवक बनौँ र आवश्यकतामा परेका परिवारको हात समाऔँ।

सरकारसँग प्रश्न गरौँ, तर प्रश्नसँगै समाधान र जवाफदेहिता पनि मागौँ। 

‘दोष खोज्ने होइन, समाधान खोज्ने नागरिक बनौँ।

पीडा हेर्ने होइन, पीडा घटाउने हात बनौँ।

आलोचना मात्र होइन, सहयोग पनि गरौँ।

हृदय साँघुरो होइन, उदार बनाऔँ।

विभाजित होइन, एकताबद्ध नेपाली बनौँ।’

अन्तिम कुरा

विपत्तिमा जिम्मेवारी कसको थियो भन्ने प्रश्नको उत्तर तथ्य, छानबिन र इतिहासले दिनेछ। कमजोरी भए सुधार हुनुपर्छ, लापरबाही भए जिम्मेवारी निर्धारण हुनुपर्छ। 

तर अहिलेको पहिलो प्रश्न ‘दोषी को हो?’ होइन,‘देशलाई कसरी सुरक्षित रूपमा यस विपत्तिबाट बाहिर निकाल्ने ?’ हो।

प्रकृतिले दिएको चेतावनीलाई राजनीतिक नारामा होइन, राष्ट्रिय नीतिमा रूपान्तरण गरौँ। आजको पीडाबाट पाठ सिकेर भोलिको नेपाललाई अझ सुरक्षित, सक्षम र आत्मनिर्भर बनाऔँ।

विपत्तिमा राजनीति होइन—उदार नीति प्रदर्शन गरौँ। ‘जनताको आँसुमा राजनीति खोज्ने होइन, त्यही आँसु पुछ्ने सामथ्र्य भएको राजनीति नै सच्चा राजनीति हो।’

‘राष्ट्र पहिले। मानवता पहिले। जिम्मेवारी पहिले। हामी सबै सँगै ’

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्