काठमाडौं– साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातकाे कार्यालय परिसरमा अायाेजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
_x000D_
_x000D_
साझाले केही समय पहिले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं आइसकेका छन्। भने एउटा आउने क्रममा बाटोमै रहेको साझा यातायातले जनाएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।
_x000D_
_x000D_
यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ। लुम्बिनी विकास काेष र एसियाली विकास बैंक (एडिबी) बीच बस खरिदका लागि सम्झाैता भएकाे थियाे। भैरहवामा निर्माणाधीन गाैतम बुद्ध विमानस्थल सञ्चालनमा अाउनुपूर्व बसलाई काठमाडाै उपत्यकाभित्र चलाउने गरी साझा यातायातलाई संयाेजनकाे जिम्मा दिइएकाे हाे। साे मुताविक नै साझाले बस सेवा सुरु गरेकाे हाे।
_x000D_
_x000D_
चालकसहित २० सिट क्षमताका ती बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।