काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।
शर्माको सुनुवाइ आजै गर्ने तयारी अनुसार समितिको बैठक बसिरहेको छ । अहिले शर्माउपर परेका १६ वटा उजुरी र उनका कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ ।
त्यसमा धारणा सांसद पुनले भने, ‘आज मज्जाले अध्ययन गरौं । भोलि बिहानबाट सुनुवाइ गरौं । पास गर्न बहुमत भए पुग्छ । यसकारण समस्या हुँदैन । पर्फेक्ट प्रक्रिया पुगेको देखियोस् ।’
उनले के निर्णय हुन्छ भन्ने थाहा भइसकेको भन्दै त्यसको प्रक्रिया पूरा गर्दा राम्रो हुने धारणा राखे ।
संसदमा प्रिबजेट छलफल चलिरहेकाले त्यहाँ पनि जानुपर्ने भएकाले भोलि सुनुवाइ गर्न पुनले माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।