काठमाडौँ– संघीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ।
बिहान ९:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ।
बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ। परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ।
त्यसैगरी, बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ। बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ। उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्नेछ। बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुम्वासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तय गरिएको छ। उपत्यकाको सहरी व्यवस्थापन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरोकारवाला निकायसँग परामर्श गरिने संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।