इलाम- इलाम जिल्लाको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिर अन्तरिक पर्यटकका लागि आर्कषणको केन्द्र बन्दै गएको छ। धार्मिक र पर्यटकीय गन्तव्य बनेको पाथीभरा वातावरणीय सुन्दरताले भरिपूर्ण यस स्थानमा दैनिका रुपमा १५ सयसम्म भक्तहरू आउने गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
झापा जिल्ला चारआली बजारबाट मेची राजमार्ग हुँदै कुटीडाँडाबाट करीब १ किलोमिटरमाथि अवस्थित पाथीभरा मन्दिर ताप्लेजुङको ठूलो पाथीभराको दोस्रो पाउ (ठूलो पाथीभराकी अन्तरी बहिनी)रहेको मन्दिरका पूजारी यदुनाथ घिमिरेले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
वर्षभरि नै अनुकूल मौसम रहने र यातायातको पनि सुविधा भएको मन्दिरमा विशेषगरी दसैं, तिहार, बालाचर्तुदशीलगायतका चार्डपर्वमा दर्शनार्थीको भीड लाग्ने गरेको छ। नेपालसहित भारत, भुटान बंगलादेशलगायत स्थानबाट भक्तहरु आउने गरेको पूजारी घिमिरेले बताए। ‘पाथीभरा भगवतीले मनोकांक्षा पूरा गरिदिने विश्वास रहेको छ। भगवतीको मुख्य मन्दिर ताप्लेजुङको पाथीभरा पुग्न असमर्थ भक्तहरु सानो पाथीभरा दर्शन गर्न आउने गरेका छन्।’
_x000D_
_x000D_

_x000D_
_x000D_
वि.स. २०३४ सालमा शिला स्थापना गरी पूजा आराधना गरिँदै आएको मन्दिर २०५१ पछिमात्र संस्थागत रुपमा विकासको सुरुवात भएको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
पूजारी घिमिरेका अनुसार दैनिका आउने भक्तबाट ४० हजारसम्म सहयोग हुने गरेको र सोही रकमबाट मन्दिरको भौतिक संरचना निमार्ण, संरक्षण, संवर्द्धन गरिँदै आएको छ। मन्दिरसम्म पुग्नका लागि झापाको विर्तामोडबाट भाडाका वा निजी सवारी साधनमा मेची राजमार्ग हुँदै करीब २ घन्टाको यात्रा तय गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
राजमार्गबाट १ हजार ४१ सिँढी उक्लिएपछि सानो पाथीभरा मन्दिर पुगिन्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
यातायातको सुगमता र जिल्लाका रमणीय क्षेत्रमा आउने पर्यटकले राजमार्गसँगै जोडिएको मन्दिरको दर्शन गर्न नछुटाउने गरेकाले दर्शनार्थीको संख्या बढ्दै गाएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
पर्यटकको चाप दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रको विकासका लागि राज्यस्तरबाट भने कुनै चासो र पहल नदेखिएको गुनासो पूजारी घिमिरेले गरे।
_x000D_
_x000D_
तस्बिर : मनोज न्यौपाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।