काठमाडौं – प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’
अधिकारी खाँदबारी नगरपालिका– ३ संखुवासभाका हुन् । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।
निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।