रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको हो।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय नाकामा रहेको ऐतिहासिक रसुवागढीको संरक्षण र संवर्द्धनका लागि स्तम्भमा शिलालेख राखी नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको कालीजंग गणका गणपति सितल बानिया क्षेत्रीले बताए। उनले भने, ‘गढीको परम्परागत शैलीलाई कायम राख्दै सीमा स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेका हौं।’
_x000D_
_x000D_
सोमबार जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीमा मध्यपृतना हेटौंडाका पृतनापति उपरथी सुर्वणबहादुर शाहले नवनिर्मित स्तम्भमा झन्डोत्तलन गरे। चीनसँग हाल सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय नाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको भएपनि स्तरीय नभएका कारण नयाँ झन्डा फहराइएको नेपाली सेनाले जनाएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसअघि सीमामा झन्डा भएपनि आकारमा सानो रहेकोले स्पष्टसँग देख्न सकिएको थिएन। तर, अहिले ५ इन्च लम्बाई भएको २८ फिट अग्लो झन्डा राखिएसँगै स्पष्टसँग देख्न सकिने सेनाले दाबी गरेको छ। करिब ४ लाख ७० हजार रुपैयाँको लागतमा स्तम्भ निर्माण गरिएको नेपाली सेनाको कालीजंग गणले जनाएको छ।
_x000D_
_x000D_
गोसाईकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी जलविद्युत आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा नेपाली सेनाले स्तम्भ निर्माण गरेको हो। स्तम्भको अगाडिको भागमा प्रतिस्थापन शिलालेख र बाँयापट्टी नेपालीमा र दाँयापट्टी अङ्ग्रेजीमा रसुवागढीको इतिहास राखिएको छ।
_x000D_
_x000D_
रातिको समयमा झन्डा फहराइरहेको देख्न सकिने गरी स्तम्भको माथिल्लो भागमा दुईवटा हेलोजन बत्ती राखिएको कालीजंग गणका गणपति क्षेत्रीले बताए। गढीको प्रवेशद्वारमा रसुवागढीको चिनारी राखिएको बोर्ड राखिएको छ।
_x000D_
_x000D_
यसअघि साउन १० गते निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीद्धारा सीमामा झन्डा प्रतिस्थापन गर्ने भनिएपनि टिमुरेमा गएको पहिरोका कारण अवरुद्ध भएको थियो। दोस्रो पटक साउन २१ गतेलाई तोकिए पनि मौसममा आएको प्रतिकुलताका कारण झन्डा प्रतिस्थापन गर्ने कार्यक्रम प्रभावित भएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।