नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष २०८२/८३ मा गरिएको एचआइभी परीक्षणका क्रममा ८३ जना नयाँ संक्रमित फेला परेका छन्।
अस्पतालका अनुसार उक्त आर्थिक वर्षमा ७ हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ८३ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो।
अस्पतालका एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालले संक्रमण पुष्टि भएका व्यक्तिलाई शीघ्र एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा उपलब्ध गराइएको जानकारी दिए।
भेरी अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै उपचारलाई निरन्तरता दिने, संक्रमण रोकथाम गर्ने तथा आमाबाट शिशुमा संक्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।