काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री उपस्थित नभई संसद् बैठक चल्न नदिने अडान लिएको छ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्न नदिने संकेत गरेका हुन्।
उनले संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गरिरहेका छन्। तर सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नभई प्रतिपक्षीलाई बस्न आग्रह गरिरहेका छन्।
यसअघि पहिलो बैठकमा यस्तै माग भई बैठक केहीबेर स्थगन गरिएको थियो। दोस्रो बैठक शुरु भएलगत्तै प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव पेश गरे।
त्यसपछि कांग्रेस सांसदले उठेर विरोध जनाइरहेका छन्। प्रतिपक्षका सांसदले बोल्न हात उठाइरहँदा सत्तापक्षका सांसद पनि बोल्न माग गरिरहेका छन्। सभामुख डोलप्रसाद अर्यालले संसद सहज बनाउन आग्रह गरिरहेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।