काठमाडौं– नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिनका नाममा सरकारले चोख्याउन खोजेको आशंका व्यक्त गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
‘पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्छ । संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई जोगाउन र बचाउनका लागि आयोग नै लागि परिराखेका जनस्तरमा व्यापक आशंका र चर्चा छ,’ उनले भने ।
छानबिन आयोगका गतिविधिलाई प्रतिनिधिसभाले निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस् । प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र हो तसर्थ, आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्ति उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।