काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठक दोस्रोपटक १५ मिनेटको लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो ।
विपक्षी दलहरूको अवरोधका कारण बैठक पुन: स्थगित गरिएको हो । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।