काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा सम्पन्न हुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ प्रस्तुत गर्दै नेता निधिले पार्टीभित्रको वर्तमान अन्योल र विभाजनलाई चिर्न देउवाकै नेतृत्व अपरिहार्य रहेको जिकिर गरेका हुन् ।
निधिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन आयोजना गरिने स्पष्ट पारे । उनले महाधिवेशन सम्पन्न गरी त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरिने बताए ।
महाधिवेशनको तयारीका लागि देशभित्र तथा विदेशमा रहेका जनसम्पर्क समितिका सबैलाई सक्रिय, सजग र तयार रहन पनि उनले आग्रह गरे । ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले १५औँ महाधिवेशनको आयोजना गर्नेछौँ भन्ने हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ,’ निधिले भने ।
उनले पार्टी सभापति देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन सम्पन्न हुने र त्यसपछि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण हुनेमा सबैलाई विश्वास दिलाउन चाहेको बताए ।
उनले भने, ‘देशभित्रका र विदेशस्थित जनसम्पर्क समितिका सबै साथीहरूलाई सक्रिय रूपमा सजग र तयार रहन आग्रह गर्दछौँ । पार्टी सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन सम्पन्न हुनेछ र तदनुसार निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण हुनेछ भनी सबैलाई विश्वास दिलाउन चाहन्छौँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।