• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

२७ वर्षदेखि दसैंको टिका थाप्दै आएका अब्दुल भन्छन् - दसै‌ं, तिहारलाई इदजत्तिकै मन पराउँछु

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ६, २०७५  ००:२९
1140x725

नेपालगन्ज– मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज।

_x000D_ _x000D_

नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ। त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो।

_x000D_ _x000D_

त्यसमाथि एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकै साथ नेपाली, थारु र उर्दु भाषा प्रयोग गर्ने सामर्थ्य राख्छन्, अधिकांश नेपालगन्जबासी।

_x000D_ _x000D_

त्यसैले त नेपालगन्जमा दसैं, तिहार, होलीजस्तै जितिया, इद र मोहरमजस्ता पर्वको  रौनक पनि विशेष हुने गर्दछ। धर्मका हिसाबले हिन्दु र इस्लाममा बाडिँएको भए पनि नेपालगन्जका मुस्लिम समुदाय इद, बकरइद र मोहरममा जस्तै दसैं र तिहारमा पनि उत्तीकै आफ्नोपन महशुस गर्छन्। एकअर्कामा शुभकामना आदानप्रदान गर्छन्।

_x000D_ _x000D_

मुस्लिम समुदायले मनाउने चाडपर्वहरुमा हिन्दु समुदायलाई पाहुनाका रुपमा स्वागत गरिन्छ र परम्परा अनुसार नै एकअर्कामा पर्वको उल्लास साटासाट गरिन्छ। ठिक यहि परिपाटी दसैं, तिहारलगायतका चाडपर्वमा पनि देख्न पाइन्छ।

_x000D_ _x000D_

नेपालगन्जले बाँडेको धार्मिक सहिष्णुताको यो अनुपम नमूनाले यसपटकको दसैंमा पनि निरन्तरता पायो। जसको एक उदाहरण बने अब्दुल वाहिद मन्सुरी चुन्ना। नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुन्ना दसैंको टिका थापिरहेका स्थानीय शक्ति शाहको घरमा पुग्दा माहोलले एकाएक फरक मोड लियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

टिका लगाएपछिकाे सामूहिक तस्बिरमा चुन्नासहित शक्तिकाे परिवार।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_
_x000D_

दसैंका बेला हिन्दुको घरमा टिका थाप्न एक मुस्लिम पुग्नुलाई आम रुपमा सामान्य अर्थ लिइँदैन। तर, नेपालगन्जका लागि यो विषय नौलो भने थिएन। चुन्ना पुगेसँगै शाहको घरमा दसैंको झनै उल्लास थपियो।

_x000D_ _x000D_

दसैं भएपनि मुस्लिम समुदायका चुन्ना दसैंको टीका थाप्न दिनभर नै व्यस्त भइरहे। ४० वर्षीय चुन्नाले आफ्नो दसैंको व्यस्तता यसरी सुनाए–

_x000D_ _x000D_

यसपाला दसैं शुक्रबार पर्यो। मुस्लिमहरुका लागि शुक्रबार विशेष दिन हो। शुक्रबार अनिवार्य रुपमा नमाज पढ्नु पर्छ। त्यसैले  बिहान मस्जिद पुगेर नमाज पढें। त्यसपछि शक्तिको घरमा गएको हुँ। पहिले शक्तिको बुवा आमाको हातबाट दसैंको टीका जमरा लगाएँ। आशिर्वाद लिएँ। त्यसपछि टिका जमरा लगाइदिने पालो मेरो थियो। क्रमैसँग शक्ति र परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगाई दिएँ।

_x000D_ _x000D_

दसैंलाई आमरुपमा मासु खाने चाडको रुपमा लिइन्छ। तर, मुस्लिम धर्मावलम्बीहरुमा हलाल गरेको मात्रै मासु खानु पर्छ भन्ने मान्यता छ। यस मान्यताप्रति शक्ति मात्रै होइन अधिकांश नेपालगन्जबासी जानकार छन्। त्यसैले मेरो लागि शक्तिले हलाल गरेकै मासुको व्यवस्था गरिदिए। अनि हामी सँगै बसेर खाना खायौं र रमाइलो गर्यौं।

_x000D_ _x000D_

त्यसपछि म अर्काे साथी किस्मत सिंह थारुको घर गएँ। अंकल आन्टीसँग टीका थापें। अनि मैले पनि शक्तिकोमा जस्तै परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगादिएर आर्शिवाद दिएँ।

_x000D_ _x000D_

_x000D_ _x000D_

टिका लगाएपछिकाे सामूहिक तस्बिरमा चुन्नासहित किस्मतकाे परिवार।

_x000D_ _x000D_
_x000D_

चुन्नाले दसैंमा टीका जमरा लगाउन थालेको २७ वर्ष भन्दा धेरै समय भइसकेको छ। २०४७/०४८ सालतिर चुन्ना, शक्तिकी दिदी पूजा र किस्मत सिंह थारु नेपालगन्जको महेन्द्र माविमा पढ्थे। उनीहरु स्कुले जीवनका मिल्ने साथीहरु थिए। स्कुले मित्रताले उनीहरुको सम्बन्ध पारिवारिक सम्बन्धमा बदलिएको थियो। उनीहरुको मित्रतालाई प्रत्येक वर्ष आउने विभिन्न चाडपर्वहरु दसैं, तिहार, इद र मोहरमले झनै गाढा बनाइदिने गर्दथ्यो। स्कुले जीवनदेखि नै उनीहरुले यसरी नै एकअर्काका चाडपर्व मनाउँदै आएका छन्।

_x000D_ _x000D_

अन्सारी पुनः धाराप्रवाह आफ्नो अनुभूति पोख्छन्–

_x000D_ _x000D_

‘मेरा लागि इद र मोहरम जस्तै दसैं र तिहार पनि प्रिय चाडपर्वहरु हुन्। मैले दसैं मात्रै होइन, भाइटीका पनि मनाउँछु। शक्ति र किस्मतको घरमा गएर दिदीबहिनीहरुलाई तिहारको टीका पनि लगाइदिन्छु। अनि सेलरोटी खाएर रमाउँछु। मलाई सेलरोटी निक्कै मन पर्छ। मैले सेलरोटी पकाउने तरिका पनि सिकेको छु। पहिला मलाई सेलरोटी खान मन लाग्यो भने रोटी पकाउने भाँडा पनि म छिमेकी हिन्दु साथीको घरबाट मागेर ल्याउँथे र काम चलाउँथे।

_x000D_ _x000D_

शक्ति किस्मत र मैले दसैं, तिहार, इद र मोहरम मनाउँदै आएका छौं। मैले  इदमा शक्ति र किस्मतलाई घर मै बोलाउँछु। दसैं, तिहारजस्तै हामी सँगै इद पनि मनाउँछौं।’

_x000D_ _x000D_

चुन्ना नेपालगन्जको घरबारी टोलमा बस्थे। किस्मतको घर भने नेपालगन्जबाट करिब ३५ किलोमिटर टाढा बाँकेको थपुवा गाउँमा थियो।

_x000D_ _x000D_

दसैं आउनासाथ किस्मतको घरमा चुन्ना आउने दिनको प्रतिक्षा सुरु हुन्थ्यो। चुन्ना आउने खबरले घरमा खुसियाली छाउने गरेको सम्झिन्छन् किस्मत पनि।

_x000D_ _x000D_

१५/१६ वर्ष पहिलेसम्म दसैंमा चुन्ना नेपालगन्जबाट बस चढेर कोहलपुर हुदैं थपुवा गाउँसम्म पुग्थे। किस्मत गाउँबाट राजमार्गसम्म साइकल लिएर उनलाई लिन आउँथे। अनि दुवैजना साइकल चडेर थपुवा गाउँ पुग्थे। चुन्ना किस्मतको घर पुग्नु अगावै कुखुराको भालेलाई समातेर राखिएको हुन्थ्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

शक्तिका भाइ सागरलाई टीका लगाइदिँदै चुन्ना।

_x000D_ _x000D_
_x000D_

किस्मतको परिवारसँग भेटघाट सकिना साथ चुन्नाले हलाल गरेर भाले काट्थे। मासुको व्यवस्था भएपछि दसैंको टीकाटालो सुरु हुन्थ्यो। अनि उनीहरु गाउँ पुगेर थारु समुदायले दसैंमा नाच्ने सखिया नाच हेर्थे।

_x000D_ _x000D_

त्यतिबेला अहिलेजस्तो सवारी साधन सहज रुपमा पाउन सकिदैंनथ्यो। त्यसकारण पनि नेपालगन्जबाट थपुवा पुग्न त्यति सहज थिएन। उतिबेलाको दिन सम्झिँदै किस्मतले भने, ‘तैपनि जसोतसो चुन्ना दाइ आइहाल्नु हुन्थ्यो। त्यसको केही वर्षपछि चुन्ना दाइले स्कट्र्स मोटरसाइकल किनेपछि थपुवा र नेपालगन्जको दुरी छोटिएको हो।’

_x000D_ _x000D_

त्यसको केही वर्षपछि त किस्मतको परिवार पनि नेपालगन्ज बसाइ सर्यो। सोपश्चात् भने दुवै जनालाई साथीको घरमा आउजाउ सहज हुन थाल्यो। र चाडपर्वको उल्लास झनै थपिन थाल्यो।

_x000D_ _x000D_

शक्ति भन्छन्, ‘चाडबाड भनेकै एक–आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो। हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका न हौं। वास्तवमा म दसै‌ं, तिहारलाई इदजत्तिकै मन पराउँछु।’

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  ००:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्